ट्याक्स फाइलमा विद्यार्थीलाई ५० प्रतिशत छुट, न्यून आय भएका २५ नेपालीलाई नि:शुल्क



प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार

ट्याक्स फाइलमा विद्यार्थीलाई ५० प्रतिशत छुट, न्यून आय भएका २५ नेपालीलाई नि:शुल्क

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको लुम्बिनी वर्ल्डवाइड इन्कले यो सिजनमा ट्याक्स फाइलमा नेपाली विद्यार्थीलाई ५० प्रतिशत छुट दिने भएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरु आर्थिक भारमा हुने भएकाले थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले विद्यार्थीहरुलाई ट्याक्स फाइल गर्दा छुट प्रदान गर्न लागिएको लुम्बिनी वर्ल्डवाइड इन्कमा ट्याक्स तयारकर्ता नवराज रिजालले जानकारी दिए । यो सुविधा तत्कालदेखि यो ट्याक्स सिजनभर प्रदान गरिने उनले जानकारी दिए ।

अमेरिकामा अस्थायीरुपमा आएका विद्यार्थीहरु, प्रशिक्षार्थी, विद्वानहरु, अनुसन्धानकर्ताहरु, एक्सचेन्ज भिजिटर लगायतले पनि निश्चित मापदण्डभित्र परेको खण्डमा ट्याक्स फाइल गर्नुपर्ने आईआरएसले जनाएको छ । आईआरएसका अनुशार स्कलरसिप वा फेलोसिपबापत कर लाग्ने रकम प्राप्त गरेकाहरु वा अन्य कुनै प्रकारको कर लाग्ने आम्दानी गरेकाहरुले कर तिर्नुपर्छ ।

त्यस्तै ओपीटी र सीपीटीबाट आम्दानी गरेका विद्यार्थीहरुले पनि कर तिर्नु पर्ने हुन्छ। विद्यार्थी लगायतका गैर आवासीय व्यक्तिले १०४० एनआर फर्म भरेर आईआरएसमा ट्याक्स फाइल गर्नुपर्छ । तर उनीहरुले आवासीय व्यक्तिले भने १०४० फर्म भने भर्न नहुने आईआरएसले चेतावनी दिएको छ । यदि अमेरिकामा रहेका विद्यार्थीहरुले कुनै आम्दानी नगरेको भएतापनि उनीहरुले आईआरएसमा फर्म ८८४३ भरेर बुझाउनुपर्छ ।

ट्याक्स फाइलमा विद्यार्थीलाई ५० प्रतिशत छुट, न्यून आय भएका २५ नेपालीलाई नि:शुल्क
ट्याक्स फाइल गर्न वा छुटप्राप्त गर्न लुम्बिनी वर्ल्डवाइड इन्कमा सम्पर्क गर्न सकिनेछ ।

त्यस्तै न्यून आय भएका २५ जनासम्मलाई निशुल्क ट्याक्स फाइल गरिदिने पनि रिजालले जानकारी दिए । खासगरी १० हजारसम्म आम्दानी भएका २५ जनासम्मको निशुल्क ट्याक्स फाइल गरिदिने उनले प्रष्ट पारे । न्यूद आम्दानी भएका नेपाली समुदायलाई थोरै भएपनि सहयोग होस् भन्ने उद्देश्यले यो अफर ल्याइएको उनले बताए ।

सामान्यतया डब्लु टुमार्फत १४ हजार ६ सयभन्दा कम आम्दानी भएकाले अमेरिकामा ट्याक्स फाइल गर्न अनिवार्य छैन । तर विज्ञहरुले विभिन्न खालका क्रेडिट र रिफण्डहरु प्राप्त गर्नका लागि उनीहरुलाई पनि ट्याक्स फाइल गर्न सुझाव दिएका छन् । त्यस्तै सोसल सेक्युरिटीमा ४० क्रेडिट पुर्याउन चाहने र स्वरोजगारबाट आम्दानी गरेकाहरुले पनि कम आम्दानी भएको खण्डमा समेत ट्याक्स फाइल गर्नुपर्छ ।

साथै लुम्बिनी वर्ल्डवाइड इन्कले फेबु्रअरी २८ सम्म ट्याक्स फाइलका लागि आउनेहरुलाई ५० प्रतिशत डिस्काउन्टमा ट्याक्स फाइल गरिदिने भएको छ । यो सुविधा डब्लु टु आम्दानीमात्र भएकाहरुलाई प्रदान गरिने भएको छ । अमेरिकाका सबै ५० राज्यमा बस्नेहरुको फाइल गर्ने, इमेलबाट कागजातहरु पठाउन सकिने, ट्रयाक्स फाइल गर्दा कागजात ड्रपअप पिकअप गर्न सकिने, ट्याक्स फाइल गर्न लामो समय प्रतिक्षा गर्न नपर्ने, सोही दिन नै इलेक्ट्रोनिक तरिकाले फाइल गरिने, उपयुक्त सबै प्रकारका ट्याक्स क्रेडिटहरु प्रयोग गरिने ट्याक्स तयारीकर्ता रिजालले जानकारी दिए ।

आफूहरुले व्यक्तिगत ट्याक्समात्र फाइल गर्ने साथै स्वरोजगार गर्नेहरुका पनि ट्याक्स फाइल गरिदिने उनले बताए । सातैदिन विहान ९ बजेदेखि बेलुका ७ बजेसम्म नेपाली भाषामा नै सेवा प्रदान गरिने भएकाले सहज तरिकाले सेवा लिन उनले सेवाग्राहीहरुलाई आग्रह समेत गरेका छन् ।





Source link

Leave a Comment