टेक्सासको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ८२ पुग्यो, ४१ जना अझै बेपत्ता



प्रकाशित मिति : असार २२, २०८२ आईतबार


अमेरिकाको टेक्सासमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ८२ पुगेको छ । मृतक मध्ये २८ जना बालबालिका रहेका छन । बाढीमा परेर ४१ जना अझै बेपत्ता रहेका छन । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन ।

केन्द्रीय टेक्सासमा शुक्रबार बिहान भीषण बाढीपछि कम्तीमा ८२ जनाको ज्यान गएको पुष्टि भएको र अझै ४१ जना बेपत्ता भएका हुन ।

सबैभन्दा धेरै ६८ जनाको मृत्यु केर काउन्टीमा भएको छ । जसमा २८ जना बालबालिका छन् । यहाँको ग्वाडालुपे नदीको किनारमा रहेको ख्रीष्टियन बालिकाहरूको शिविर ‘क्याम्प मिस्टिक’ बाढीले बगाउँदा यो भयावह अवस्था सिर्जना भएको हो । शिविरबाट १० बालिकाहरू र एक काउन्सलर अझै बेपत्ता छन्।

टेक्सासको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ८२ पुग्यो, ४१ जना अझै बेपत्ता

टेक्सासको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ८२ पुग्यो, ४१ जना अझै बेपत्ता

पुनः भारी वर्षा हुने पूर्वानुमानले उद्धार कार्यमा थप कठिनाइ आउने देखिएको छ । उद्धारकर्ताहरू अहिले दलदल र भग्नावशेषबाट मानिसहरूको खोजीमा सर्पजस्ता विषालु जनावरको समेत सामना गरिरहेका छन्।

बाढी आएको तीन दिनपछि टेक्सासको इतिहासमा सबैभन्दा ठूलो उद्धार अभियानमध्ये एक पुन स्थापना कार्यतर्फ उन्मुख हुँदैछ । केर काउन्टीमा फेला परेका १८ जना वयस्क र १० जना बालबालिकाको अझै औपचारिक रूपमा पहिचान भएको छैन ।

टेक्सासका गभर्नर ग्रेग एबटले हराएका सबै व्यक्तिहरू फेला नपार्दा सम्म खोज र उद्धार कार्य जारी रहने बताएका छन ।

https://www.youtube.com/watch?v=videoseries

क्याम्प मिस्टिक ग्वाडालुपे नदीको किनारमा रहेको चर्चित ग्रीष्मकालीन शिविर हो । यो बाढीबाट निकै क्षतिग्रस्त भएको छ। बाढी आउने बेला अधिकांश बालिकाहरू सुतिरहेको बताइएको छ।

क्याम्पका लामो समयदेखि निर्देशक रहेका रिचर्ड ‘डिक’ इस्टल्यान्डसहित थुप्रै बालबालिका यस बाढीमा ज्यान गुमाउनेमा परेका छन् ।

टेक्सासको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ८२ पुग्यो, ४१ जना अझै बेपत्ता

पूर्व नेभी सिल र उद्धार टोली ३०० जस्टिसका स्वयंसेवक ग्रेग फ्रोलिकका अनुसार क्याम्प मिस्टिकबाट आठ माइल तलसम्म बाढीले बगाएका शवहरू फेला परेको जानकारी प्राप्त भएको छ।

ग्वाडालुपे नदीको किनार हुँदै केरभिल शहरबाट क्याम्प मिस्टिक जाने दुई लेनको राजमार्गमा ठूलो क्षति पुगेको छ। घरहरू ध्वस्त छन्, रूखहरू ढलेका छन्, घरका सामानहरू आँगनमा छरिएका छन्, बारहरू भत्किएका छन्, र कतिपय स्थानमा बिजुलीका तारहरू लत्रिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केर काउन्टीका लागि ठूलो विपद् घोषणा गरेका छन् । जसले गर्दा संघीय आपतकालीन व्यवस्थापन एजेन्सी सक्रिय भएको छ । ट्रम्पले शुक्रबार टेक्सासको भ्रमण गर्ने सम्भावना रहेको बताएका छन् ।





Source link

Leave a Comment