ट्रम्प प्रशासनलाई अदालतको अवहेलनाको कारवाही गर्ने संघीय न्यायाधीशको चेतावनी



प्रकाशित मिति : बैशाख ३, २०८२ बुधबार

अमेरिकी एकजना संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई अदालतको अवहेलनाको कारवाही गर्ने चेतावनी दिएका छन ।

न्यायाधीशले आदेशको ट्रम्प प्रशासनले नियोजित रुपमा अवहेलना गरेको आरोप लगाउँदै अवहेलनाको कारवाही गर्न सकिने चेतावनी दिएका हुन ।

गत महिना २०० भन्दा बढी व्यक्तिहरूलाई एल साल्भाडोरमा डिपोर्ट गर्न लागिएको थियो । प्रशासनले यो डिपोर्टेशन कार्यान्वयन गर्न २२७ वर्ष पुरानो युद्धकालीन कानुन प्रयोग गरेको थियो।

ट्रम्प प्रशासनलाई अदालतको अवहेलनाको कारवाही गर्ने संघीय न्यायाधीशको चेतावनी

ट्रम्प प्रशासनलाई अदालतको अवहेलनाको कारवाही गर्ने संघीय न्यायाधीशको चेतावनी

संघीय न्यायाधीश जेम्स बोएसबर्गले अदालतले पुरानो युद्धकालिन कानूनलाई प्रयोग नगर्न ट्रम्प प्रशासनलाई आदेश दिएको भएपनि यसको पालना नगरी ति व्यक्तिहरुलाई देश निकाला गरिएको बताए ।

न्यायाधीशले भनेका छन अदालतले यस विषयमा छिटो वा हल्का निष्कर्षमा पुगेको होइन । प्रशासनलाई स्पष्टीकरण दिन प्रशस्त समय दिइएको उनले बताएका छन ।

न्यायाधीशको निर्णयको विराध गर्दै ट्रम्प प्रशासनले उच्च अदालतमा पुनरावलोकनको तयारी गरिरहेको जनाएको छ ।

ह्वाइट हाउस सञ्चार निर्देशक स्टेवन चेउङले राष्ट्रपति अमेरिकी जनता र समुदायमा रहेका आपराधिक गैरकानुनी आप्रवासी र आतंककारीको खतरा अन्त्य गर्न प्रतिबद्ध रहेको बताए ।

न्यायाधीश बोएसबर्गको अवहेलनाको कारवाही सुरु गर्ने निर्णयले राष्ट्रपतिको अधिकार र न्यायपालिकाबीचको टकरावलाई झन गहिरो बनाएको छ ।

ट्रम्प प्रशासनलाई अदालतको अवहेलनाको कारवाही गर्ने संघीय न्यायाधीशको चेतावनी

बोएसबर्गले प्रशासनले अदालतको अघिल्लो आदेश अनुसारको विवरण २३ अप्रिलसम्म पेश गरे दोषबाट मुक्त हुन सक्ने बताएका छन ।

यद्यपि अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले युद्धकालिन कानूनलाई प्रयोग गर्न सक्ने ठहर गरेको छ ।

तर न्यायाधीश बोएसबर्गले सर्वोच्च अदालतको निर्णयले सरकारले अदालतको अस्थायी आदेशको उल्लंघन गरेको दोषलाई क्षमा गर्न नसक्ने बताए ।

प्रशासनले २३ अप्रिलसम्म आवश्यक जानकारी नदिएको खण्डमा न्यायाधीश बोएसबर्गले आदेशको उल्लंघन गर्ने व्यक्तिहरूको पहिचान गर्ने प्रक्रिया अघि बढाउने बताएका छन् ।

युद्धकालिन कानूनको प्रयोग गरेर डिपोर्ट गरिएका २०० भन्दा बढी मानिसहरूलाई एल साल्भाडोरको उच्च सुरक्षा कारागारमा राखिएको छ ।





Source link

Leave a Comment