ट्रम्पसँग भेट्नु अघि बेलायती प्रधानमन्त्री स्टार्मरले गरे रक्षा खर्च बढाउने घोषणा

प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार

बेलायतले रक्षा खर्च बढाउने घोषणा गरेको छ । बेलायतले सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने घोषणा गरेको हो ।

प्रधानमन्त्री किर स्टार्मरले सन् २०२७ सम्ममा रक्षा खर्च अर्थतन्त्रको दुई दशमलव पाँच प्रतिशत पुर्याउने घोषणा गरेका हुन ।

आगामी संसदमा यसलाई तीन प्रतिशतसम्म बढाउने लक्ष्य राखेको प्रतिबद्धता जनाए । बिहीबार अमेरिकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको युक्रेनबारे महत्त्वपूर्ण वार्ताअघि स्टार्मरको घोषणा आएको हो ।

ट्रम्पसँग भेट्नु अघि बेलायती प्रधानमन्त्री स्टार्मरले गरे रक्षा खर्च बढाउने घोषणा

ट्रम्पसँग भेट्नु अघि बेलायती प्रधानमन्त्री स्टार्मरले गरे रक्षा खर्च बढाउने घोषणा

यो वृद्धि अर्थतन्त्रको शून्य दशमलव पाँच प्रतिशतबाट शून्य दशमलव तीन प्रतिशतमा विदेशी विकास सहायता कटौती गरेर वित्त पोषण उनले बताए ।

ट्रम्पले नेटो सहयोगीहरूलाई आर्थिक उत्पादनको पाँच प्रतिशतसम्म रक्षा खर्च लक्ष्य दोब्बर बनाउन माग गरेका थिए ।

बेलायतले सन् २०२३/२४ मा कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० को दुई दशमलव तीन प्रतिशत रक्षामा खर्च गरेको थियो ।

स्टार्मरको लेबर सरकारले पहिले नै रक्षा खर्च दुई दशमलव पाँच प्रतिशतसम्म बढाउने प्रतिबद्धता जनाएको थियो । तर समयसीमा भने तोकेको थिएन ।

ट्रम्पले युरोपेली राष्ट्रहरूलाई आफ्नो रक्षा खर्च बढाउन बारम्बार आह्वान गर्दै आएका छन ।

ट्रम्पसँग भेट्नु अघि बेलायती प्रधानमन्त्री स्टार्मरले गरे रक्षा खर्च बढाउने घोषणा

स्टार्मरले भने “यो लगानीको अर्थ बेलायतले नेटोमा र महाद्वीपको सामूहिक रक्षामा नेतृत्वकर्ताको रूपमा आफ्नो स्थिति बलियो बनाउनेछ ।”

Source link

Leave a Comment