टेक्सासको ड्यालसमा गुल्मेलीको सराय



प्रकाशित मिति : कार्तिक ५, २०८१ सोमबार

टेक्सासको ड्यालसमा गुल्मेलीको सराय

गुल्मीबाट टेक्सासको ड्यालस वरपर बस्ने गुल्मेलीहरुले दशैंको अवशरमा सराय नाँच प्रस्तुत गरेका छन्। दशैंमा गुल्मीका विभिन्न देवी मन्दिरहरुमा टिकाको दिनबाट पुर्णिमासम्म हुने सराय नाच पन्चेबाजा सहित आईतबार ड्यालासमा प्रस्तुत गरिएको हो ।

टेक्सासको ड्यालसमा गुल्मेलीको सराय

दिपक भण्डारी संयोजक रहेको गुल्मेली चौतारी टेक्सासले आयोजना गरेको कार्यक्रममा लगभग ६ सय जनाको सहभागिता रहेको थियो । गुल्मीका कोटहरुमा हुने सराय नाच र पट्टा नााच अमेरिकामा लाईभ पन्चेबाजा सहित प्रस्तुत हुँदा सहभागीहरुले आफ्नो पुख्यौली थलो सम्भिएका थिए ।

टेक्सासको ड्यालसमा गुल्मेलीको सराय

कार्यक्रममा सहभागी दोश्रो आप्रवासी पुस्ता र अन्य जिल्लामा मुल थलो भएकाहरुले पनि सराय तथा पट्टा नाचलाई चासोका साथ हेरेका थिए । गुल्मीका बिभिन्न ऐतिहासीक तथा धार्मिक स्थलहरुको फोटो प्रदर्शनी, भजन, गुल्मी जिल्लाको क्षेत्र नम्बर १ र २ का पुरुषबीच डोरी तान्ने खेल, महिलाको तातो आलु, बाल बच्चाको नृत्य लगायतका कार्यक्रम गरिएको थियो ।

टेक्सासको ड्यालसमा गुल्मेलीको सराय

कार्यक्रमको संचालन सूर्य थापाले गरेका थिए । ड्यालसमा पन्चेबाजा समुह नै निर्माण गरेका गुल्मेली हरी थापाको नेृतृत्वमा सांस्कृतिक ब्यवस्थापन भएको थियो । कार्यक्रममा सहभागीलाई नारायण क्षेत्री, घनश्याम पोखरेल, सागर अर्याल, केशब ज्ञवाली लगायतको समुहले कार्यक्रम स्थलमै निशुल्क बनभोज गराएको थियो ।





Source link

Leave a Comment