ट्रम्पद्वारा ह्यारिससहित बाइडेन प्रशासनका पूर्वअधिकारीहरूको ‘सेक्युरिटी क्लियरेन्स’ खारेज



प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति कमला ह्यारिससहितका बाइडेन प्रशासनका दर्जनौँ पूर्व अधिकारीहरूको सुरक्षा स्वीकृति र गोप्य जानकारीमा पहुँच खारेज गरेका छन्।

राष्ट्रपति ट्रम्पले शुक्रबार साँझ ह्यारिससहित अमेरिकाको ४२ औँ राष्ट्रपति बिल क्लिन्टनकी श्रीमती तथा संयुक्त राज्य अमेरिकाका पूर्व विदेश सचिव हिलारी क्लिन्टनको पनि सुरक्षा स्वीकृति र गोप्य जानकारीमा पहुँच खारेज गरेका हुन् ।

ट्रम्पले सुरक्षा स्वीकृति र गोप्य जानकारीमा पहुँच खारेजको सूचीमा पूर्व अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन, वकिल तथा संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान, पूर्व अमेरिकी उप-महान्यायाधिवक्ता लिसा मोनाको, लिज चेनी र एडम किन्जिङ्गरको पनि नाम समावेश छ ।

ट्रम्पद्वारा ह्यारिससहित बाइडेन प्रशासनका पूर्वअधिकारीहरूको ‘सेक्युरिटी क्लियरेन्स’ खारेज

ट्रम्पद्वारा ह्यारिससहित बाइडेन प्रशासनका पूर्वअधिकारीहरूको ‘सेक्युरिटी क्लियरेन्स’ खारेज

उनीहरूले अब अमेरिकी सरकारी सुरक्षात्मक सुविधाहरूमा बिना अनुमतिको प्रवेश गर्न सक्ने छैनन्। साथै, उनीहरूलाई अब गोप्य जानकारीमा पहुँच प्राप्त गर्न पनि अनुमति दिइने छैन।

यसअघि, सन् २०२१ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पलाई गुप्तचर जानकारीमा पहुँच हटाएका थिए। यो कदम डाइरेक्टर अफ नेसनल इंटेलिजेन्स टुल्सी ग्याबार्डले यसै महिना सुरक्षासम्बन्धी स्वीकृति खारेज गरेपछि चालिएको हो ।





Source link

Leave a Comment