टि-२० विश्वकप क्रिकेट : भारत ११९ रनमै अलआउट, पाकिस्तानलाई सजिलो लक्ष्य

टि-२० विश्वकप क्रिकेट : भारत ११९ रनमै अलआउट, पाकिस्तानलाई सजिलो लक्ष्य



प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार

आईसीसी टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई जीतको लागि १२० रनको लक्ष्य दिएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा उत्रेको भारतले १९ ओभरको खेलमा सबै विकेट गुमाउँदै अलआउट भयो।

भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाए । उनी बाहेक कुनै पनि ब्याट्सम्यानले २० रनको अंक पार गर्न सकेनन् । पूरा टोली १९ ओभरमा ११९ रनमा अलआउट भयो।

वर्षाका कारण ढिलो सुरु भएको यो खेलमा भारतले पावरप्लेमा २ विकेट गुमाएर ५० रन बनाएको थियो तर त्यसपछि १३ ओभरमा ६९ रन मात्रै बनाउन सकेको थियो ।

पाकिस्तानका नसिम शाहले ३ विकेट लिए । मो. आमिरले १५ औं ओभरमा ऋषभ पन्त र रविन्द्र जडेजाको विकेट लिएर भारतलाई ब्याकफुटमा धकेले।

 





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School