ट्रम्पको नजरमा न्यायाधीश किन दुष्ट व्यक्ति ? कारण यस्ता छन



प्रकाशित मिति : कार्तिक ३, २०८१ शनिबार

डोनाल्ड ट्रम्पले न्यायाधीश तान्या चुट्कनलाई सबैभन्दा दुष्ट व्यक्तिू भनेर सम्बोधन गरेका छन् ।

विशेष परामर्शदाता ज्याक स्मिथको चुनाव षड्यन्त्र मामलामा १ हजार ८०० भन्दा बढी पृष्ठ प्रमाणहरू सार्वजनिक गरेकी चुट्कनलाई सबैभन्दा दुष्ट व्यक्ति भनेर आरोप लगाएका हुन ।

रिपब्लिकन उम्मेदवार ट्रम्पले अमेरिकी जिल्ला अदालतकी न्यायाधीश तान्या चुट्कनले आगामी महिनाको मतदानपछिसम्म नयाँ प्रमाण सार्वजनिक नगर्न गरिएको अनुरोध अस्वीकृत गरेको देखिन्छ ।

कानुनी विश्लेषकहरूले यो मुद्धाका कागजातहरूले न्याय विभागको आन्तरिक नियमलाई उल्लङ्घन गर्छ कि गर्दैन भनेर छलफल गरेका छन्।

यो नियम अन्तर्गत अभियोजनकर्ताहरूले चुनावको ६० दिन भित्र कुनै अनुसन्धानात्मक कदम उठाउनु हुँदैन । जसले चुनावलाई असर गर्न सक्छ। तर आफ्नो निर्णयमा न्यायाधीश चुट्कनले यदि उनले फाइलहरू गोप्य राखेकी भए, त्यो आफैँमा चुनावमा हस्तक्षेपको रूपमा लिइन सक्थ्यो भनेकी छन्।

ूयदि अदालतले सार्वजनिक गर्नुपर्ने जानकारी मात्र राजनीतिक परिणामका कारण रोकेको भए, त्यो रोक लगाउनु नै चुनावमा हस्तक्षेप हुन सक्थ्यो वा त्यस्तो देखिन सक्थ्यो, उनले लेखेको देखिन्छ ।

गत वर्ष, टेक्ससकी एक महिलालाई ट्रम्पको मामिलालाई लिएर न्यायाधीश चुट्कनलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ गरिएको थियो ।

शुक्रबार, दक्षिणपन्थी मिडिया व्यक्तित्व ड्यान बोङ्गिनोसँगको एक पोडकास्टमा देखापर्दै, ट्रम्पले न्यायाधीश चुट्कनलाई गाली गरे र विशेष परामर्शदातालाई सिक कुकुर भने।

ट्रम्पको नजरमा न्यायाधीश किन दुष्ट व्यक्ति ? कारण यस्ता छन

यस वर्षको सुरुमा, सर्वोच्च अदालतले ट्रम्पलाई राष्ट्रपतिका रूपमा गरेका आधिकारिक कार्यहरूका लागि अभियोजन गर्न सकिदैन भनी निर्णय सुनाएको थियो।

यसको परिणामस्वरूप, स्मिथलाई ट्रम्पविरुद्ध ल्याइएको ऐतिहासिक केस परिवर्तन गर्न बाध्य पारियो । शुक्रबार सार्वजनिक भएका कागजातहरूमा ६ जनवरीको हाउस कमिटीले गरेको अन्तर्वार्ताको ट्रान्सक्रिप्टहरू, पेन्सको आत्मकथाका अंशहरू, र मतदाताहरूलाई पठाइएका कोष संकलन इमेलहरू समावेश छन्।

ट्रम्पले अन्य धेरै आपराधिक मुद्दाहरूको सामना गरिरहेका छन्। उनी पहिले नै न्युयोर्कमा ३४ फौजदारी अभियोगमा दोषी ठहर भइसकेका छन् । जसमा हश मनीको भुक्तानीसँग सम्बन्धित मुद्दा सामेल छ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School