टिकटक गैरचिनिया कम्पनीलाई बिक्री गरिए चीनमाथिको कर घटाउने ट्रम्पको आश्वासन



प्रकाशित मिति : चैत्र १३, २०८१ बुधबार

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई बेच्नका लागि चीनमाथि लगाइएका करमा कटौती गर्न सकिने बताएका छन ।

शर्ट भिडियो एप टिकटकको विक्रीको लागि चीन तयार भएमा चीनमाथिका करमा अमेरिकाले पुर्नविचार गर्ने ट्रम्पले बताए । टिकटक विक्रीमा पुग्नका लागि कर ले समस्या पारेको हो भने त्यसमा पुर्नविचार गर्न सकिने उनको भनाई छ ।

ट्रम्पले यो प्लेटफर्म कुनै गैर चिनियाँ खरिदकर्तालाई बेच्नका लागि ५ अप्रिलको समयसीमालाई विस्तार गर्न तयार रहेको समेत बताएका छन् ।

टिकटक गैरचिनिया कम्पनीलाई बिक्री गरिए चीनमाथिको कर घटाउने ट्रम्पको आश्वासन

टिकटक गैरचिनिया कम्पनीलाई बिक्री गरिए चीनमाथिको कर घटाउने ट्रम्पको आश्वासन

यसअघि बाइडन प्रशासनले टिकटकमाथि प्रतिबन्ध लगाउनका लागि कानून पारित गरेको थियो । तर जनवरीमा ट्रम्पले सत्ता सम्हाले पनि उनले यस कानूनको कार्यान्वयनमा ढिलाइ गरेका थिए ।

यो कानून २०२४ मा बनाइएको थियो । यसमा टिकटकलाई बेच्न वा प्रतिबन्ध लगाउन भनिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा कारण टिकटकलाई चिनियाँ कम्पनी बाइटडान्सले बेच्नु पर्ने वा बन्द गर्नुपर्ने कानूनमा उल्लेख गरिएको छ ।

ट्रम्पले पत्रकारहरुसँग टिकटक बिक्रीको सन्दर्भमा चीनले भूमिका निर्वाह गर्नुपर्ने बताउदै चीनले सहजिकरण गर्नेमा आशावादी रहेको बताए ।

ट्रम्पले ५ अप्रिलको समयसीमा भित्र टिकटक बिक्रीका विषयमा केहि सहमति या पहल हुने अपेक्षा गरेको बताए । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् ।

राष्ट्रपति ट्रम्पले पनि टिकटक युवाहरुकाबीचमा लोकप्रिय रहेको स्वीकार गरेका छन । उनले पनि टिकटकलाई अमेरिकामा बेचिनुको बिकल्प नरहेको बताउदै आएका छन ।

टिकटक गैरचिनिया कम्पनीलाई बिक्री गरिए चीनमाथिको कर घटाउने ट्रम्पको आश्वासन

सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक कार्यकारी आदेशमार्फत टिकटकलाई प्रतिवन्धको प्रस्ताव गरेका थिए । तर, उनी त्यसमा सफल भएनन् ।





Source link

Leave a Comment