टेक्सासमा १९ बर्षका नेपाली विद्यार्थीको मोटरसाइकल दुर्घटनामा निधन



प्रकाशित मिति : चैत्र १३, २०८१ बुधबार

टेक्सासमा १९ बर्षका नेपाली विद्यार्थीको मोटरसाइकल दुर्घटनामा निधन

टेक्सासमा भएको मोटरसाइकल दुर्घटनामा नेपाली विद्यार्थी १९ बर्षीय इप्सन भट्टको निधन भएको छ । शनिबार बेलुका टेक्सास सान मार्कोसको सेवेल पार्क नजिकै भएको दुर्घटनामा गोरखा स्थायी घर भएका भट्टको निधन भएको त्यहाँबाट कैलाश हिराचनले खसोखासलाई जानकारी दिएका छन् ।

मोटरसाइकलमा अर्का एकजना भारतीय मूलका व्यक्ति समेत थिए, तर मोटरसाइकल कस्ले चलाएको थियो भन्नेबारे केही खुलेको छैन । सुरुमा ब्रेन डेड भएको भन्दै आइसीयुमा राखिएपनि अस्पतालले उनलाई मृत घोषणा गरिसकेको छ । उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।

क्याम्पसबाट काम सकेर घर फर्कने क्रममा उनी सवार मोटरसाइकल सडकमा अर्को गाडीमा ठोक्किएको थियो । त्यसपछि उनलाई एसेन्सन सेटन हेज अस्पताल लगिएको थियो ।

टेक्सासमा १९ बर्षका नेपाली विद्यार्थीको मोटरसाइकल दुर्घटनामा निधन

टेक्सासमा १९ बर्षका नेपाली विद्यार्थीको मोटरसाइकल दुर्घटनामा निधन

टेक्सासमा १९ बर्षका नेपाली विद्यार्थीको मोटरसाइकल दुर्घटनामा निधन

युनिभर्सिटी अफ टेक्सासमा अध्ययनरत उनी झण्डै १५ महिना अगाडिमात्र अमेरिका आएको जनाइएको छ । युनिभर्सिटी अफ टेक्सासले नै भट्टको शव नेपाल पठाउन बन्दोबस्त गर्ने जानकारी दिएको हिराचनले बताए ।

एनआरएन टेक्सास च्याप्टरले सुरु गरेको गोफण्डमीमा यो समाचार तयार पार्दासम्म ४२ हजार डलर संकलन भइसकेको छ । उनी एफवान भिसामा अमेरिका आएका थिए । शव नेपाल पठाउन युनिभर्सिटीले नै सहयोग गर्ने भएका कारण संकलित रकम पारिवारिक सहयोगका लागि प्रदान गरिने भएको छ ।

उनका साथीभाइ र परिवारले उनी मेहनती, मायालु र महत्वाकांक्षी रहेको बताएका छन् । समुदाय र साथीहरुले उनीप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्ति गरिरहेका छन् ।

 

टेक्सासमा १९ बर्षका नेपाली विद्यार्थीको मोटरसाइकल दुर्घटनामा निधन





Source link

Leave a Comment