ट्रम्प प्रशासनद्वारा सीमाको निगरानी गर्न जासुसी स्याटेलाईट एजेन्सीहरूलाई निर्देशन

प्रकाशित मिति : चैत्र १६, २०८१ शनिबार

ट्रम्प प्रशासनद्वारा सीमाको निगरानी गर्न जासुसी स्याटेलाईट एजेन्सीहरूलाई निर्देशन

ट्रम्प प्रशासनले अमेरिका र मेक्सिको सीमाको निगरानी गर्न जासुसी स्याटेलाईट एजेन्सीहरूलाई निर्देशन दिएको छ । ट्रम्प प्रशासनले अवैध आप्रवासन र लागूऔषध कार्टेलहरू विरुद्धको व्यापक कारबाहीको एक भागको रूपमा अमेरिका मेक्सिको सीमा क्षेत्रमा स्योटलाइट निगरानी क्षमताहरूलाई तालिम दिन दुई गुप्तचर एजेन्सीहरूलाई निर्देशन दिएको हो ।

रक्षा मन्त्रालयको हिस्सा रहेका राष्ट्रिय भूस्थानिक खुफिया एजेन्सी एनजीए र राष्ट्रिय जासूसी कार्यालय एनआरओले जासूसी उपग्रहहरूको निरीक्षण गर्छन् । उनीहरुले पेन्टागन र अन्य गुप्तचर संस्थाहरूको लागि तस्वीहरूको विश्लेषण गर्छन्।

उनीहरूको संलग्नताले सेना तैनाथीसँगै दक्षिणी सिमानाको बढ्दो सैन्यीकरण देखाएको छ । जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय आपतकाल घोषणा गरेका छन्।

ट्रम्प प्रशासनद्वारा सीमाको निगरानी गर्न जासुसी स्याटेलाईट एजेन्सीहरूलाई निर्देशन

ट्रम्प प्रशासनद्वारा सीमाको निगरानी गर्न जासुसी स्याटेलाईट एजेन्सीहरूलाई निर्देशन

एनजीएले अमेरिकी सीमा मिसनलाई सहयोग समन्वय गर्न एक कार्यदल सिर्जना गरेको बताएको छ । त्यस्तै एनआरओले अमेरिकी सीमाहरू सुरक्षित गर्नू गुप्तचर समुदाय र पेन्टागनसँग साझेदारी गरिरहेको बताएको छ ।

यो सहभागिता ट्रम्पले अनधिकृत सीमा तस्करी र क्रसिङ रोक्ने उद्देश्यले लिएका व्यापक कार्यकारी कारबाहीहरूको प्रतिक्रिया रहेको जनाइएको छ ।
सरकारले वर्षौंदेखि सीमामा एआई र ड्रोन निगरानी तैनाथ गर्दै आएको छ, तर पछिल्लो पहलले सामान्यतया विदेशमा द्वन्द्वको लागि निर्माण गरिएको सैन्य क्षमताहरूको प्रयोगलाई विस्तार गर्ने लक्ष्य राखेको छ।

Source link

Leave a Comment