ट्रम्प प्रशासनद्वारा अपराध गर्ने १७ जना एलसाल्भाडोरमा डिर्पोट



प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार

अमेरिकामा रहेर अपराधिक गतिविधिमा सम्लग्न भएको आरोपमा १७ जनालाई देश निकाला गरिएको छ । उनीहरुलाई देश निकाला गर्दै ट्रम्प प्रशासनले एल साल्भाडोर फर्काएको अमेरिकी विदेश मन्त्रालयले पुष्टि गरेको छ ।

ट्रेन डे अरेगुआ र एमएस १३ ग्याङका सदस्यहरू देश निकालामा पर्ने सुचिमा समावेश रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले बताएका छन ।

एल साल्भाडोरका सरकारी अधिकारीहरूले अमेरिकाबाट निकालिएकाको समूहमा भेनेजुएला र एल साल्भाडोरका नागरिकहरू रहेको बताएका छन ।

ट्रम्प प्रशासनद्वारा अपराध गर्ने १७ जना एलसाल्भाडोरमा डिर्पोट

ट्रम्प प्रशासनद्वारा अपराध गर्ने १७ जना एलसाल्भाडोरमा डिर्पोट

यहि महिनाको सुरुमा अदालतले एलियन एनिमी एक्ट अन्तर्गत गरिएको फिर्ता प्रक्रिया रोक्न आदेश दिएको थियो । यो १७९८ को कानूनी प्रावधान हो ।

युद्धको समयमा मात्र यसलाई प्रयोग गरिएको थियो । तर पछिल्ला देश निकालाका घटना सामान्य आप्रवासन कानूनको आधारमा गरिएको सरकारी अधिकारीहरुले बताएका छन ।

रुबियोले देश निकाला गरिएका व्यक्तिहरुको समूहमा हत्या गर्ने र बलात्कार गर्ने अपराधीहरू समावेश भएको बताए ।

एल साल्भाडोरका राष्ट्रपति नयिब बुकेलले हातमा हात समाएका पुरुषहरू विमानबाट उचालिएका र उनीहरूको टाउको कपाल काटिएको देखाइएको भिडियो सेयर गरेका थिए ।

डिर्पोट गरिएका सबै व्यक्तिहरू प्रमाणित हत्यारा र उच्च प्रोफाइलका अपराधी भएको बताइएको छ ।

ट्रम्प प्रशासनद्वारा अपराध गर्ने १७ जना एलसाल्भाडोरमा डिर्पोट

ति मध्ये छ जना बाल बलात्कारीहरू समावेश रहेका रुबियोको पोष्टमा लेखिएको छ । उनका अनुसार यो अपरेशन आतंकवाद र संगठित अपराधको विरुद्धको लडाइँमा अर्को कदम हो।

एल साल्भाडोरले फिर्ता गरिएका व्यक्तिहरूलाई जेलमा राखे वापत ६ मिलियन डलर सट्टामा पाउने सहमति गरेको छ।

ट्रम्पले यस महिनाको सुरुमा १०० भन्दा बढी भेनेजुएलनहरूलाई अमेरिकीबाट निकाल्दा अमेरिकी नागरिक स्वतन्त्रता संघ जस्ता समूहहरूले कानूनी चुनौती दिएका थिए ।





Source link

Leave a Comment