टिकटकमा भिडियो पोष्ट गरेर आइसका अधिकारीलाई गोली हान्न आह्वान गर्ने पक्राउ



प्रकाशित मिति : आश्विन ३०, २०८२ शुक्रबार

टिकटकमा भिडियो पोष्ट गरेर आइसका अधिकारीलाई गोली हान्न आह्वान गर्ने पक्राउ

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकी आप्रवासन अधिकारीहरूलाई गोली हान्ने धम्की दिएको आरोपमा एकजनालाई पक्राउ गरिएको छ। संघीय अधिकारीहरूमाथि धम्की दिएको आरोपमा विस्कन्सिनका ३८ वर्षीय एन्ड्र्यू स्ट्यान्टनलाई पक्राउ गरिएको हो।

उनले टिकटकका भिडियोहरूमार्फत आप्रवासन र कस्टम्स एनफोर्समेन्ट (आइस) का एजेन्टहरूलाई गोली हान्न र मार्न आह्वान गरेका थिए। भिडियो पोष्ट भएपछि उनलाई पक्राउ गरी अभियोजन गरिएको हो। संघीय अभियोजनअनुसार स्ट्यान्टन विस्कन्सिनको केनोशाका बासिन्दा हुन्। उनी गत हप्ता पक्राउ परेका थिए।

उनलाई तीनवटा संघीय अभियोग लगाइएको छ। अमेरिकी अधिकारीमाथि हमला, अपहरण वा हत्या गर्ने धम्की दिने आरोप पनि यसमा समावेश छ। स्ट्यान्टनको पक्राउ ट्रम्प प्रशासनको आप्रवासन नीतिहरूका कारण देशभर बढेको तनावको बीचमा भएको हो।

टिकटकमा भिडियो पोष्ट गरेर आइसका अधिकारीलाई गोली हान्न आह्वान गर्ने पक्राउ

टिकटकमा भिडियो पोष्ट गरेर आइसका अधिकारीलाई गोली हान्न आह्वान गर्ने पक्राउ

अहिले आप्रवासन विभागमाथि कडा र आक्रामक कारबाही गरेको आरोप लागिरहेको छ। तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटीले बचाउ गर्दै आफ्ना एजेन्सीहरू “सबैभन्दा खतरनाक अपराधीहरू”लाई मात्रै लक्ष्य बनाइरहेको बताएको छ। स्ट्यान्टनले मिलवाकीस्थित अमेरिकी जिल्ला अदालतमा पेशीका क्रममा अभियोग अस्वीकार गर्दै आफू निर्दोष भएको दाबी गरेका छन्।

स्ट्यान्टनले गत अगस्तदेखि अक्टोबरबीच विभिन्न टिकटक खाताबाट अनेकौँ धम्कीपूर्ण भिडियोहरू पोस्ट गरेका थिए। पक्राउ हुनुभन्दा चार दिनअघि सार्वजनिक गरिएको एउटा भिडियोमा उनले “यदि आइस तपाईंको टोलमा देखा पर्यो भने अब तिनीहरूलाई गोली हान्ने समय आएको छ” भनेका थिए।

अगस्टमा विस्कन्सिन स्टेटवाइड इन्टेलिजेन्स सेन्टरबाट प्राप्त सूचनापछि अधिकारीहरूले स्ट्यान्टनको अनलाइन गतिविधि निगरानी गर्न थालेका थिए। उनले सो क्षेत्रमा रहेका इजरायली सैनिकहरूको अवस्थाबारेमा पनि जानकारी मागेको समेत देखिएको थियो।

सेप्टेम्बरको सुरुमा संघीय अधिकारीहरूले उनलाई फोन र प्रत्यक्ष रूपमा भेट्ने प्रयास गरेका थिए, तर सफल हुन सकेनन्। स्ट्यान्टनको पूर्व सुनुवाइ डिसेम्बर १ मा हुनेछ। उनको मुद्दा डिसेम्बर १५ मा सुरु हुनेछ। उनलाई मुद्दा नसकिँदासम्म हिरासतमा राख्ने आदेश अदालतका न्यायाधीशले दिएका छन्।





Source link

Leave a Comment