ट्रम्प प्रशासनद्वारा भिसा अन्तर्वार्ता छूट नीतिमा कडाई, उमेरसम्बन्धी छूट खारेज



प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार

ट्रम्प प्रशासनद्वारा भिसा अन्तर्वार्ता छूट नीतिमा कडाई, उमेरसम्बन्धी छूट खारेज

अमेरिकी विदेश मन्त्रालयले गैर आप्रवासी भिसा अन्तर्वार्ता छूट नीतिहरूमा महत्त्वपूर्ण परिवर्तनको घोषणा गरेको छ। यो नयाँ नीति सेप्टेम्बर २, २०२५ देखि लागू हुनेछ। यो अद्यावधिक निर्देशनले फेब्रुअरी १८, २०२५ को अघिल्लो निर्देशनलाई खारेज गर्दै अधिकांश भिसा आवेदकहरूका लागि व्यक्तिगत अन्तर्वार्ता अनिवार्य गर्ने स्पष्ट संकेत दिएको छ।

यस नीतिको मुख्य परिवर्तनमध्ये हाल लागू रहेका उमेरमा आधारित छूटहरू खारेज हुनु हो। हाल १४ वर्षभन्दा कम र ७९ वर्षभन्दा माथिका आवेदकहरूलाई व्यक्तिगत अन्तर्वार्ताबाट छूट दिइँदै आएको थियो।

तर, नयाँ नीतिअनुसार उमेरको परवाह नगरी सबै गैरआप्रवासी भिसा आवेदकहरूले सामान्यतया कन्सुलर अधिकारीसँग व्यक्तिगत अन्तर्वार्ता दिनुपर्नेछ। यो परिवर्तनले अमेरिकी भिसा खोज्ने धेरै परिवार र वृद्धवृद्धालाई प्रभावित पार्नेछ।

कूटनीतिक र अफिसियल भिसाका लागि आवेदन दिनेहरू अन्तर्वार्ता छूटका लागि योग्य हुनेछन्। तर मान्यताप्राप्त अधिकारीहरूका सहयोगी वा व्यक्तिगत कर्मचारीहरूलाई भने यो छूट लागू हुनेछैन।

हाल एकै श्रेणीमा १२ महिनाभन्दा कम समयअघि म्याद सकिएको गैर आप्रवासी भिसा भएका आवेदकहरू भिसा अन्तर्वार्ताको छूटका लागि योग्य हुन सक्छन्। नयाँ नीतिअनुसार १२ महिनाभित्र पूर्ण अवधिको बी श्रेणीको भिसा आवेदकहरू र अघिल्लो भिसा जारी हुँदा कम्तिमा १८ वर्ष पुगेकाहरू मात्र भिसा अन्तर्वार्ताको छूटका लागि योग्य हुन सक्छन्। अन्य भिसा श्रेणीका आवेदकहरू अन्तर्वार्ता छूटका लागि योग्य हुनेछैनन्।

छूटका लागि योग्य हुन आवेदकहरूले आफ्नो राष्ट्रियता वा बसोबासको देशबाट आवेदन दिनुपर्छ भने पहिले भिसा अस्वीकृत नभएको हुनुपर्छ । साथै कुनै स्पष्ट वा सम्भावित अयोग्यता नभएको हुनुपर्छ भने अघिल्लो भिसा जारी हुँदा कम्तिमा १८ वर्ष पुगेको हुनुपर्छ।

कन्सुलर अधिकारीहरूले प्रत्येक आवेदनको आधारमा व्यक्तिगत अन्तर्वार्ताको आवश्यकता निर्धारण गर्न स्वविवेक कायम राख्नेछन् । आवेदक छूट मापदण्ड पूरा गरेको देखिए पनि आवेदकलाई अन्तरवार्तामा बोलाउन सक्नेछन् ।

विद्यार्थी र अस्थायी कामदारहरूलाई अन्तरवार्ता छूट नीतिहरूबाट फाइदा पुग्ने गरेकोमा सेप्टेम्बर २ पछि उनीहरुले अन्तर्वार्ता दिनुपर्नेछ। अन्तर्वार्ताको प्रतीक्षा समय लामो हुने भएकाले आवेदकहरूले आफ्नो भिसा आवेदनको लागि धेरै अगाडि योजना बनाउनुपर्नेछ।

ट्रम्प प्रशासनद्वारा भिसा अन्तर्वार्ता छूट नीतिमा कडाई, उमेरसम्बन्धी छूट खारेज





Source link

Leave a Comment