ट्रम्पको करको जवाफमा चीनले थप्यो ५० प्रतिशत कर, अमेरिकामाथि कुल ८४ प्रतिशत भन्सार शुल्क



प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार

अमेरिकाले लगाएको १०४ प्रतिशत करको बदलामा चीनले अमेरिकामाथि थप ५० प्रतिशत कर लगाएको छ। यसको अर्थ पहिलेको ३४ प्रतिशतको सट्टा अब चीनले अमेरिकामा कुल ८४ प्रतिशत भन्सार शुल्क लगाउनेछ ।

चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आउने सबै सामानहरूमा यो अतिरिक्त कर लगाउने घोषणा गरेको छ। नयाँ शुल्कहरू चीनको स्थानीय समय अनुसार अप्रिल १० मा बिहान १२:०१ बजेदेखि लागू हुनेछन्। चीनको अर्थ मन्त्रालयले भनेको छ, “यी नयाँ शुल्कहरू चीनको स्थानीय समय अनुसार अप्रिल १० मा बिहान १२:०१ बजेदेखि लागू हुनेछन्।”

यसअघि अमेरिकाले चीनमाथि थप ५० प्रतिशत कर लगाउने घोषणा गरेको थियो। यससँगै चीनमाथिको कुल भन्सार १०४ प्रतिशत पुगेको छ। यसको जवाफमा चीनले अमेरिकाको करको विरुद्धमा सम्पूर्ण विश्वलाई एकताबद्ध हुन अपिल गरेको थियो।

ट्रम्पको करको जवाफमा चीनले थप्यो ५० प्रतिशत कर, अमेरिकामाथि कुल ८४ प्रतिशत भन्सार शुल्क

ट्रम्पको करको जवाफमा चीनले थप्यो ५० प्रतिशत कर, अमेरिकामाथि कुल ८४ प्रतिशत भन्सार शुल्क

चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी करको सामना गर्न चीनले आफ्ना छिमेकी देशहरूसँगको सम्बन्ध बलियो बनाउनुपर्ने बताएका छन्। उनले उनले एसियाली देशहरूले राम्रो भविष्यको लागि मिलेर काम गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौँ देशहरूमाथि लगाएको ‘पारस्परिक’ भन्सार शुल्क बुधबारदेखि लागू भएको छ। अमेरिकी भन्सारबाट भियतनाम, कम्बोडिया र इन्डोनेसिया सबैभन्दा बढी प्रभावित भएका छन्।





Source link

Leave a Comment