ट्रम्पको बन्दुकको लाइसेन्स रद्द गर्ने तयारीमा न्युयोर्क

ट्रम्पको बन्दुकको लाइसेन्स रद्द गर्ने तयारीमा न्युयोर्क



प्रकाशित मिति : जेष्ठ २३, २०८१ बुधबार

ट्रम्पको बन्दुकको लाइसेन्स रद्द गर्ने तयारीमा न्युयोर्क

न्युयोर्क सिटी प्रहरीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको बन्दुकको लाइसेन्स रद्द गर्ने तयारी गरिरहेको छ । ट्रम्पमाथि अभियोग लगाएपछि अप्रिल १, २०२३ मा लाइसेन्स निलम्बन गरिएकोमा न्युयोर्कको अदालतले ३४ वटा अभियोगमा दोषी ठहर गरेपछि उनको लाइसेन्स रद्द गर्न लागिएको हो ।

उनले बोक्नको लागि इजाजतपत्र प्राप्त गरेको तीनवटा पेस्तोलमध्ये मध्ये दुई वटा सन् २०२३ को मार्च ३१ मा न्युयोर्क प्रहरीलाई बुझाइएको थियो । ट्रम्पको इजाजतपत्रमा सूचीबद्ध तेस्रो बन्दुक कानूनी रूपमा फ्लोरिडामा सारिएको थियो ।

ट्रम्पलाई मे ३० मा अदालतबाट दोषी ठहराइएपछि पनि अझै फ्लोरिडामा तेस्रो बन्दुक राखेमा उनी राज्य र संघीय कानूनहरूको उल्लङ्घनमा पर्न सक्छन्। अपराधमा दोषी ठहर भएका व्यक्तिले बन्दुक बोक्नु अमेरिकामा एक संघीय अपराध हो।

ट्रम्पको बन्दुकको लाइसेन्स रद्द गर्ने तयारीमा न्युयोर्क
फोटो: मार्क पीटरसन/ एएफपी

न्युयोर्क प्रहरीको कानूनी ब्यूरोले अनुसन्धान गरिरहेको र यसले सम्भवतः ट्रम्पको लाइसेन्स रद्द गर्न सक्ने प्रहरी श्रोतको भनाई छ । ट्रम्पले लाइसेन्स खारेजलाई चुनौती दिने अदालती सुनुवाइ खोज्न सक्ने जनाइएको छ ।

ट्रम्पसँग एक दशक भन्दा बढी समयदेखि लुकाएर बन्दुक बोक्ने न्युयोर्क प्रहरीको इजाजतपत्र छ । तर ट्रम्पको आवेदन गोपनीयताको लागि अनुरोधको साथ आएको हुनाले न्युयोर्क राज्यको कानुन अनुशार उनीबारेको बन्दुक लाइसेन्सको रेकर्ड सार्वजनिक गरिदैन ।

ट्रम्पले राष्ट्रपति भएको बखत र त्यसपछि बन्दुकको इजाजतपत्र कायम राखेका थिए। पूर्व राष्ट्रपतिको रूपमा ट्रम्पले पूरै समय सेक्रेट सर्भिसको सुरक्षा पाउँछन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School