ट्रम्पले प्राप्त गरेको शक्तिशाली जनमतको बेलायतले इज्जत गर्ने



प्रकाशित मिति : माघ २८, २०८१ सोमबार

बेलायतले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले प्राप्त गरेको शक्तिशाली जनमतको सम्मान र इज्जत गर्ने बताएको छ ।

अमेरिकाको लागि बेलायती राजदूत लॉर्ड पीटर म्यान्डेलसनले बेलायत ट्रम्पका हरेक एजेण्डामा सहमत हुन नसकेपनि उनले पाएको स्पष्ट परिवर्तनको जनमतलाई भने सम्मान गर्ने बताए ।

७१ वर्षका म्यान्डेलसनले आफ्नो कूटनीतिक प्रमाणपत्र अमेरिकी विदेश मन्त्रालयमा प्रस्तुत गरेका छन । अमेरिकामा राजदूतको रूपमा औपचारिक रूपमा कार्यभार पनि उनले सम्हालेका छन ।

ट्रम्पले प्राप्त गरेको शक्तिशाली जनमतको बेलायतले इज्जत गर्ने

म्यान्डेलसनले बेलायत सरकार र ट्रम्प र बेलायती प्रधानमन्त्री बीचको व्यक्तिगत सम्बन्ध पहिले देखि नै बलियो रहेको बताए ।

आफ्नो अर्थतन्त्रलाई बढाउन दुबै देशले चाहेको भन्दै उनले अमेरिका र बेलायत बीचको प्रविधि र लगानी सम्बन्धलाई २१ औं शताब्दीका लागि उपयुक्त बनाउन ध्यान दिनुपर्नेमा जोड दिए ।

गत हप्तामा ट्रम्पले यूरोपीय संघका वस्तुहरूमा कर छिट्टै लाग्न सक्ने बताएका थिए । तर बेलायतसँग भने सम्झौताका आधारमा सुल्झाउन सकिने ट्रम्पले बताएका थिए ।

बेलायती राजनीतिमा धेरै परिचित म्यान्डेलसनले धेरै लेवर सरकारहरूसँग काम गरेका छन । ५० वर्षको अन्तरालमा अमेरिकी राजदूतको रूपमा पहिलो राजनीतिक नियुक्ति उनले पाएका छन ।

बेलायत र अमेरिकाबीच सन्तुलित व्यापार सम्बन्ध रहेको उनले बताए । बेलायती अधिकारीहरूले राष्ट्रपति ट्रम्पलाई दोस्रो विदेश भ्रमणको लागि लन्डनमा निमन्त्रणा गर्ने विचार गरिरहेको बताएका छन ।

ट्रम्पले प्राप्त गरेको शक्तिशाली जनमतको बेलायतले इज्जत गर्ने





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School