ट्रम्पकालको सुरुमा नेपालबाटै ग्रिनकार्ड पाउने नेपालीको संख्या बाइडेनकालको तुलनामा बृद्धि



प्रकाशित मिति : बैशाख १३, २०८२ शनिबार

ट्रम्पकालको सुरुमा नेपालबाटै ग्रिनकार्ड पाउने नेपालीको संख्या बाइडेनकालको तुलनामा बृद्धि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको सुरुमा नेपालबाटै ग्रिनकार्ड पाउने गरी आप्रवासी भिसा पाउने नेपालीको संख्यामा वृद्धि देखिएको छ । जो बाइडेनको कार्यकालको अन्तिम महिना जनवरीमा ७७८ जना नेपालीहरूले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेकोमा फेब्रुअरीमा यो संख्यामा वृद्धि देखिएको छ। अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार फेब्रुअरीमा जनवरीको तुलनामा बढी ७९७ जना नेपालीहरूले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका छन्।

फेब्रुअरीमा आप्रवासी भिसा पाउनेहरूमा सबैभन्दा धेरै डिभी विजेताहरू ३९४ जना रहेका छन् भने त्यसपछि अमेरिकी नागरिकका बाबुआमाहरू १७३ जनाले आप्रवासी भिसा प्राप्त गरेका छन्। जनवरीको तुलनामा फेब्रुअरीमा दूतावासहरूका काम गर्ने दिनहरू कम भए पनि भिसा भने धेरैले प्राप्त गरेका छन्। जनवरीमा पनि धेरै भिसा प्राप्त गर्नेहरूमा डिभी विजेताहरू पहिलो र अमेरिकी नागरिकका बाबुआमाहरू दोस्रोमा थिए।

ट्रम्पको कार्यकाल सुरु भएपछि फेब्रुअरीमा आप्रवासी भिसा पाउने नेपालीहरूको संख्या चालु आर्थिक वर्षका अन्य कुनै पनि महिनाको तुलनामा बढी रहेको छ। अक्टोबरमा ६६९, नोभेम्बरमा ४७६, डिसेम्बरमा ६९६ र जनवरीमा ७७८ जना नेपालीले आप्रवासी भिसा पाएकोमा फेब्रुअरीमा यो सबै मासिक नम्बरको तुलनालाई उछिनेको छ।

ट्रम्पकालको सुरुमा नेपालबाटै ग्रिनकार्ड पाउने नेपालीको संख्या बाइडेनकालको तुलनामा बृद्धि

ट्रम्पकालको सुरुमा नेपालबाटै ग्रिनकार्ड पाउने नेपालीको संख्या बाइडेनकालको तुलनामा बृद्धि

चालु आर्थिक वर्ष २०२५ को पहिलो ५ महिनामा अक्टोबर २०२४ देखि फेब्रुअरी २०२५ सम्म कुल १६,५०३ जना नेपालीले अमेरिकाको भिसा प्राप्त गरेका छन्, जसमध्ये १३,०८७ जना गैर-आप्रवासी भिसा र ३,४१६ जना आप्रवासी भिसा पाएका छन्।

ट्रम्पकालको सुरुमा नेपालबाटै ग्रिनकार्ड पाउने नेपालीको संख्या बाइडेनकालको तुलनामा बृद्धि

आप्रवासी भिसा प्राप्त गर्नेहरूले नेपालमै बस्दा वा अमेरिकाबाहिर रहँदा नै ग्रिनकार्डका लागि आवेदन स्वीकृत गराएका हुन्। उनीहरूले अमेरिका पुगेपछि सामान्यतया एक महिनाभित्र दिएको ठेगानामा ग्रिनकार्ड प्राप्त गर्न सक्छन्। यदि डीएस-२६० फारम भर्दा सोसल सेक्युरिटी नम्बरका लागि स्वीकृति दिएको भएमा सोसल सेक्युरिटी नम्बर पनि स्वतः प्राप्त गर्छन्।

अमेरिकाका वार्षिक १० हजारभन्दा बढी नेपालीहरूले ग्रिनकार्ड प्राप्त गर्दै आएका छन्। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको आर्थिक वर्ष २०२३ मा कुल ११,६४० जना नेपालीहरूले अमेरिकाको ग्रिनकार्ड पाएका थिए, जसमध्ये अमेरिका आइसकेपछि ग्रिनकार्ड आवेदन दिएर ग्रिनकार्ड प्राप्त गर्नेहरू ४,०८० र नेपालबाटै आप्रवासी भिसामा आउनेहरू ७,५६० रहेका थिए। यो संख्यामा ३,३७५ डिभी लोटरी विजेताहरू र १ हजारको हाराहारीमा शरणार्थी (एसाइलम) बाट ग्रिनकार्ड पाउनेहरू छन्। अर्थात्, रोजगार र परिवारमा आधारित ग्रिनकार्ड पाउनेहरू ८ हजारको हाराहारीमा छन्।

आर्थिक वर्ष २०२२ को तथ्यांक हेर्दा १२ हजार १० जना नेपालीहरूले अमेरिकाको ग्रिनकार्ड पाएका थिए। तीमध्ये २,८९४ जना डिभी लोटरीमार्फत र १,२६२ जनाले शरणार्थी (एसाइलम) मार्फत ग्रिनकार्ड प्राप्त गरेका थिए। झण्डै ८ हजार नेपालीहरूले परिवार र रोजगारमा आधारित ग्रिनकार्ड पाउन सफल भएका थिए।

ट्रम्पकालको सुरुमा नेपालबाटै ग्रिनकार्ड पाउने नेपालीको संख्या बाइडेनकालको तुलनामा बृद्धि

तथ्यांक हेर्दा सन् २०१३ मा १३,०४६, सन् २०१४ मा १२,३५७, सन् २०१५ मा १२,९२६, सन् २०१६ मा १२,८५१, सन् २०१७ मा ११,६१०, सन् २०१८ मा ११,९५३, सन् २०१९ मा १०,२०१ जना नेपालीले अमेरिकाको ग्रिनकार्ड पाएका थिए। कोरोना महामारीका बाबजुद २०२० मा ७,८४७ र २०२१ मा ७,३०९ नेपालीले अमेरिकाको ग्रिनकार्ड पाएका थिए।





Source link

Leave a Comment