ट्रम्पको सुरक्षा मिसनमा अमेरिकी सिक्रेट सर्भिस असफल भएको निर्देशकद्धारा स्वीकार



प्रकाशित मिति : श्रावण ७, २०८१ सोमबार

अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासलाई रोक्न एजेन्सी आफ्नो मिसनमा ‘असफल’ भएको स्वीकार गर्नुभएको छ ।

नेताहरूको रक्षा गर्नु सिक्रेट सर्भिसको एकमात्र मिसन हो निरीक्षण र जवाफदेहितासम्बन्धी सदन समितिको सुनुवाइमा उहाँले भन्नुभयो ।

जुलाई १३ मा हामी असफल भयौँ, संयुक्त राज्य अमेरिकाको सिक्रेट सर्भिसको निर्देशकका रूपमा म कुनै पनि सुरक्षा त्रुटिका लागि पूर्ण जिम्मेबारी लिन्छु ।

राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको आह्वानको सामना गर्नुभएका चिटलले ट्रम्पको हत्या प्रयास सिक्रेट सर्भिसको सबैभन्दा महत्त्वपूर्ण परिचालन असफलता थियो’ भन्नुभयो ।

एक चुनावी र्यालीमा बोल्ने क्रममा ट्रम्पको कानमा सामान्य चोट लागेको थियो । रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति एवं ह्वाइट हाउसका लागि वर्तमान उम्मेदवार ट्रम्पले पेन्सिलभेनियाको बटलरमा चुनावी कार्यक्रममा बोल्न सुरु गरेको केही मिनेटपछि नै २० वर्षीय बन्दुकधारी थोमस म्याथ्यु क्रुक्सले एआर–स्टाइल राइफलले उहाँमाथि गोली चलाएका थिए ।

आठमध्ये पहिलो गोली चलाएको २६ सेकेन्डपछि सिक्रेट सर्भिस स्नाइपरले क्रुक्सलाई गोली हानी मारेका थिए ।

बटलरबाट करिब ५० माइल टाढाको सहरमा बस्ने क्रुक्सले एक्लै काम गरेको र कुनै पनि बलियो वैचारिक वा राजनीतिक झुकावको पहिचान गर्न नसकेको अनुसन्धानकर्ताहरूले निर्धारण गरेका छन् ।

गोली हानाहानमा र्यालीमा सहभागी दुई जना गम्भीर घाइते भएका छन् र पेन्सिलभेनियाको फ्रिपोर्ट निवासी ५० वर्षीय अग्निशमनकर्ता कोरी कम्पेरेटरको गोली हानी हत्या भएको थियो ।

ट्रम्पको सुरक्षा मिसनमा अमेरिकी सिक्रेट सर्भिस असफल भएको निर्देशकद्धारा स्वीकार

पेप्सिकोका लागि उत्तरी अमेरिकामा सुरक्षा प्रमुख बन्न सन् २०२१ मा जानुअघि चिटलले २७ वर्षसम्म सिक्रेट सर्भिस एजेन्टका रूपमा काम गर्नुभएको थियो । उहाँलाई राष्ट्रपति बाइडेनले एजेन्सीको प्रमुखमा नियुक्त गर्नुभएको थियो ।





Source link

Leave a Comment