टेक्सासमा ललित प्रधानले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक खुलासा



प्रकाशित मिति : श्रावण २६, २०८२ सोमबार

टेक्सासमा ललित प्रधानले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक खुलासा

टेक्सासको डलासमा एक घरमा भएको गोली प्रहारको त्रासदीपूर्ण घटनामा ५३ वर्षीय ललित प्रधान, उनकी श्रीमती र छोराको मृत्यु भएको छ। डलास प्रहरीका अनुसार डडली स्ट्रिटको १९०० ब्लकमा रहेको घरमा बिहान २ बजेर १० मिनेटतिर यो घटना भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ललित प्रधानले आफ्नी ३७ वर्षीया श्रीमती रञ्जना श्रेष्ठ र ३ वर्षीय छोरा प्रणिश प्रधानलाई गोली प्रहार गरेको खुलेको छ। त्यसपछि प्रहरी घटनास्थलमा पुग्दा प्रधान आफैँ गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनको शरीरमा गोलीका चोटहरू पनि थिए। उनलाई तत्काल नजिकैको अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भयो। रञ्जना र प्रणिशको भने घटनास्थलमै मृत्यु भएको थियो।

टेक्सासमा ललित प्रधानले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक खुलासा

घटना हुनु केही घण्टाअघि ललित प्रधानले सामाजिक सञ्जालमा एउटा हस्तलिखित पत्र पोस्ट गरेका थिए। उक्त पत्रमा उनले सन् २००९ देखि नै आफू पेटसम्बन्धी गम्भीर पीडाबाट गुज्रिरहेको उल्लेख गरेका छन्। लामो समयसम्म उपचार गराउँदा पनि रोग निको नभएको र औषधिहरूले काम नगरेको उनले लेखेका छन्।

प्रधानले आफ्नो पत्रमा स्वास्थ्य समस्याका कारण आफूलाई दीर्घकालीन अनिद्रा र गम्भीर डिप्रेशन जस्ता मानसिक समस्याले सताएको बताएका छन्। उपचार खर्चका कारण परिवारको सबै बचत सकिएको र मेडिकेड वा सामाजिक सुरक्षा लाभका लागि दिएका दुईवटै निवेदन अस्वीकृत भएको पनि उल्लेख गरेका छन्। प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।





Source link

Leave a Comment