ट्रम्प प्रशासनद्वारा सीडीसीका प्रमुख पदमुक्त, विरोधमा वरिष्ठ अधिकारीहरूको सामूहिक राजीनामा



प्रकाशित मिति : भाद्र १०, २०८२ बुधबार


अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) की प्रमुख सुसान मोनारेजलाई पदमुक्त गरिएको छ।

मोनारेजलाई पदमुक्त गरेलगत्तै एजेन्सीका अन्य वरिष्ठ अधिकारीहरूले पनि सामूहिक राजीनामा दिएका छन्। सिनेटबाट करिब एक महिनाअघि मात्र अनुमोदन भएकी मोनारेजलाई अचानक बर्खास्त गरिएको हो। उनको पदच्युतिको कारण स्पष्ट पारिएको छैन।

मोनारेजपछि सीडीसीका तीन वरिष्ठ अधिकारी—मुख्य चिकित्सक डेब्रा हौरी, राष्ट्रिय खोप तथा श्वासप्रश्वासजन्य रोग केन्द्रका प्रमुख डेमेट्रे डेस्कालाकिस र जनावरजन्य संक्रामक रोग केन्द्रका प्रमुख ड्यानियल जर्निगनले पनि पद छाडेका छन्। सार्वजनिक स्वास्थ्य डेटा, निगरानी तथा प्रविधि कार्यालयकी निर्देशक डा. जेनिफर लेडेनले पनि राजीनामा दिएकी छन्।

ट्रम्प प्रशासनद्वारा सीडीसीका प्रमुख पदमुक्त, विरोधमा वरिष्ठ अधिकारीहरूको सामूहिक राजीनामा

ट्रम्प प्रशासनद्वारा सीडीसीका प्रमुख पदमुक्त, विरोधमा वरिष्ठ अधिकारीहरूको सामूहिक राजीनामा

यी राजीनामाहरू अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ. केनेडी जुनियरको नेतृत्वमा सीडीसीले खोपसम्बन्धी लिएको नीतिप्रति बढ्दो चिन्ताबीच आएका हुन्। केनेडी जुनियरलाई खोपबारे शंका गर्ने व्यक्ति मानिन्छ।

अधिकारीहरूका अनुसार, सोमबार मोनारेजले एजेन्सीव्यापी बैठक स्थगित गर्दै आफूलाई वाशिङ्टन डीसी बोलाइएको जानकारी दिएकी थिइन्।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै ‘केनेडीलाई सीडीसी टिममाथि पूर्ण विश्वास छ’ भनेको छ। मन्त्रालयले मोनारेजको बर्खास्तीको पुष्टि गर्दै उनको सेवाको प्रशंसा पनि गरेको छ।

तर मोनारेजका वकिल मार्क जेडले भने, “उनले वैज्ञानिक आधारहीन र लापरवाह निर्देशनलाई समर्थन गर्न अस्वीकार गरेको र आफ्नो पदभन्दा जनसुरक्षालाई रोजेका कारण उनलाई हटाइएको हो।” उनका अनुसार, मोनारेजले राजीनामा दिएकी थिइनन्, न त उनलाई औपचारिक रूपमा पदमुक्त गरिएकोबारे जानकारी दिइएको थियो।

मोनारेज लामो समयदेखि संघीय वैज्ञानिक थिइन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई नियुक्त गरेका थिए। जुलाईमा भएको सिनेटको मत विभाजनबीच उनलाई अनुमोदन गरिएको थियो।

ट्रम्प प्रशासनद्वारा सीडीसीका प्रमुख पदमुक्त, विरोधमा वरिष्ठ अधिकारीहरूको सामूहिक राजीनामा





Source link

Leave a Comment