प्रकाशित मिति : फाल्गुन १६, २०८१ शुक्रबार
बेलायती प्रधानमन्त्री कीर स्टार्मरले युक्रेन युद्ध र युरोपेली सरक्षालाई लिए र शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेका छन । आइतबार लण्डनमा आयोजना गरिएको सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि निम्ता दिइएको छ ।
फ्रान्स, जर्मनी, डेनमार्क र इटालीका साथै टर्की, नेटो र युरोपेली सङ्घ (इयु) लगायत युरोपेली नेताहरूलाई आइतबार लण्डनमा हुने शिखर सम्मेलनमा आमन्त्रण गरिएको छ ।
ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार भएको वार्तापछि स्टार्मरले नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, स्पेन, फिनल्याण्ड, स्वीडेन, चेक रिपब्लिक र रोमानियाका नेतालाई पनि सम्मेलनमा आमन्त्रण गरेका छन ।
उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का प्रमुख मार्क रुट, युरोपेली सङ्घका प्रमुख उर्सुला डोन डेर लेयेन र एन्टोनियो कोस्टा पनि सम्मेलनमा सहभागी हुनेछन ।
शिखर सम्मेलन सुरु हुनुअघि स्टार्मरले इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँग डाउनिङ स्ट्रिटमा वार्ता गर्ने कार्यक्रम तय भएको छ ।
सम्मेलनले ‘स्थायी शान्ति प्रदान गर्ने बलियो स्थायी सम्झौता’ को आवश्यकतामा फेरि जोड दिनेछ ।
‘सुरक्षा सुनिश्चितताको लागि बलियो योजना बनाउने अर्को कदमहरू“ बारे मा सम्मेलनमा छलफल हुनेछ । ह्वाइट हाउसमा बिहीबार भएको वार्तामा ट्रम्पले युद्धविरामका लागि कुनै पनि वार्ता हुनुलाई स्वभाविक भनेका थिए ।
तर युरोपले चाहेको अमेरिकी सुरक्षा प्रत्याभूतिबारे कुनै ठोस प्रतिबद्धता दिन अस्वीकार गरे ।
ट्रम्पले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि भएको सम्झौताको दिशामा ‘धेरै प्रगति’ भएको र वार्ता महत्वपूर्ण चरणमा पुगेको बताएका छन ।