टर्कीएमा सरकारको विरोधमा शनिबार पनि हजारौँ प्रदर्शनकारी सडकमा



प्रकाशित मिति : चैत्र ९, २०८१ शनिबार

इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको गिरफ्तारीपछि टर्कीएको आन्तरिक सङ्कट गहिरिएको छ ।

हजारौँ मानिस सडकमा ओर्लिएका छन् र धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप र गिरफ्तारी भएको छ। राजनीतिक उथलपुथलका बीच टर्कीएको शेयर बजारमा विगत दुई दशकयताकै सबैभन्दा ठूलो गिरावट आएको छ भने टर्कीएको मुद्रा लिरामा पनि गिरावट आएको छ ।

टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बढ्दो प्रदर्शनको निन्दा गर्दै शुक्रबारको प्रार्थनापछि आफ्नो सरकारले ‘तोडफोड’ र ’सडकमा देखिएको आतङ्क’ विरुद्ध कुनै सम्झौता नगर्ने बताएका छन् । उनले भने, “हामी सार्वजनिक अव्यवस्था स्वीकार गर्दैनौँ ।”

टर्कीएमा सरकारको विरोधमा शनिबार पनि हजारौँ प्रदर्शनकारी सडकमा

टर्कीएमा सरकारको विरोधमा शनिबार पनि हजारौँ प्रदर्शनकारी सडकमा

टर्कीएका विपक्षी नेतालाई पक्राउ गरेपछि प्रदर्शनकारीहरु देशभरका सडकमा उत्रिएका छन् । सन् २०२८ को राष्ट्रपतीय चुनावका लागि सीएचपीको उम्मेदवार घोषणा हुनुभन्दा केही दिनअघि बुधबार प्रहरीले इकराम इमामोग्लुलाई भ्रष्टाचार र चरमपन्थी समूहलाई सहयोग गरेको आरोपमा पक्राउ गरेको थियो ।

एक दिन अघि, इस्तानबुल विश्वविद्यालयले इमामोग्लुको डिप्लोमालाई अवैध घोषित गरेको थियो। राष्ट्रपति पदका उम्मेदवारका लागि विश्वविद्यालयको डिग्री वा डिप्लोमा अनिवार्य छ ।

सीएचपीको राष्ट्रपति मनोनयनको चुनाव आइतबार हुन गइरहेको छ, जसमा १५ लाख सदस्यहरूले मतदान गर्नेछन् र इमामोग्लु एक मात्र उम्मेदवार हुनुहुन्छ ।इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुलाई राष्ट्रपति एर्दोगानको मुख्य प्रतिद्वन्द्वी मानिन्छ ।

टर्कीएमा प्रदर्शनमा लगाइएको प्रतिबन्धको अवज्ञा गर्दै प्रदर्शनकारीहरू शुक्रबार तेस्रो दिन पनि सडकमा उत्रिएका छन् । टर्कीएको गृह मन्त्रालयले बिहीबार ५३ र शुक्रबार ९७ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सीएचपी एक धर्मनिरपेक्ष राजनीतिक पार्टी हो र इमामोग्लुलाई राष्ट्रपति एर्दोगानको सबैभन्दा बलियो राजनीतिक प्रतिद्वन्द्वीको रूपमा हेरिन्छ । प्रशासनले अनुसन्धानको सिलसिलामा इमामोग्लुसहित १०० भन्दा बढी राजनीतिज्ञ, पत्रकार र व्यापारिक नेताहरूलाई गिरफ्तार गरेको छ ।

टर्कीएमा सरकारको विरोधमा शनिबार पनि हजारौँ प्रदर्शनकारी सडकमा





Source link

Leave a Comment