ट्रम्पले गरे बीबीसीविरुद्ध मानहानि मुद्दा दायर, अरबौँ डलर क्षतिपूर्ति माग



प्रकाशित मिति : मंसिर २९, २०८२ सोमबार

ट्रम्पले गरे बीबीसीविरुद्ध मानहानि मुद्दा दायर, अरबौँ डलर क्षतिपूर्ति माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी विरुद्ध मानहानि मुद्दा दायर गरेका छन्।

ट्रम्पले सन् २०२१ को जनवरी ६ मा दिएको आफ्नो भाषणलाई ‘पानोरमा’ डकुमेन्ट्रीमा सम्पादन गरिएको विषयलाई लिएर बीबीसीविरुद्ध मानहानि मुद्दा दायर गरेका हुन्। फ्लोरिडा अदालतका कागजातअनुसार, ट्रम्पले अरबौँ डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन्।

बीबीसीले गत नोभेम्बरमा ट्रम्पसँग माफी मागेको थियो। यद्यपि, बीबीसीले क्षतिपूर्तिको माग अस्वीकार गरेको थियो र मानहानिको दाबीमा कुनै आधार नभएको बताएको थियो।

तर, ट्रम्पको कानुनी टोलीले बीबीसीले उनका शब्दहरू “जानाजानी, दुर्भावनापूर्ण र भ्रामक तरिकाले परिवर्तन गरेको” आरोप लगाएको छ। मुद्दा दायर गरिएको विषयमा बीबीसीले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

कागजातअनुसार ट्रम्पले प्रसारकविरुद्ध मानहानिको आरोप र फ्लोरिडाको व्यापार अभ्याससम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा मुद्दा दायर गरेका हुन्।

ट्रम्पले गत महिना नै बीबीसीविरुद्ध मुद्दा हाल्ने योजना बनाएको बताएका थिए। २०२४ को अमेरिकी राष्ट्रपति चुनावअघि बेलायतमा प्रसारण भएको ‘पानोरमा’ डकुमेन्ट्रीमा आफ्नो जनवरी ६ को भाषण सम्पादन गरिएको तरिकालाई लिएर उनले आपत्ति जनाएका थिए।

ट्रम्पले बीबीसीले धोका दिएको र आफ्नो मुखबाट निस्केका शब्दहरूलाई परिवर्तन गरेको आरोप लगाएका थिए।

जनवरी ६ को भाषणमा ट्रम्पले वासिङ्टनमा भेला भएका समर्थकहरूलाई क्यापिटलतर्फ हिँड्न र “साहसी सिनेटर तथा सांसदहरूलाई हौसला दिन” बताएका थिए।

भाषणमा उनले “अन्तिमसम्म लड्ने” बताएका थिए। तर, कार्यक्रममा देखाइएको उनको भाषणमा फरक ढंगबाट प्रस्तुत गरिएको दाबी उनले गर्दै आएका छन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment