ट्रम्पको आदेशगलत्तै ग्रिन कार्डहरुमाथि युएससीआइएसद्वारा छानबिन सुरु



प्रकाशित मिति : मंसिर १२, २०८२ शुक्रबार

ट्रम्पको आदेशगलत्तै ग्रिन कार्डहरुमाथि युएससीआइएसद्वारा छानबिन सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च जोखिम मानिएका १९ वटा देशका मानिसहरुलाई यस अघि जारी गरिएका ग्रिन कार्ड बारे पुनः अनुसन्धान गर्न आदेश दिएसँगै जारी ग्रिन कार्डहरुमाथि युएससीआइएसले छानबिन थालेको जनाएको छ ।

अफगानिस्तान, बर्मा, चाड, कङ्गो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका आप्रवासीहरूलाई यस अघि जारी गरिएका ग्रिन कार्डमाथि पुनः जाँच सुरु गरिएको जनाएको हो ।

केही दिन अघि वासिङ्टन डीसीमा दुइ जना नेशनल गार्डमाथि गोली हानिएको घटनागलत्तै सङ्घीय अध्यागमन अधिकारीहरूले उच्चजोखिम मानिएका देशका मानिसहरुका ग्रिन कार्डबारे जाँच सुरु गरेका हुन् ।

युएससीआइएसले ती देशका मानिसहरुका व्यक्तिगत कारणले भन्दा पनि उनीहरुको उत्पत्तिको देश सँग सम्बन्धित कारणहरूले गर्दा ग्रीन कार्ड खोस्न सक्नेछ । युएससीआएसका निर्देशक जोसेफ एडलोले प्रत्येक ग्रिन कार्डको कडा रुपमा जाँच गर्न निर्देशन दिएको बताए ।

ट्रम्पको आदेशगलत्तै ग्रिन कार्डहरुमाथि युएससीआइएसद्वारा छानबिन सुरु

राष्ट्रपति ट्रम्पले जुन ४ मा गरेको घोषणामा पनि यी देशहरुका नाम सूचीमा समावेश थिए जसले मानिसहरुको प्रवेशलाई प्रतिबन्ध लगाउन खोजिएको थियो ।

होमल्याण्ड सेक्युरिटी विभागकी सार्वजनिक मामिला सेक्रेटरी ट्रिसिया म्याकलाग्लिनका अनुसार ट्रम्प प्रशासनले ( राष्ट्रपतिले पदभार ग्रहण गरेको पहिलो दिन) अफगान शरणार्थी र सो देशबाट हुने यात्रालाई रोकेको थियो।

युएससीआइएसको नीतिले सम्बन्धित देशको विशेष परिस्थितिहरुलाई विचार गर्नेछ भने निश्चित समायोजनका लागि आवेदन दिने मानिसहरू, साथै गैरआप्रवासीहरूको लागि बसाइको अवधि बढाउने वा स्थिति परिवर्तन गर्ने मानिसहरूमा लागू हुने देखिएको छ । जाँचका क्रममा अधिकारीहरुले ग्रिन कार्डवाहक नागरिकको उत्पति भएको देशको आधारमा ग्रिन कार्ड खोस्न सक्ने अवस्था बन्ने छ भने उनीहरुको कानुनी हैसियत समेत समाप्त हुनेछ ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment