ट्रम्पले रुसको पक्षमा काम गरिरहेको डेमोक्रयाट्सहरुको आरोप



प्रकाशित मिति : फाल्गुन १६, २०८१ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको पक्षमा काम गरिरहेको डेमोक्रयाट्सहरुले आरोप लगाएका छन ।

युक्रेन नीतिप्रति अचानक परिवर्तन भई रुसलाई फाइदा हुने काम उनी र जे डी भान्सले गरिरहेको विपक्षीहरुले बताएका हुन । शुक्रबार भएको जेलेन्स्कीसँगको तनावपूर्ण संवादले पनि त्यही पुष्टि गर्दछ उनीहरुले भने ।

सिनेट चक शुमरले भने ट्रम्प र भान्स मिलेर रुसलाई सहयोग पुग्ने गरेर काम गरिरहेको आरोप लगाए । तर रिपव्लिकनहरुले भने जेलेन्स्कीसँगको कुराकानीलाई समर्थन गरेका छन ।

ट्रम्पले रुसको पक्षमा काम गरिरहेको डेमोक्रयाट्सहरुको आरोप

ट्रम्पले रुसको पक्षमा काम गरिरहेको डेमोक्रयाट्सहरुको आरोप

पहिला विरोध , त्यसपछि समर्थन अनि फेरी बिरोध अमेरिकी प्रशासनलाई नसुहाउने बिषय हो भनेर विपक्षी डेमोक्रयाटस्हरुले बताएका छन ।
कतिपय विश्लेषकहरुले ट्रम्प र जेलेन्स्कीबीचको सम्वन्ध सुधार गर्न नसकिने गरि बिग्रिन थालेका बताएका छन । दुबै नेताहरुबीचको सम्वन्ध सुधार हुन सकेन भने शान्तिका लागि गरिने अनेकन प्रयास सफल हुन सक्दैनन ।

जेलेन्स्कीले रुससँगको आफनो देशको सम्वन्ध एकछिनमा परिवर्तन गर्न नसकिने बताए । उनले युक्रेन शान्तिको विपक्षमा छैन तर फेरी रुसले आक्रमण गर्नेछैन भन्ने ग्यारेण्टी चाहन्छ भनेका छन ।

तर ट्रम्प ले भने जेलेन्स्कीले शान्ति होइन तेस्रो विश्वयुद्धसँग जुवा खेलिरहेको आरोप लगाए । उनी शान्ति चाहन्छन र प्रतिवद्ध छन भने फेरी अमेरिका फर्कन सक्ने ट्रम्प ले बताए ।

ओभल हाउनसमा अमेरिका र अमेरिकी जनतालाई जेलेन्स्कीले अपमान गरेको आरोप ट्रम्पले लगाइरहँदा जेलेन्स्कीले भने अमेरिकी जनता र अमेरिकालाई सहयोग र समर्थनका लागि आभार प्रकट गरिरहेको उल्लेख गरेका छन ।

युक्रेनी महत्वपूर्ण खनिजमा अमेरिकी पहुँच र युक्रेनमा शान्ति स्थापना कसरी गर्न सकिन्छ भनेर सम्झौता र संवाद गर्न अमेरिका पुगेका जेलेन्स्की तनावपूर्ण वार्तापछि फर्किएका छन ।

ट्रम्पले रुसको पक्षमा काम गरिरहेको डेमोक्रयाट्सहरुको आरोप





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School