ट्रम्प आएपछिको दोश्रो महिना पनि भिजिटर भिसा पाउने नेपालीको संख्या उल्लेख्य



प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार

ट्रम्प आएपछिको दोश्रो महिना पनि भिजिटर भिसा पाउने नेपालीको संख्या उल्लेख्य

राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको कडा अध्यागमन नीतिका बाबजुत फेब्रुअरीमा २९०३ नेपालीले अमेरिकाको गैर आप्रवासी भिसा प्राप्त गरेका छन् । जसमा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्या १८३८ रहेको छ । यो जनवरीको २१५० को तुलनामा थोरै कमी भएपनि डिसेम्बरको ११९० को तुलनामा भने उल्लेख्य बृद्धि हो । नोभेम्बरमा पनि त्योभन्दा कम १६३२ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए ।

चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा १६६९ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । चालु आर्थिक बर्षमा बाइडेन प्रशासनका ३ महिनामहिनामध्ये कुनै पनि महिनाको तुलनामा ट्रम्पकालका २ महिनामा बढी नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका छन् । जनवरीमा चालु आर्थिक बर्षकै रेकर्डब्रेक संख्यामा नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएकोमा फेब्रुअरीको संख्या पनि अक्टोबर, नोभेम्बर र डिसेम्बरको तुलनामा बढी नै छ ।

बाइडेनकालको पछिल्लो आर्थिक बर्ष २०२४ मा नेपालीलाई अमेरिकाको भिजिटर भिसा अस्वीकृत दरमा उच्च बृद्धि भएको थियो ।   आर्थिक बर्ष २०२४ मा कुल नेपाली आवेदकहरुमध्ये झण्डै ५० दशमलव ५ प्रतिशतलेमात्र अमेरिकाको भिजिटर भिसा पाएका थिए । बाइडेन प्रशासनको सुरुको ३ बर्षमा नेपालीको भिसा स्वीकृत दर अत्यन्तै उच्च भएपनि अन्तिम बर्षमा भने भिसा स्वीकृत दरमा उल्लेख्य गिरावट आएको थियो । अमेरिकी विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार भिजिटर भिसाका नेपाली आवेदकमध्ये झण्डै ४९ दशमलव ५ प्रतिशतको भिजिटर भिसा अस्वीकृत गरिएको थियो ।

ट्रम्प आएपछिको दोश्रो महिना पनि भिजिटर भिसा पाउने नेपालीको संख्या उल्लेख्य

ट्रम्प आएपछिको दोश्रो महिना पनि भिजिटर भिसा पाउने नेपालीको संख्या उल्लेख्य

भिसा अस्वीकृत दर आर्थिक बर्ष २०२३ को तुलनामा २०२४ मा अत्यन्तै उच्च थियो । २०२४ मा २४ हजार ३ सय ९ नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । अर्थात् ४८ हजार १ सय नेपालीले आर्थिक बर्ष २०२४ मा अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए ।

आर्थिक बर्ष २०२३ मा कुल नेपाली आवेदकहरुमध्ये झण्डै ६९ प्रतिशतले अमेरिकाको भिजिटर भिसा पाएका थिए । २०२३ मा भिजिटर भिसाका नेपाली आवेदकमध्ये जम्मा ३१ दशमलव ३ प्रतिशतकोमात्र भिसा अस्वीकृत गरिएको थियो । आर्थिक बर्ष २०२३ मा २९ हजार ७ सय २२ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए ।

आर्थिक बर्ष २०२२ मा अमेरिकाले कुल नेपाली आवेदकहरुमध्ये झण्डै ८० प्रतिशतलाई भिजिटर भिसा दिएको थियो । झण्डै २२ हजार ७ सय २९ जना नेपालीहरुले भिजिटर भिसाका लागि आवेदन दिएकोमा १८ हजार २ सय ४५ जनालाई भिजिटर भिसा स्वीकृत गरिएको थियो ।

ट्रम्प आएपछिको दोश्रो महिना पनि भिजिटर भिसा पाउने नेपालीको संख्या उल्लेख्य

आवेदकमध्ये झण्डै ४५ सय १५ जना नेपालीहरुले भने भिसा पाएनन् । कुल भिजिटर भिसा आवेदक संख्याको १९ दशमलव ८५ प्रतिशतलेमात्र भिसा नपाएका हुन् । अमेरिकाले आर्थिक बर्ष २०२१ मा पनि झण्डै ८१ प्रतिशत नेपाली आवेदकहरुलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको थियो ।

ट्रम्प आएपछिको दोश्रो महिना पनि भिजिटर भिसा पाउने नेपालीको संख्या उल्लेख्य

अमेरिकाले २०२१ मा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको र जम्मा १८ दशमलव ७२ प्रतिशतको मात्र भिजिटर भिसा अस्वीकृत गरेको थियो । भिजिटर भिसाका कुल ८ हजार ७ सय ७३ नेपाली आवेदकहरुमध्ये १६४५ जनालेमात्र अमेरिकाको भिसा पाएनन् । २०२१ मा कोरोना महामारीका कारण विना अन्तरवार्ता भिसा नविकरणको आवेदन दिनेहरु उल्लेख्य थिए । २०२१ मा नेपालीहरुलाई अमेरिकाको भिसा दिने दर ऐतिहासिक रुपमा उच्च बनेको थियो ।

अघिल्लो ट्रम्प प्रशासनको बेलामा नेपालीको भिसा अस्वीकृत दर उच्च थियो । आर्थिक बर्ष २०२० मा आवेदकमध्ये झण्डै ५१ दशमलव ९ प्रतिशत नेपालीहरुलाई अमेरिकाले भिजिटर भिसा प्रदान गरेको थियो । यद्यपी सन् २०२० मा अमेरिकाको भिजिटर भिसा स्वीकृत हुने नेपालीहरुको प्रतिशत दर त्यस अगाडिका ३ बर्षको तुलनामा सबैभन्दा उच्च थियो । आर्थिक बर्ष २०२० को तुलनामा २०२१ मा भिसा स्वीकृतिको प्रतिशत दर बढेपनि संख्या भने घटेको थियो । २०२० मा ७ हजार ७ सय ५१ नेपालीहरुलाई अमेरिकाको भिजिटिर भिसा प्राप्त गरेकोमा २०२१ मा यो संख्या अझ घटेको थियो ।

आर्थिक बर्ष २०२० मा झण्डै १५ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसा आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार ७ सय ५१ जनाको भिजिटर भिसा स्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । २०२० मा भिसा अस्वीकृत दर ४८ दशमलव १ प्रतिशत थियो ।

नेपालीको भिजिटर भिसा अस्वीकृत दर आर्थिक बर्ष सन् २०१९ मा ५० दशमलव ७ प्रतिशत र २०१८ मा ५१ दशमलव ५ प्रतिशत रहेको थियो । आर्थिक बर्ष २०१७ मा भने अस्वीकृत दर ४६ दशमलव ४ प्रतिशत थियो ।





Source link

Leave a Comment