ट्रम्पको चेतावनीपछि हमासको प्रतिक्रिया – ‘यसले युद्धविरामलाई थप जटिल बनाउँछ’



प्रकाशित मिति : माघ २९, २०८१ मंगलबार

सबै इजरायली बन्धकलाई तत्काल रिहा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीले गाजा युद्धविरामसँग सम्बन्धित विषयहरूलाई ‘थप जटिल बनाएको’ हमासका एक वरिष्ठ नेताले मंगलबार बताएका छन् ।

“ट्रम्पले सम्झनुपर्छ कि त्यहाँ एउटा सम्झौता छ जसलाई दुवै पक्षले सम्मान गर्नुपर्दछ र कैदीहरू (बन्धकहरू) फिर्ता गर्ने यो एक मात्र तरिका हो”, सामी अबु जुहरीले भने, “धम्कीको भाषाको कुनै मूल्य छैन र यसले मामिलालाई थप जटिल बनाउँछ ।”

जनवरी १९ देखि लागु गरिएको युद्धविरामले गाजामा १५ महिनाभन्दा बढी चलेको लडाइँलाई धेरै हदसम्म रोकेको थियो र इजरायली जेलबाट सयौँ प्यालेस्टिनी कैदीको सट्टामा पाँच समूहका इजरायली बन्धकहरूको मुक्त भएका थिए ।

ट्रम्पको चेतावनीपछि हमासको प्रतिक्रिया – ‘यसले युद्धविरामलाई थप जटिल बनाउँछ’

तर, गत महिना ट्रम्पले गाजा कब्जा गर्ने र त्यहाँका २० लाखभन्दा बढी बासिन्दालाई हटाउने प्रस्ताव गरेपछि तनाव बढेको थियो ।

शनिबार दिउँसोसम्म सबै इजरायली बन्धकलाई मुक्त नगरे युद्धविरामको अन्त्यका लागि आह्वान गर्ने भन्दै उनले सोमबार थप दबाब दिएका हुन् ।

“मेरो विचारमा यदि सबै बन्धक शनिबार १२ बजेसम्म मलाई लाग्छ यो उपयुक्त समय हो फिर्ता गरिएनन् भने म भन्छु यसलाई रद्द गर्नुपर्छ र सबै सर्तहरू समाप्त हुन्छन् र नरक मच्चिन दिनुपर्छ”, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भनेका थिए ।

युद्धविराम सम्झौताअनुसार सम्झौताको चालु ४२ दिनको पहिलो चरणमा चरणबद्ध रूपमा रिहाइ हुनुपर्ने भनिएको छ ।

इजरायलले सहायता वितरण लगायत युद्धविराम सम्झौताअन्तर्गत आफ्नो प्रतिबद्धता पूरा गर्न असफल भएको आरोप लगाउँदै हमासले अर्को बन्धकको रिहाइ ‘अर्को सूचना नआउन्जेल स्थगित’ गरिने बताएपछि ट्रम्पको पछिल्लो चेतावनी आएको हो ।

ट्रम्पको चेतावनीपछि हमासको प्रतिक्रिया – ‘यसले युद्धविरामलाई थप जटिल बनाउँछ’





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School