टोरन्टोमा बेपत्ता नेपाली विद्यार्थी प्रजलको खोजीमा सघाउन दूतावासपनि सकृय, परराष्ट्रलाई दिइयो जानकारी



प्रकाशित मिति : भाद्र ८, २०८१ शनिबार

टोरन्टोमा बेपत्ता नेपाली विद्यार्थी प्रजलको खोजीमा सघाउन दूतावासपनि सकृय, परराष्ट्रलाई दिइयो जानकारी

क्यानडाको टोरन्टोबाट बेपत्ता नेपाली विद्यार्थी २२ बर्षीय प्रजल कार्कीको खोजीमा सघाउन ओटावामा रहेको नेपाली दूतावासले पनि सकृयता देखाएको छ । परिवार र समुदायका तर्फबाट आएको अनुरोधपछि दूतावासका तर्फबाट टोरन्टो प्रहरीलाई औपचारिक पत्र लेख्दै कार्कीको खोजीमा तदारुकता देखाउन अनुरोध गरिएको छ ।

२ साता अघि क्यानडामा बेपत्ता कार्कीको अवस्था अझै अज्ञात रहेपछि परिवार र समुदायमा चिन्ता बढेको छ । आफूहरुले यसबारे परराष्ट्र मन्त्रालय काठमाडौंलाई पनि सुचित गरिसकेको दूतावासले जानकारी दिएको छ । प्रहरीलाई अनुरोध गरिएको, खोजी कार्य जारी रहेको र समुदायका तर्फबाट पनि खोजीमा प्रयास भइरहेको विवरणसहित परराष्ट्र मन्त्रालयलाई जानकारी दिइएको हो ।

परिवारका तर्फबाट सामाजिक सञ्जालमा गरिएको पोष्टमा कार्की अगस्त ८ देखि बेपत्ता भएको उल्लेख गरिएको छ । पातलो शरीर भएका उनको कालो कपाल रहेको र ५ दशमलव ५ फिट उचाई रहेको जनाइएको छ ।

टोरन्टोमा बेपत्ता नेपाली विद्यार्थी प्रजलको खोजीमा सघाउन दूतावासपनि सकृय, परराष्ट्रलाई दिइयो जानकारी

प्रजललाई अन्तिम पटक ओन्टारियो स्कारबोरोको वार्डन एभिन्यु र सेन्ट क्लेयर एभिन्यु ईष्ट वरपर देखिएको थियो । कसैसँग कुनै जानकारी भएका वा उनलाई देखेमा तुरुन्तै टोरन्टो पुलिसलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

उनी अध्ययनका लागि क्यानडा आएको जनाइएको छ । दुई वर्षअघि क्यानडा आएका उनी टोरन्टो क्षेत्रको एउटा कलेजमा अध्ययनरत छन् । उनको स्थायी घर नेपालमा झापा रहेको जनाइएको छ ।

साथीहरुसँग बस्दै आएका उनको बेपत्ता हुनु केहीदिन अगाडिसम्म परिवारसँग सम्पर्क भइरहेको जनाइएको छ । घरबाट बुबा बिरामी भएको जानकारी दिदै घरमा आउन आग्रह गरेको केहीदिनपछि उनी सम्पर्कविहिन भएका हुन् ।





Source link

Leave a Comment