0 विदेश नगए पनि मुलुकमै बसेर अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न चाहने दक्षिण एसियाली विद्यार्थीको आकांक्षाको खाडललाई यूके टीएनई (ट्रान्सनेसनल एजुकेसन यूके)ले कसरी पूरा गरेको छ ?
– हालै युनेस्कोले जारी गरेको एउटा तथ्यांकअनुसार, बंगलादेश, भारत, नेपाल, पाकिस्तान, श्रीलंकालगायत दक्षिण एसियाबाट विदेशमा शिक्षाका लागि जाने विद्यार्थीहरूको मनग्य वृद्धि भएको देखिएको छ । यस किसिमको रुझानले अन्तर्राष्ट्रिय डिग्री वा योग्यताको माग कति धेरै छ भन्ने देखाउँछ । खासगरी विश्वका प्रमुख विश्वविद्यालयले गुणस्तरीय शिक्षा, विश्वव्यापी सञ्जालमा पहुँच र अन्तरसांस्कृतिक दक्षताको विकास गराउने हेतुले शिक्षा दिन्छन् र त्यसले राम्रो रोजगारीको सम्भावना सिर्जना गर्छ । दक्षिण एसियाली क्षेत्रमा कयौं कारणले विदेशमा अध्ययन गर्ने अवसर सम्भव नहुन सक्छ । तर, तिनको विकल्प दिनसके विद्यार्थीले आफ्नै मुलुकमा बसेर अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा र योग्यता हासिल गर्न इच्छुक छन् र त्यसलाई स्वागत गर्नेछन् भन्ने हाम्रो अनुसन्धानले देखाएको छ । टीएनईले ठ्याक्कै त्यही गर्छ ।
आफ्नो देशभित्रका विद्यार्थीहरूलाई शैक्षिक अवसरहरू प्रदान गर्ने एउटा शक्तिशाली टुल वा उपकरणका रूपमा यसले उभ्याएको छ । उच्च गुणस्तर, आर्थिक क्षमताले भ्याएसम्मको र संसारभर काम लाग्ने पाठ्यक्रमसहित अन्तर्राष्ट्रिय योग्यता टीएनईले प्रदान गर्छ । सरल शब्दमा भन्नुपर्दा टीएनई शिक्षालाई सीमापार विस्तार गर्नु हो । यसले शाब्दिक रूपमा शिक्षालाई ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षा’को भावनालाई मूर्तरूप दिन्छ । यो विभिन्न रूपमा दिन सकिन्छ । चाहे त्यो दूरशिक्षाबाट होस्, चाहे त्यो अनलाइनमार्फत दिइयोस्, फ्रेन्चाइजीका माध्यम होस् या भ्यालिडेसन मोडल (प्रमाणीकरण मोडल) अथवा अन्तर्राष्ट्रिय शाखा क्याम्पसहरूमार्फत नै किन नहोस् † यस अर्थमा टीएनईले सिकाइ गति, स्थान र पाठ्यक्रम डेलिभरी विधिहरूको सन्दर्भमा लचिलो मोडल दिने गर्छ । यसले विद्यार्थीहरूलाई तिनको अध्ययन व्यक्तिगत वा व्यावसायिक प्रतिबद्धतालाई सन्तुलित राख्दै पूरा गर्न दिन्छ । बेलायतले संसारभर सबैभन्दा बढी ट्रान्सनेसनल एजुकेसन उपलब्ध गराउँछ । सन् २०२२–२३ मा मात्र उसले संसारभरका ५ लाख ७१ हजार विद्यार्थीलाई बेलायती उच्च शिक्षा कार्यक्रममा संलग्न गराएको थियो । यसका लागि १ सय ७२ वटा विभिन्न उच्च शिक्षा संस्थाहरूले भूमिका खेलिरहेका थिए ।
पछिल्लो समय टीएनई अझ विस्तार हुँदै गएको छ । यसका ’boutमा धेरैलाई जानकारी छैन । खासगरी अभिभावक तथा विद्यार्थीहरू स्वदेशमै बसेर विश्वकै गुणस्तरीय शिक्षा लिन सकिन्छ भन्ने’bout बेखबर छन् । अभिभावक तथा विद्यार्थीहरूलाई यसका ’boutमा जानकारी नभएको कुरा हामीले भारतमा सरोकारवालाहरूसँगको परामर्शका क्रममा थाहा पाएका थियौं । बेलायतमा अध्ययन गरिरहेका विद्यार्थीहरूको संख्याको तुलनामा भारतमै बेलायती शिक्षा लिइरहेका विद्यार्थीहरू १० गुणा बढी रहेको हामीले थाहा पाएका थियौं । हुन त यूके टीएनईमा देखिएको हालैको वृद्धिले हामीलाई २० शीर्ष साझेदारका रूपमा उभ्याएको छ । भनाइको अर्थ, बेलायती उच्च शिक्षा प्राप्त गर्ने दक्षिण एसियालीहरूको तथ्यांक सन् २०२२÷२३ मा ९७ हजार २ सय ७० भन्दा बढी थियो । जुन यूके टीएनईमार्फत शिक्षा हासिल गरिरहेका थिए । यो एसियाको टीएनई विद्यार्थीहरूको लगभग ५० प्रतिशत हो । यसको अर्थ दक्षिण एसियामा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय योग्यतालाई व्यापक र खुला हृदयले स्वागत गरिरहेका छन् । यसका अतिरिक्त विभिन्न मुलुकका सरकारहरूले पनि आफ्नो घरेलु शिक्षाको गुणस्तर र श्रेणी सुधार गर्ने तथा उच्च शिक्षाको प्रावधानलाई अन्तर्राष्ट्रियकरण गर्ने माध्यमका रूपमा टीएनईलाई अँगालिरहेका छन् । उदाहरणका लागि भारत सरकारले आवश्यक सर्तहरू पूरा गरेका विदेशी उच्च शिक्षा संस्थाहरूसँग शैक्षिक सहकार्यका लागि स्वचालित स्वीकृतिहरू लागू गरेको छ । त्यस्तै, विदेशी विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय आंगिक क्याम्पसहरू स्थापना र सञ्चालन गर्न अनुमति दिइएको छ । टीएनईको यस किसिमको इज्जतले उच्च शिक्षा क्षेत्रमा यसले ल्याउने महत्वपूर्ण फाइदा र स्थानीय सरकारले आफ्नो राष्ट्रिय प्राथमिकताहरूतर्फ अघि बढ्न त्यस्ता अवसरहरूलाई गज्जबले उपयोग गर्न सक्छ भन्ने उजागर गर्छ ।
० दक्षिण एसियामा उच्च शिक्षा संस्थाको सीमित क्षमतालाई सम्बोधन गर्न टीएनईले कस्तो भूमिका खेल्छ ?
– दक्षिण एसियामा १ दशमलव ९ अर्ब जनसंख्यामध्ये आधा हिस्सा ३० वर्षभन्दा कम उमेरका छन् । आगामी दिनमा ५ देखि १० वर्षसम्म युवाको संख्या अझ बढ्ने देखिन्छ । यसले विश्वविद्यालयमा विद्यार्थीको चाप बढ्ने देखिन्छ । उच्च शिक्षाको माग अहिल्यै उच्च अवस्थामा छ भने भविष्यमा त झन् दक्षिण एसियाली मुलुकहरूका लागि यो ठूलो चुनौती नै बन्नेछ । श्रीलंकाका विश्वविद्यालयमा ४४ हजार सिट छन् तर माग संख्या भने १ लाख ७१ हजार छ । भारतमा अहिले ४ करोड ३० लाख विद्यार्थी उच्च शिक्षा लिइरहेका छन् । भविष्यमा यो संख्या बढ्नेछ र त्यसका लागि भारतीय विश्वविद्यालयहरूले आफ्नो सिटसंख्या दोब्बर बढाउनुपर्ने देखिन्छ ।
यसका अतिरिक्त विश्वविद्यालयको अर्को महत्वपूर्ण चुनौती नै गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षमता हो । अहिलेको भूमण्डलीकृत अन्तरसम्बन्धित संसारमा आवश्यक ज्ञान र सीप प्रदान गर्न सकियोस् । उदाहरणका लागि, विद्यार्थी र रोजगार बजारलाई आवश्यक पर्ने बहुविधायुक्त शिक्षा र पाठ्यक्रमको प्रायः अभाव हुनु । विद्यार्थीहरूलाई अधिकांशतः अलगथलग किसिमको र परम्परागत क्षेत्रका तालिम दिइन्छ । यसले गर्दा आलोचनात्मक रूपमा सोच्ने र बहुविधागत जटिल तथा वास्तविक विश्व समस्याहरू समाधान गर्ने उनीहरूको क्षमतालाई सीमित गर्न सक्छ ।
यसका अतिरिक्त अनुसन्धानको क्षमता र शोध दक्षताको विकास पनि अर्को चासोको क्षेत्र हो । विश्वविद्यालयहरूका लागि शोध विभागको अभाव छ, संकाय र विद्यार्थीहरूका लागि अपर्याप्त प्रशिक्षण छन् । त्यस्तै, अन्तर्राष्ट्रिय अनुसन्धान सञ्जालहरूमा पहुँच सीमित छ । यस किसिमका संघर्षले शिक्षाको गुणस्तरलाई मात्र असर पु¥याउँदैन, विद्यार्थीहरूको विश्वव्यापी इनोभेसन (नवप्रवर्तन) र आफ्नो क्षेत्रमा प्रगतिका बाधक पनि बन्न पुग्छन् । यस्तो अवस्थामा विद्यार्थीहरूमा सीमित सीपसहित स्नातक हुन पुग्छन् । जसका कारण विश्वव्यापी रोजगारी बजारमा उनीहरूको प्रतिस्पर्धात्मक क्षमता घट्न पुग्छ ।त्यति मात्र होइन विश्वविद्यालय र उद्योगहरूबीचको सम्बन्ध प्रायः कमजोर बन्न पुग्छ । धेरैजसो अवस्थामा, विद्यार्थीहरू व्यावहारिक अनुभव अथवा उद्योगको आवश्यकता के हो भन्ने बुझाइबिना नै स्नातक बन्न पुग्छन् । यसले उनीहरू रोजगारयोग्य हुनबाट वञ्चित हुन पुग्छन् । उदाहरणका लागि विश्वविद्यालयहरूमा विद्यार्थीहरूलाई इन्टर्नसिप, वर्क प्लेसमेन्ट (जागिर) वा वास्तविक संसारका चुनौती सामना गर्ने क्षमताको अभावमा एउटा ठूलो खाडल बन्न पुग्छ । शिक्षा र उद्योगबीचको यस खाडलको अर्थ स्नातकहरू सहज रूपमा वर्कफोस (कामदार)का रूपमा सहज रूपमा रूपान्तरण गर्न गाह्रो हुन्छ । त्यो कमी पूरा गर्न थप जागिरे तालिम र सिकाइ (अन–द–जब लर्निङ) चाहिने हुन्छ ।
बेलायती विश्वविद्यालयहरू यी सबै आवश्यकता पूर्ति गर्न प्रख्यात छन् । त्यसैले पनि ती विश्वविद्यालय संसारका शीर्ष विश्वविद्यालयका सूचीमा पर्ने गरेका हुन् । टीएनईमार्फत अन्तर्राष्ट्रिय उच्च शिक्षा संस्थाहरूसँगको सहकार्यमार्फत ती शक्तिलाई दक्षिण एसियाली विश्वविद्यालयमा एकीकृत गर्न सकिन्छ । यसले हालका समस्याहरूलाई समाधान गर्न सहयोग पुग्छ भन्ने मलाई लाग्छ । टीएनईले अनुकूलता र शैक्षिक कार्यक्रमहरूलाई अनुकूल बनाउने क्षमता दिन्छ । यसले विश्वव्यापी विशेषज्ञतालाई माटो सुहाउँदो पाठ्यक्रमको विकासलाई सहज बनाउँछ । यस दृष्टिकोणले बहुविषय शिक्षाका तर्फमा काम गर्न, अनुसन्धान क्षमताहरू बढाउन र उद्योगसँगको सम्बन्ध सुदृढ पार्न सक्छ । यसले शिक्षाको समग्र गुणस्तरमा सुधार ल्याउन र दक्षिण एसियामा रहेका ग्राजुएटहरूको रोजगारी क्षमता बढाउन सक्छ भन्ने मलाई लाग्छ । तसर्थ, यूके टीएनईले संस्थागत स्तर र गुणस्तर मापदण्ड दुवैमा स्थानीय प्रणालीहरूको क्षमता विकास गर्न सहयोग गर्न सक्छ । यसले स्थानीय प्रणालीलाई बलियो बनाउनेछ भने सर्वसाधारणको उच्च शिक्षामा पहुँचको दबाब कम गर्दै गुणस्तरीय विकल्पहरू दिन सक्षम बनाउनेछ ।
० दिगो विकास लक्ष्य एसडीजी सस्टेनेबल डेभलपमेन्ट (गोल) मा टीएनईले कसरी योगदान पु-याउँछ ?
– ब्रिटिस काउन्सिलको ‘भ्यालु अफ टीएनई पाटनरसीप रिपोर्ट २०२२’ ले टीएनई साझेदारहरूसँग मिली दिगो विकासको लक्ष्यहरू प्राप्त गर्न बहुतै ठूलो भूमिका खेलेको देखाएको छ । विश्वभरिका धेरै सरोकारवालाले उनीहरूको साझेदारीले गुणस्तरीय शिक्षामा पहुँच पु¥याएको रिपोर्टमा बताएका छन् । यसले राम्रो काम र आर्थिक वृद्धिमा प्रभाव पारेको छ भने असमानता पनि घटेको देखाएको छ ।
शैक्षिक पहुँच र समानता
टीएनईले सीमापार विविध सिकाइका अवसरहरू प्रदान गरेको छ र यसले गुणस्तरीय शिक्षामा फराकिलो पहुँच बनाएको छ । यो दृष्टिकोण खासगरी निश्चित शैक्षिक कार्यक्रम वा सीमित स्रोत साधन भएका क्षेत्रका विद्यार्थीका लागि लाभदायक देखिएको छ । उदाहरण भन्ने हो भने टीएनई साझेदारीमार्फत विद्यार्थीहरूले स्थानान्तरण नगरी अन्तर्राष्ट्रिय संस्थाहरूले प्रस्ताव गरेका कार्यक्रमहरूमा भर्ना हुन सक्छन् । यसमा भौगोलिक र वित्तीय अवरोध पनि हुनेछैन । यस्तो पहुँचले शिक्षामा असमानता कम गर्ने दिगो विकासको लक्ष्यप्रति गरिएको प्रतिबद्धतालाई समेत सहयोग गर्नेछ ।
शिक्षामा गुणस्तर र सान्दर्भिकता प्रवर्धन
टीएनईमार्फत संस्थाहरूबीच हुने सहकार्यले पाठ्यक्रमहरू अद्यावधिक र विश्वव्यापी मापदण्डअनकूल बनाउनुका साथै स्थानीय आवश्यकतासँग मेल खाने बनाउन सुनिश्चित गर्छ । यस्ता साझेदारीले शिक्षाको समग्र गुणस्तर बढाउँदै उत्कृष्ट अभ्यास, अनुसन्धान र शिक्षण विधिहरू साटासाट गर्न सहज बनाउँछ । उदाहरणका लागि ब्रिटिस काउन्सिलले गरेको पहलका कारण उच्चशिक्षालाई अन्तर्राष्ट्रियस्तरको र स्थानीय रूपमा सान्दर्भिक कार्यक्रमहरू बनाउन भूमिका खेलेको छ । यसले शैक्षिक नतिजा सुधार गरेको छ ।
जीवनभर सिकाइ र सीप विकासमा सहयोग
टीएनई मोडलहरूमा प्रायः अनलाइन कोर्स र आंशिक अध्ययनजस्ता लचिला सिकाइका विकल्पहरू हुन्छन् । यसले काम गर्ने पेसेवर र अन्य काममा व्यस्त भएकाहरूलाई पनि यसमा सहभागी हुन सहज हुन्छ । यस्तो लचिलोपनले जीवनभर सिकाइ र निरन्तर सीप विकासमा योगदान गर्छ । यसले परिवर्तनशील रोजगार बजार र सामाजिक आवश्यकताअनुरूप अनुकूलन गर्न सघाउँछ । यो आवश्यक पनि हुन्छ । विभिन्न सिकाइ शैली र तालिकाहरू पूरा गर्ने कार्यक्रमहरू प्रस्तुत गरेर टीएनईले सबैका लागि जीवनभर सिकाइका अवसरहरू प्रवर्धन गर्ने दिगो विकासको लक्ष्यलाई पनि सघाइरहेको हुन्छ ।
अन्तर्राष्ट्रिय सहकार्य र ज्ञान आदानप्रदानमा सहजीकरण
टीएनईले ज्ञान, अनुसन्धान र स्रोतसाधन आदानप्रदानमार्फत शैक्षिक गुणस्तर बढाउने अन्तर्राष्ट्रिय साझेदारीलाई बढाउँछ । यी सहकार्यले विश्वव्यापी चुनौती र स्थानीय प्राथमिकतालाई सम्बोधन गर्ने नयाँ कार्यक्रम विकास गर्न भूमिका खेल्छ । यसले शिक्षा प्रणालीलाई उत्तरदायी र अनुकूलनयुक्त बनाउँछ । यस्तो अन्तर्राष्ट्रिय सहयोग अपांगता र लैंगिक संवेदनशील शैक्षिक सुविधाहरूको निर्माण र स्तरोन्नतिमा दिगो विकास लक्ष्यले दिएको जोडसँग मेल खान्छ ।
० दक्ष स्नातकले कसरी विदेशमा दीर्घकालीन रोजगारी खोज्नुको साटो आफ्नै देशमा योगदान पु¥याउन टीएनईले ‘ब्रेन सर्कुलेसन’ सहज बनाउँछ ?
– दक्षिण एसियाली देशहरूका लागि ‘ब्रेन ड्रेन’ एउटा ठूलो चुनौती हो । ब्रेन ड्रेनका कारण बढ्दो अर्थतन्त्र भएका देशका लागि आवश्यक दक्ष, विश्वव्यापी प्रतिस्पर्धी क्षमतावान् व्यक्तिहरूको पलायन रोक्छ । राम्रो अवसरको खोजीमा दक्ष व्यक्ति विदेश पलायन हुँदा देश विकासमा असर परिरहेको हुन्छ । सन् २०२१ को एउटा तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष पाँचमध्ये एक युवा शिक्षाका लागि विदेश जाने गरेका छन् । यो बढ्दो युवा जनसंख्या, प्रभाव र मध्यमवर्गमा वृद्धिसँगै अझ बढ्ने अनुमान गरिएको छ ।
विज्ञहरूका अनुसार टीएनई कार्यक्रमहरूका कारण आफ्नै देशमा प्रतिभालाई राख्ने एउटा कुशल रणनीति हुनसक्छ । यसले विद्यार्थीहरूले स्थानीय रूपमै विश्वव्यापी पाठ्यक्रम अध्ययन गर्ने अवसर प्रदान गर्छ । त्यसो त ब्रेन ड्रेन रोक्ने टीएनई मात्र समाधान होइन । टीएनई प्रस्तावको सम्भावनालाई अघि बढाउन यसलाई स्थानीय सीप, विकास आवश्यकता र स्थानीय अर्थतन्त्रको मागसँग मिल्दोजुल्दो गरी सावधानीपूर्वक डिजाइन गरिनुपर्छ । ताकि ब्रेन ड्रेनको सम्भावना नहोस् ।
केही अध्ययनका अनुसार टीएनई कार्यक्रमहरू विशेषगरी अन्तर्राष्ट्रिय र स्थानीय संसथाहरूबीचको साझेदारी समावेश गर्नेहरूले स्थानीय शैक्षिक पूर्वाधार र मानव पुँजी विकासमा प्रमुख भूमिका खेल्छन् । उदाहरणका लागि युरोपमा बेलायती टीएनई कार्यक्रमहरूलाई ज्ञान हस्तान्तरण र विस्तारमा सहज बनाएर स्थानीय विकासमा योगदान पु¥याउने पक्षका रूपमा लिइन्छ । यी कार्यक्रममा संलग्न विद्यार्थीहरूले प्रायः आफ्नो जीवन नै परिवर्तन गरेको बताउने गरेका छन् । यसले उनीहरूको सीप र दक्षता बढाएका छन् र तिनले यसलाई आफ्नो देशमा लागू गर्न सक्छन् ।
अर्को एउटा अध्ययनअनुसार, टीएनईले राष्ट्रिय सीमा पार गर्ने विश्वव्यापी व्यावसायिक सञ्जाल निर्माण गराउँछ । यी सञ्जालले देशहरूबीच विचार प्रवाह, अनुसन्धान सहकार्य र व्यावसायिक उद्यमहरूलाई सहज बनाउँछन् । यी अन्तर्राष्ट्रिय सम्बन्धहरूले प्राप्त गर्ने देशहरूको ज्ञानको आधार र नवप्रवर्तन क्षमतालाई सुदृढ पार्न सहयोग गर्न सक्छन् ।
सशक्त टीएनई साझेदारीले अनुसन्धान र नवप्रवर्तनलाई पनि सघाउँछ । यसले आयोजक देशलाई अत्याधुनिक ज्ञानमा पहुँच दिएर फाइदा पु¥याउँछ । उदाहरणका रूपमा, बेलायतले उद्यमी र शोधकर्ताहरूबीच सहकार्य गराई टीएनई कार्यक्रमहरूको विकासमा सघाउन सक्छन् । यसले आयोजक देशमा उच्च दक्ष कामदार बनाउन र आफ्नै देशभित्र सशक्त रोजगारीका अवसर विस्तार गर्न मद्दत गर्न सक्छ । यसबाहेक पनि टीएनई कार्यक्रमहरूले विद्यार्थीहरूलाई उन्नत ज्ञान र अनुसन्धानसँग जोडेर स्थानीय रूपमा नवप्रवर्तन र परिवर्तनमा अघि बढाउन उपकरणहरूले सुसज्जित गरी उद्यमशीलता सीप विकासमा सघाउन सक्छ ।
यसरी टीएनईले दिगो र समतामूलक साझेदारी बढाउन, पारस्परिक लाभदायक परिणाम हासिल गर्न शक्तिशाली उपकरणका रूपमा काम गर्न सक्छ । विद्यार्थीहरूलाई उनीहरूको आफ्नै देशमा बसी आफ्नै समाज र अर्थतन्त्रमा योगदान पु¥याउन सक्षम बनाएर टीएनईले दीर्घकालीन विकासलाई बढावा दिँदै ब्रेन ड्रेन रोक्न काम गर्न सक्छ ।
० भारत र श्रीलंकाजस्ता देशमा हालैका सरकारी सुधारले टीएनई परिदृश्यलाई कसरी आकार दिइरहेका छन् र विदेशी संस्था साझेदारीलाई कसरी प्रभाव पारिरहेका छन् त ?
– पछिल्लो समय दक्षिण एसियाली मुलुकहरूले उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने, सहकार्यबाट घरेलु संस्थाको क्षमता अभिवृद्धि गर्न र बढ्दो युवा जनसंख्यालाई उच्च गुणस्तरको शिक्षामा पहुँच विस्तार गर्ने आफ्नो महत्वाकांक्षालाई सघाउने टीएनईको मूल्य र सम्भावनालाई बुझ्न थालेका छन् । सन् २०२० मा भारतले जारी गरेको राष्ट्रिय शिक्षा नीतिबाट प्रस्ट भएको छ । यसले विशेषज्ञता र नवीनतालाई अघि बढाउन र भारतलाई विश्व गुरु र विश्वको शिक्षा केन्द्रका रूपमा रूपान्तरण गर्न उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणमा जोड दिने भनी प्रस्ट उल्लेख गरेको छ । यस एजेन्डाले विश्वविद्यालय अनुदान आयोगको नयाँ नियमन, यसको घरेलु नियामकले जुम्ल्याहा, दोहोरो र संयुक्त डिग्रीमार्फत शीर्ष हजार विश्व वरीयतामा पर्ने विदेशी संस्थाहरूसँग शैक्षिक सहकार्यलाई प्रवर्धन गर्ने बताएको छ । साथै, समग्र विश्व वरीयतामा शीर्ष ५ सयमा रहेका विदेशी संस्थाहरूलाई भारतमा आफ्नो आंगिक क्याम्पस खोल्न र सञ्चालन गर्न आमन्त्रित गरेपछि गति लिएको छ । यस वर्ष सञ्चालन सुरु गर्ने पहिलो बेलायतको विश्वविद्यालय साउथह्याम्प्टन थियो । धेरै बेलायत विश्वविद्यालयहरू संसारका विभिन्न ठाउँमा आफूलाई लैजान इच्छुक छन् । यसले उनीहरूले स्थानीय रूपमा सहकार्यको अवसरहरूको फाइदा उठाउन तयार देखिएका छन् ।
भारतको पहिलो आर्थिक तथा व्यावसायिक केन्द्रका रूपमा परिचित गिफ्ट सिटी त आईबीसीहरू र अपसोर शिक्षा केन्द्रका लागि गज्जबको नमुना बनेको छ । यहाँ विश्वका शीर्ष ५ सय विदेशी विश्वविद्यालयहरूले नाफा लैजान पाउने व्यावसायिक प्राथमिकताहरूसँग मिल्दोजुल्दो विशेष पाठ्यक्रमहरू प्रदान गर्न सक्छन् । यसका अतिरिक्त, राज्य सरकारहरूले स्वदेशी तथा विदेशी दुवै विद्यार्थी आकर्षित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय योग्यता प्रदान गर्ने शैक्षिक सहर निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखेका छन् । भारत सरकारले २०४७ सालसम्म ५ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनका लागि आकर्षित गर्ने लक्ष्य राखेको छ । यसले विश्वव्यापी उच्च शिक्षामा आफ्नो भूमिका विस्तार गर्ने भारतको बलियो प्रतिबद्धतालाई संकेत गरेको छ ।
यसका साथै, भारतले संसारभर १४ वटा आईबीसीहरू स्थापना गरेर टीएनई प्रदायकका रूपमा आफ्नो स्थिति बलियो बनाउँदै छ । एउटा निजी भारतीय विश्वविद्यालयले सन् २००० मा पहिलो विदेशी आईबीसी स्थापना गरेको थियो । यो प्रयासलाई सरकारले औपचारिक रूप दिइरहेको छ । भारतकै प्रख्यात संस्थान आईआईटीले विदेशमा थप भारतीय आईबीसीहरूलाई प्रवर्धन गर्न सहजीकरण गरिरहेको छ । आईआईटी मद्रासले हालै तान्जानिया र अबुधावीमा शाखा क्याम्पसहरू सञ्चालन गरिसकेको छ ।
दक्षिण एसियामा सबैभन्दा बढी बेलायती टीएनई नम्बर भएको श्रीलंका अन्तर्राष्ट्रिय योग्यता प्रदान गर्ने बलियो सहयोगी देखिएको छ । केही स्थानीय साझेदारले आफ्नो क्षमता बढाएर डिग्री प्रदान गर्ने संस्थाहरूमा रूपान्तरण गरेर फाइदा उठाइसकेका छन् । स्टेट युनिभर्सिटीहरूमा उच्च शिक्षाका लागि ठूलो मागको परिदृश्य र निजी उच्च शिक्षा क्षेत्रका लागि सीमित नियमनहरूका कारण टीएनई फस्टाउने बाटो दिएको छ । यद्यपि, यसले निजी संस्थाहरूका लागि टीएनईका लागि प्रस्ट कानुनी रूपरेखाबिना परिवर्तनशील बुझाइ र गुणस्तरको चिन्ता पनि थुपारेको छ । सरकारले हाल निजी क्षेत्रको शिक्षा विधेयक ल्याउने योजना छ । यसले यस क्षेत्रभित्र स्पष्टता र स्थिरता सुनिश्चित गर्नेछ भने उच्च गुणस्तरको टीएनई प्रावधानलाई अझ बढाउने मेरो विश्वास छ ।
साथसाथै के पनि हो भने श्रीलंकाले पोर्ट सिटी कोलम्बोजस्ता पहलमार्फत आईबीसीहरूको स्थापनालाई प्रोत्साहन गर्दै आएको छ । यो शिक्षा क्षेत्रसहित विदेशी लगानी आकर्षित गर्न डिजाइन गरिएको नयाँ आर्थिक क्षेत्र हो । अस्ट्रेलिया र भारतजस्ता देशहरूसँग टीएनई सहकार्यमा संलग्न हुने सरकारको प्रयासले श्रीलंकालाई अन्तर्राष्ट्रिय शिक्षा केन्द्रका रूपमा स्थापित गर्न प्रतिबद्ध बनाएको देखिन्छ । अन्तर्राष्ट्रिय सहकार्यलाई बढावा दिएर र विदेशी संस्थाहरूलाई आंगिक क्याम्पस स्थापनामा प्रोत्साहित गरेर ती देशले उच्च गुणस्तरको शिक्षामा पहुँच बढाउँदै छन् । आफ्नो घरेलु उच्च शिक्षा प्रणालीलाई पनि सुदृढ पारिरहेका छन् । यी सुधार अघिबढ्दै जाँदा भविष्यमा यस क्षेत्रमा हामीले अझ बढी गतिशील र बलियो टीएनई साझेदारीको अपेक्षा गर्न सक्छौं । र, यसले शिक्षाको भविष्यलाई आकार दिनेछ ।
(Visited 10 times, 1 visits today)
