जुनमा ६६२ जना नेपालीलाई आप्रवासी भिसा, ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरी २

जुनमा ६६२ जना नेपालीलाई आप्रवासी भिसा, ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरी २



प्रकाशित मिति : श्रावण १९, २०८१ शनिबार

जुनमा ६६२ जना नेपालीलाई आप्रवासी भिसा, ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरी २

जुन महिनामा अमेरिकाले ६६२ जना नेपालीलाई अमेरिका आइसकेपछि ग्रिनकार्ड पाउनेगरी आप्रवासी भिसा जारी गरेको छ । जसमा डिभी विजेताहरुको संख्या सामान्यभन्दा कम रहेको छ भने अमेरिकी नागरिकका बाबुआमाको भिसा उल्लेख्य रहेको छ । जुनमा ८६ जना डिभी विजेता नेपालीहरुले अमेरिकाको भिसा पाएका छन् भने अमेरिकी नागरिकका २४७ जना बाबुआमाले अमेरिकाको भिसा पाएका छन् ।

जुनमा अमेरिकी नागरिकका १७९ जना नेपाली दम्पत्तिहरुले आव्रवासी भिसा पाएका छन् । उनीहरुका १९ जना छोराछोरीहरुले पनि अमेरिकाको आप्रवासी भिसा पाएका छन् । रोजगारमा आधारित पहिलो श्रेणीको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड स्वीकृत भई ३ जनाले, दोश्रो श्रेणीको ग्रिनकार्ड स्वीकृत भई २९ जनाले र तेश्रो श्रेणीको ग्रिनकार्ड स्वीकृत भई ४३ जना नेपालीले अमेरिकाको आप्रवासी भिसा पाएका छन् । तेश्रो श्रेणीको दक्षता नभएका कामदार २८ जनाले आप्रवासी भिसा पाएका छन् ।

जुनमा ६६२ जना नेपालीलाई आप्रवासी भिसा, ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरी २

ग्रिनकार्डवाहकका २१ बर्ष ननाघेका नेपाली छोराछोरीहरु र दम्पत्तिका लागि अमेरिकाले निकै कममात्र भिसा जारी गरेको देखिएको छ । जसका कारण लामोसमयदेखि प्रतिक्षा गरिरहेका उनीहरु मारमा परेका छन् । कतिपय ग्रिनकार्डवाहकका २१ बर्ष ननाघेका नेपाली छोराछोरीहरु र दम्पत्तिहरुले ४ बर्षभन्दा लामो समयदेखि प्रतिक्षा गरिरहेको बताएका छन् ।

जुनमा अमेरिकी ग्रिनकार्डवाहकका २१ बर्ष ननाघेका नेपाली छोराछोरीहरु र दम्पत्ति २ जनालेमात्र आप्रवासी भिसा पाएका छन् । अप्रिल र मे महिनामा अमेरिकी ग्रिनकार्डवाहकका २१ बर्ष ननाघेका छोराछोरीहरु र दम्पत्ति कसैले पनि भिसा पाएका थिएनन् ।

अमेरिकी ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरु ४ जना र अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरु २ जना नेपालीले जुनमा अमेरिकाको आप्रवासी भिसा पाएका छन् ।  मुलकको कोटाबाट छुट पाएका १७ जना ग्रिनकार्डवाहकका परिवारले पनि आप्रवासी भिसा पाएका छन् । विशेष आप्रवासी श्रेणीमा ३ जनाले भिसा पाएका छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School