टर्कीको स्की रिसोर्टमा आगलागीमा परी मृत्यु हुनेको संख्या ७६ पुग्यो



प्रकाशित मिति : माघ ९, २०८१ बुधबार

टर्कियाको प्रसिद्ध स्की रिसोर्टमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

टर्कीको गृह मन्त्रालयका अनुसार आगलागीमा मारिएका सबैको सनाखत हुन सकेको छैन ।

टर्कीका स्वास्थ्यमन्त्री केमाल मामिसोग्लुले दुर्घटनामा ५१ जना घाइते भएको बताएका छन् । तीमध्ये एक जना आईसीयूमा छन् । यसबाहेक अस्पतालबाट १७ जना डिस्चार्ज भएका छन् ।

यो आगो नियन्त्रण गर्न १२ घण्टा लागेको थियो ।

टर्कीका कानुनमन्त्रीले यस मामिलामा ९ जनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ पर्नेमा रिसोर्टका मालिक पनि छन् ।

स्थानीय समय अनुसार मंगलबार बिहान ३.२७ बजे बोलुस्थित १२ तले ग्राण्ड कार्टेल रिसोर्टमा आगलागी भएको हो । होटलमा २३४ जना बसेका थिए ।

बोलु टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School