ट्रम्पले ७८ औं जन्मदिन फ्लोरिडामा मनाउँदै, ३५ डलरका ५ हजार टिकट सोल्डआउट

ट्रम्पले ७८ औं जन्मदिन फ्लोरिडामा मनाउँदै, ३५ डलरका ५ हजार टिकट सोल्डआउट



प्रकाशित मिति : असार १, २०८१ शुक्रबार

ट्रम्पले ७८ औं जन्मदिन फ्लोरिडामा मनाउँदै, ३५ डलरका ५ हजार टिकट सोल्डआउट

डोनाल्ड ट्रम्पले आफ्नो ७८ औं जन्मदिन फ्लोरिडामा समर्थकहरूको विश्वसनीय समूहसँग मनाउने योजना बनाएका छन् । ट्रम्प अहिले ८१ वर्षका डेमोक्रेटिक राष्ट्रपति जो बाइडेनभन्दा तीन वर्ष कान्छा छन्।

क्यापिटल हिलमा रिपब्लिकनहरूले बिहीबार ट्रम्पका लागि केक प्रस्तुत गर्दै उनलाई ७८ औं जन्मदिनको शुभकामना दिएका थिए । ट्रम्प बिहीबार वाशिंगटनमा रिपब्लिकन सांसदहरूसँग भेट्नका लागि गएका थिए । क्यापिटल हिल दंगा पछिको यो उनको पहिलो भ्रमण थियो ।

रिपब्लिकन सांसदहरूको एउटा समुहले ट्रम्पका लागि ह्याप्पी बर्थडे गाएका थिए । त्यसपछि उनलाई बेसबल र ब्याट उपहार दिए। सिनेटरहरूले पछि ४५ मैनबत्तीहरू सहित एक अमेरिकी झण्डासहितको केक प्रस्तुत गरेका थिए । जसको अर्थ ट्रम्प अमेरिकामा ४५ औं राष्ट्रपति भन्ने थियो । त्यसपछि सिनेटरहरुले ४ र ७ अंक भएका २ वटा मैनबत्ती थपेका थिए । जसको अर्थ उनीलाई ट्रम्पलाई अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा समेत देख्न चाहेका छन् ।

उसले वास्तविक जन्मदिन शुक्रबार फ्लोरिडाको पाम बीचमा तीनजना फ्लोरिडाका बासिन्दाहरूको नेतृत्वमा समर्थकहरुमाझ बिताइरहेका छन् । रिपब्लिकन सांसदहरुको तुलनामा क्लब ४७ युएसए नामको तीनजना फ्लोरिडाका बासिन्दाहरूको नेतृत्वमा रहेको समुहमा ट्रम्प अझ सहज हुन सक्ने जनाइएको छ । यो समुहले आफूलाई पूर्व राष्ट्रपतिको एजेन्डा र पुन निर्वाचनलाई समर्थन गर्न गठन गरिएको निगम भनेर वर्णन गर्दछ ।

अक्टोबरमा ट्रम्पले आफू राष्ट्रपति हुँदाका बखत इरानको शीर्ष सुरक्षा र खुफिया कमाण्डर मेजर जनरल कासिम सुलेमानीमाथि ड्रोन हमलाको साथ अगाडि बढ्ने निर्णय गरेको दिनको बारेमा खुलेर कुरा गरेका थिए । क्लब ४७ धेरै बफादार भएको उल्लेख गर्दै उनले सन् २०२० मा त्यो दिन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग आफू कत्ति निराश भएको भन्नेबारे वनि बताएका थिए । इजरायलमा हमासको नेतृत्वमा भएको अक्टोबर ७ मा भएको घातक हमलाको चार दिनपछि ट्रम्पले यसबारे क्लब ४७ समुहमा कुरा गरेका थिए ।

ट्रम्पले आफ्नो जन्मदिनको बारेमा मिश्रित भावनाहरू संकेत गरेका छन्। लस भेगासमा आइतवारको र्‍यालीमा जब कसैले उनलाई स्टेजमा जन्मदिनको शुभकामना दिएको थियो उनले उक्त कुरा सुन्न नचाहेको बताएका थिए । त्यसपछि भीडले पनि ट्रम्पकै भनाईलाई दोहोराएको थियो ।

एक निश्चित बिन्दुमा पुगेपछि ह्याप्पी बर्थडे भनेको सुन्न नचाहने अवस्था आउने तथा त्यो दिन नै अवस्थित छैन भनेर बहाना गर्न चाहना अवस्था आउने उनले बताएका थिए । त्यसपछि ट्रम्पले उनका आमाबाबु दुवै लामो समयसम्म बाँचेको उल्लेख गरेका थिए ।

क्लब ४७ युएसएले शुक्रबार योजना बनाएको जन्मदिनको उत्सव मार ए लागोबाट नजिक एक सम्मेलन केन्द्रमा हुनेछ। ट्रम्पले साँझ ७ बजे बोल्ने अपेक्षा गरिएको छ। सो अवशरमा उनका समर्थकहरुको भींड जम्मा हुने अपेक्षा गरिएको छ ।

ट्रम्पले ७८ औं जन्मदिन फ्लोरिडामा मनाउँदै, ३५ डलरका ५ हजार टिकट सोल्डआउट

क्लब ४७ का अध्यक्ष ल्यारी स्नोडेनका अनुसार कार्यक्रमका ५ हजार टिकटहरू ३५ डलरका दरले बिक्री भएका थिए भने स्टेजको नजिकको स्थानको लागि ६० डलरको टिकट थियो । टिकट सबै सोल्डआउट भएको जनाइएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School