ट्रम्पद्वारा करिब ३० देशहरूमा यात्रा प्रतिबन्ध विस्तार गर्ने तयारी



प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार

ट्रम्पद्वारा करिब ३० देशहरूमा यात्रा प्रतिबन्ध विस्तार गर्ने तयारी

राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार, डिसेम्बर १, २०२५ मा ह्वाइट हाउसमा क्रिसमस स्वागत समारोहमा कर्मचारीहरूलाई भाषण दिएपछि भुईं तल्लाको करिडोरबाट हिंड्दै। (आधिकारिक ह्वाइट हाउस फोटो: जोइस एन. बोघोसियन )

गत हप्ता दुई नेशनल गार्ड सदस्यमाथि गोली हानिएको घटनापछि अमेरिकामा हुने आप्रवासनलाई अझ आक्रामक रूपमा नियन्त्रण गर्ने प्रयास स्वरूप ट्रम्प प्रशासनले आफ्नो यात्रा प्रतिबन्धलाई करिब ३० देखि ३२ देशहरूमा विस्तार गर्ने भएको छ । होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले हालको १९ देशहरूको सूचीबाट बढाएर ३० देखि ३२ सम्म बनाउन सिफारिस गरेकी हुन् ।

प्रतिबन्धमा थपिने देशहरूको सूची चाँडै आउने अपेक्षा गरिएको छ। ट्रम्प प्रशासनले पहिले नै १२ देशका यात्रुहरूमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ, भने अन्य सात देशहरूमा आंशिक प्रतिबन्धहरू छन्। यात्रा प्रतिबन्ध सूचीमा रहेका देशका नागरिकहरूले अमेरिकाको यात्रामा प्रतिबन्धको सामना गर्नुपर्नेछ। जारी मूल्याङ्कनको आधारमा सूची विस्तार हुनसक्ने जनाइएपनि सूचीमा थपिने देशहरुको नाम र घोषणाको मिति भने स्पष्ट छैन।

हाल पूर्ण प्रतिबन्धको सामना गरिरहेका देशहरूमा अफगानिस्तान, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, म्यानमार, सोमालिया, सुडान र यमन समावेश छन् । त्यस्तै बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका यात्रुहरूमाथि आंशिक प्रतिबन्धहरू छन्।

ट्रम्पको पहिलो कार्यकालमा निश्चित देशका यात्रुहरूलाई प्रतिबन्ध लगाउने प्रयासहरूले धेरै कानुनी लडाईहरुको सामना गर्नु परेको थियो । लामो अदालती लडाईपछि अन्ततः अमेरिकी सर्वोच्च अदालतले यसलाई राष्ट्रपतीय अधिकारको दायराभित्र पूर्ण रूपमा रहेको भन्दै सदर गरेको थियो। ट्रम्पले यस वर्षको सुरुमा आफ्नो यात्रा प्रतिबन्धलाई पुन लागू गरेका थिए।

ट्रम्पद्वारा करिब ३० देशहरूमा यात्रा प्रतिबन्ध विस्तार गर्ने तयारी

​डीसी गोलीकाण्डपछि ट्रम्प प्रशासनले आप्रवासनविरुद्ध थप आक्रमक कदमहरुको घोषणा गरेको छ । अधिकारीहरूले डीसी गोलीकाण्डका संदिग्ध व्यक्तिलाई एक अफगान नागरिकको रूपमा पहिचान गरेका थिए। उनी उक्त कार्यक्रमको एक हिस्साको रूपमा २०२१ मा अमेरिका प्रवेश गरेका थिए। यो कार्यक्रम २० वर्षको अमेरिकी तैनातीका क्रममा अमेरिकी सेनासँग काम गरेका स्थानीयहरूका लागि बनाइएको थियो। संदिग्ध व्यक्तिलाई अमेरिका आएपछि मानसिक स्वास्थ्य समस्याहरू देखिएको थियो।

डीसी गोलीकाण्डपछि एसाइलम अनुरोधहरूमाथिका सबै निर्णयहरू पनि रोकिएका छन्। युएससीआईएसका निर्देशक जोसेफ एडलोले प्रत्येक विदेशीलाई अधिकतम सम्भव हदसम्म छानबिन र स्क्रिनिङ गर्न सकिने सुनिश्चित नभएसम्म यो स्थगन कायम रहने बताएका छन्। एडलोले १९ देशबाट अमेरिकामा बसाइँ सरेका व्यक्तिहरूलाई जारी गरिएका ग्रीन कार्डहरूको समीक्षा पनि गरिने बताएका छन्।

बिहीबार ट्रम्प आफैंले सबै तेस्रो विश्वका देशहरूबाट स्थायी रूपमा आप्रवासन रोक्ने चेतावनी समेत दिएका थिए। तेस्रो विश्व शब्द विगतमा गरिब, विकासशील राष्ट्रहरूलाई वर्णन गर्न प्रयोग हुँदै आएको थियो। आफ्नो दोस्रो राष्ट्रपतीय कार्यकालको दौरान ट्रम्पले कागजात नभएका आप्रवासीहरूको सामूहिक देशनिकाला गर्ने, शरणार्थी भर्नाको वार्षिक संख्या कटौती गर्ने र जन्मसिद्ध नागरिकताको अधिकार कटौती गर्ने प्रयास गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment