ट्रम्पलाई क्यानडाको जवाफ : अमेरिकी उत्पादनमा २५ प्रतिशतसम्म शुल्क लगाइने



प्रकाशित मिति : माघ २०, २०८१ आईतबार

क्यानडाले अमेरिकी उत्पादनहरुमा २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेको छ ।

अमेरिकाले क्यानडाका उत्पादनमा २५ प्रतिशत शुल्क कार्यन्वयन गरेलगत्तै क्यानडाको जवाफी प्रतिकृया आएको हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकालाई जवाफ दिने तयारी पुरा भएको बताएका हुन ।

क्यानडाले १५५ अर्ब डलर बरावरको उत्पादनमा शुल्क लगाउने छ । ३० अर्ब डलर मङ्गलबारदेखि लागू हुनेछ । अर्को १२५ अर्ब डलर २१ दिनमा लागू हुने प्रधानमन्त्री ट्रुडोले भनेका छन ।

अमेरिकी बियर, वाइन, बर्बन, फलफूल र फलका रस, तरकारी, इत्र, कपडा र जुत्ताहरू, साथै घरेलु उपकरण, खेलकुदका सामान र फर्निचरमा शुल्क लाग्नेछ । काठ र प्लास्टिकमा पनि शुल्क लाग्ने क्यानडाले बताएको छ ।

प्रधानमन्त्रीले अमेरिकामा पुग्ने कम्तीमा १५ प्रतिशत फेन्टानिल क्यानाडाबाट नगएको स्पष्ट पारेका छन । दुवै देशमा बढ्ने शुल्कले उपभोक्ताहरुलाई भने महंगोमा खरिद गर्नुपर्ने अवस्था सृजना भएको छ ।

ट्रम्पले घोषणा गरेपछि, क्यानडाले अमेरिकी सिमानामा सुरक्षा उपायहरू लागू गर्ने वचन दिएको थियो । चीनले शुल्क लगाउने निर्णय बिरुद्ध विश्व व्यापार संगठनमा अमेरिकाका विरुद्ध मुद्दा दायर गर्ने बताएको छ ।

अमेरिका, क्यानाडा र मेक्सिकोका बीच गहिरो व्यापारिक सम्बन्ध छ । जसमा प्रत्येक दिन लगभग २ अर्ब डलर बराबरका वस्तुहरूले सम्वन्धित देशका सिमाना पार गर्छन् ।

अर्थशास्त्रीहरूले भनेका छन् शुल्क र त्यसपछि आउने प्रतिकारले गाडी, काठ, फलफूल जस्ता उत्पादनहरूको मूल्य वृद्धि गर्न सक्छ । अमेरिकी उद्योग समूहहरूले पनि शुल्क बृद्धिप्रति चिन्ता व्यक्त गरेका छन् ।

ट्रम्पलाई क्यानडाको जवाफ : अमेरिकी उत्पादनमा २५ प्रतिशतसम्म शुल्क लगाइने





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School