टि–ट्वान्टी क्रिकेट : ओमान बिरुद्ध नेपालको लगातार दोश्रो जीत

टि–ट्वान्टी क्रिकेट : ओमान बिरुद्ध नेपालको लगातार दोश्रो जीत



प्रकाशित मिति : आश्विन १६, २०८१ बुधबार

क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ ।

क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।

नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा १ सय १ रन जोड्दै अलआउट भयो ।

ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । यसअघि नेपालले सात विकेटको क्षतिमा एक सय ५७ रन जोड्यो ।

कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजमा ओमानलाई ५६ रनले हराएको हो ।

नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५७ रन बनाएको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए ।

टि–ट्वान्टी क्रिकेट : ओमान बिरुद्ध नेपालको लगातार दोश्रो जीत

ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए ।

नेपाल ४ खेलमा २ मा जीत र २ मा हारसहित ४ अङ्कका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ ।

क्यानडा ३ खेलमा २ मा जीत र १ मा हारसहित ४ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । क्यानडा ओमानसँग ८ विकेटले पराजित भएको थियो । ओमान १ मा जीत र २ मा हारसहित २ अङ्कका साथ पुछारमा छ ।

क्यानडामा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय श्रृङ्खलापछि घरेलु टोली क्यानडा, नेपाल र ओमानबीच टी–२० श्रृङ्खला भएको हो । श्रृङ्खलाको अन्तिम खेलमा आज क्यानडा र ओमान खेल्नेछन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School