प्रकाशित मिति : फाल्गुन १७, २०८१ शनिबार
युक्रेनी राष्ट्रपति भोलोमिर जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई सहयोग जारी राख्नु पर्ने बताएका छन ।
अमेरिकाको सहयोग र समर्थन भएन भने रुससँग लडन नसकिने भएकाले अमेरिकाको समर्थन युक्रेनलाई आवश्यक रहेको उनको भनाई छ ।
ओभल हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको तनावपूर्ण वार्तापछि बेलायतको लण्डन पुगेका जेलेन्स्कीले आफुले अमेरिकाले युक्रेनलाई अझ बढी सहयोग र समर्थन गरोस भन्ने चाहेको बताए ।
युरोपेली सम्मेलनमा भाग लिन जेलेन्स्की लण्डन पुगेका छन । जेलेन्स्कीले अमेरिकाको सु्रक्षा ग्यारेण्टी बिनाको युद्धविराम युक्रेनका लागि थप खतरनाक हुने बताए ।
युक्रेनी नागरिकले अमेरिकाले सुरक्षा गरोस भन्ने चाहिरहेको भन्दै उनले युक्रेन युद्ध होइन शान्तिको सबैभन्दा बढी पक्षमा रहेको दावी गरे ।
युक्रेनी खनिजका विषयमा अमेरिकासँग सम्झौता गर्न युक्रेन सदैव तयार रहेको भन्दै जेलेन्स्कीले अमेरिकासँगको सम्वन्धलाई थप बलियो र सौभाद्रपूर्ण बनाउन चाहिरहेको बताए ।
उनलाई नेटोका महासचिवले ट्रम्पसँगको सम्वन्धलाई थप विग्रन नदिनका लागि आवश्यक उपाय खोज्न सुझाव दिएका छन ।
नेटो प्रमुखले सहयोग र समर्थनका लागि अमेरिका र ट्रम्पलाई आभार व्यक्त गर्नुपर्ने बताएका छन ।
युरोपेली देशहरुले पनि युक्रेनले अमेरिकासँगको सम्वन्ध युक्रेनले नबिगारोस भन्ने पक्ष मै देखिएका छन ।