ट्रम्पको विरोध गरेर चुनाव जितेका क्यानडाका प्रधानमन्त्री कार्नी अमेरिका जाँदै



प्रकाशित मिति : बैशाख १९, २०८२ शुक्रबार

क्यानाडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी मंगलबार ह्वाइट हाउस जाँदै छन् । निर्वाचनपछिको एक साता नबित्दै अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट गर्न कार्नी ह्वाइट हाउस जान लागेका हुन ।

दुवै देशबीचको सम्बन्ध हाल तनावपूर्ण अवस्थामा छ । मुख्यतः ट्रम्पद्वारा लगाइएका ट्यारिफ र क्यानाडालाई अमेरिकी राज्य बनाउने ट्रम्पको भनाइका कारण दुबै देशको सम्वन्धमा चिसोपना आएको हो ।

तत्कालीन ट्यारिफसम्बन्धी विषय र दीर्घकालीन सम्बन्ध सुधार जस्ता विषयमा अमेरिकासंग वार्ता हुने कार्नीले बताएका छन । अमेरिकासँग क्यानाडाको हितका लागि सबैभन्दा राम्रो सम्झौता गर्न लड्नेछ’ उनले भनेका छन ।

ट्रम्पको विरोध गरेर चुनाव जितेका क्यानडाका प्रधानमन्त्री कार्नी अमेरिका जाँदै

ट्रम्पको विरोध गरेर चुनाव जितेका क्यानडाका प्रधानमन्त्री कार्नी अमेरिका जाँदै

चुनावी अभियानभर कार्नीले ट्रम्पको ट्यारिफ योजनाको विरोध गर्दै क्यानाडालाई ५१ औं अमेरिकी राज्य बनाउने धम्कीको कडा प्रतिवाद गरेका थिए ।

उनले विश्वका अन्य नेताहरूसँग भएका हालसालैका संवादहरू उल्लेख गर्दै, भरपर्दो साझेदारहरूसँग सम्बन्ध अझ सुदृढ बनाउने प्रतिवद्धता पनि जनाएका छन ।
चुनावले क्यानाडामा क्षेत्रीय, जनसांख्यिकीय र राजनीतिक विभाजनहरू उजागर गरेको छ ।

जनताले ट्रम्पप्रति कडा प्रतिक्रिया चाहेका छन् । तर त्यस्तै गरी महँगी कम गर्न र आफ्नो समुदाय सुरक्षित बनोस् भन्ने चाहना पनि देखाएका छन्, उनले भनेका छन ।

कन्जरभेटीभ नेता पिअर पोएलिभरको नेतृत्वमा विपक्षी दलले महँगी र अपराधविरुद्ध जोड दिएको थियो । यद्यपि पोएलिभर आफैं आफ्नो निर्वाचन क्षेत्रमा पराजित भए ।

कार्नीले भने, यदि कन्जरभेटीभ दल चाहन्छ भने म पोएलिभरका लागि विशेष चुनाव गर्न तयार छु । कुनै राजनीतिक खेल होइन प्रधानमन्त्री कार्नीले स्पष्ट पारेका छन ।

ट्रम्पको विरोध गरेर चुनाव जितेका क्यानडाका प्रधानमन्त्री कार्नी अमेरिका जाँदै

शुक्रबार, अल्बर्टाबाट निर्वाचित एक सांसदले पोएलिभरलाई चुनाव लड्न ठाउँ खाली गर्ने घोषणा गरेका थिए । पोएलिभरले उक्त क्षेत्रबाट उम्मेदवारी दिने पुष्टि गरेका छन् ।

सोमबार सम्पन्न निर्वाचनमा लिबरल पार्टीले ३४३ सदस्यीय संसदमा १६८ सिट जित्यो । जुन अल्पमत सरकार बनाउन पर्याप्त भए पनि बहुमतका लागि आवश्यक १७२ सिटभन्दा कम हो।





Source link

Leave a Comment