जिसी दम्पती हत्या २१ दिनसम्म रहस्यमै

जिसी दम्पती हत्या २१ दिनसम्म रहस्यमै


९ वैशाख, काठमाडौं । पवर्तको जलजला गाउँपालिका–२ मल्लाजमा २१ दिनअघि भएको एक दम्पतीको हत्यामा प्रहरीले अहिलेसम्म शंकास्पद व्यक्ति पहिचान गर्न सकेको छैन ।

अनुसन्धानको विशिष्टीकृत इकाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत खटिँदा पनि अहिलेसम्म प्रहरीले संदिग्धलाई पहिचान र पक्राउ गर्न सकेको छैन ।

१९ चैतको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसी भोलिपल्ट घरमै मृत भेटिएका थिए ।

सूर्यबहादुर खाटमै मृत भेटिएका थिए भने श्रीमती कमला भने भुईंमा घोप्टो अवस्थामा मृत भेटिएकी थिइन् ।

‘अनुसन्धान भएको छैन भनौं भने धेरै कुराहरु गरिएको छ । तर आरोपी पक्राउ नपरेसम्म अनुसन्धान शून्यमै रहेको बुझ्नुपर्ने देखिन्छ । लिड पत्ता लगाउन गाह्रो भएकाले संदिग्धको पहिचान गर्न गाह्रो भएको छ’, पर्वतका डीएसपी  खुमलाल भुसालले भने ।

२० चैतमा म्याग्दीको बेनीमा रहेका छोराले बाबुआमालाई सम्पर्क गर्दा उनीहरुको फोन उठेन । दक्षिण कोरियामा रहेका दुई छोराहरुले फोन सम्पर्क गर्दा पनि बाबुआमासँग सम्पर्क नभएपछि छिमेकीलाई फोन गरेर बुझ्न भनेका थिए ।

छिमेकीहरु जिसी दम्पतीको घर पुग्दा उनीहरु मृत अवस्थामा भेटिएका थिए । जिसी दम्पतीले घरमै सानो किराना पसल समेत सञ्चालन गरेका थिए । दुई जना मृत अवस्थामा भेटिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतको टोली घटनास्थल पुगेको थियो ।

अहिलेसम्म पनि निरन्तर अनुसन्धान जारी रहे पनि घटनाको चुरो पत्ता लगाउन नसकको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख तथा डीएसपी खुमलाल भुसालले बताए ।

‘अनुसन्धान भएको छैन भनौं भने धेरै कुराहरु गरिएको छ । तर आरोपी पक्राउ नपरेसम्म अनुसन्धान शून्यमै रहेको बुझ्नुपर्ने देखिन्छ । लिड पत्ता लगाउन गाह्रो भएकाले संदिग्धको पहिचान गर्न गाह्रो भएको छ’, भुसालले अनलाइनखबरसँग भने ।

जिसी दम्पतीको शव पोष्टमार्टमपछि आफन्तले बुझेर दाहसंस्कार गरिसकेका छन् । जिसी दम्पतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । रगत लागेको हतियारसमेत प्रहरीले बरामद गरेको थियो ।

घटनाको २ दिनपछि २१ चैतमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले आफन्तलाई भेटेर जतिसक्दो चाँडो हत्यामा संलग्नलाई पत्ता लगाएर प्रहरीले कारबाहीको दायरामा ल्याउने आश्वासन दिएका थिए । अहिलेसम्म अनुसन्धान सही ट्रयाकमा रहेकाले छिट्टै हत्याराको पहिचान हुने डीएसपी भुसालको भनाइ छ ।

४० प्रहरी निरन्तर अनुसन्धानमा

दम्पती हत्याको अनुसन्धानमा अहिले प्रहरीका विभिन्न चार युनिट खटिएका छन् । घटनाको सुरुवातदेखि जिल्ला प्रहरी कार्यालय पर्वतको टोली खटिएको थियो ।

लगत्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले अनुसन्धान अधिकृत खटाएको थियो । यो घटनालाई गम्भीर रुपमा लिएको भन्दै गण्डकी प्रदेशका तत्कालीन डीआईजी विकासराज खनाल आफैं घटनास्थल पुगेका थिए । उनी ७ वैशाखबाट अवकाशमा गइसकेका छन् ।

पोखराबाट त्यतिबेला तालिम प्राप्त कुकुर, डाक्टर र अनुसन्धान अधिकृतको टोली घटनास्थल पुगेको थियो । घटनास्थल जिल्ला प्रहरी कार्यालय पर्वत भन्दा म्याग्दीबाट नजिक पर्ने भएकाले म्याग्दी सदरमुकाम बेनीलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वत र म्याग्दी, गण्डकी प्रदेश प्रहरी कार्यालय गरी तीन कार्यालयका अब्बल अनुसन्धान अधिकृत खटिँदा समेत आरोपी पत्ता लाग्न नसकेपछि प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २८ चैतमा इन्सपेक्टरको कमाण्डमा तीन जनाको टोली पठाएको थियो ।

अपराध अनुसन्धान र प्राविधिक रुपमा दक्ष मानिएको सीआईबीको टोलीले घटनास्थल पुगेर अनुसन्धान गरेको पनि १० दिन नाघिसकेको छ ।
दुई हजार जनासँग सोधपुछ

हत्या भएको ठाउँ ग्रामीण क्षेत्र भएको र सीसी क्यामेराहरुको निगरानी नभएको भन्दै प्रहरीले सुरुवाती क्रममा म्यानुअल अनुसन्धानलाई प्राथमिकतामा राखेको थियो ।

हत्या घटनाको केही दिन अघिपछि कसैले गाउँ छाडेको भए त्यसको विवरण र कोही नयाँ व्यक्तिको आउजाउ भए त्यसको विवरण पनि प्रहरीले संकलन गरेको छ ।

यो घटना अनुसन्धानको सिलसिलामा अहिलेसम्म दुई हजार भन्दा बढी व्यक्तिसँग सोधपुछ गरिएको डीएसपी भुसालले बताए । दम्पती हत्यापछि सुनका गरहगहना लुटपाट भएको खुलेपछि प्रहरीले सुनचाँदी व्यवसायीहरुसँग पनि सोधपुछ गरेको थियो ।

पर्वत, म्याग्दीदेखि पोखरासम्मका सुनचाँदी व्यवसायीलाई पत्राचार गरेर लुटिएका गरगहनाहरु बेच्न ल्याएको थाहा पाएमा खबर गर्न आग्रह गरेको छ ।

घटनाबारे सोधपुछ गरेर छाडिए पनि केही व्यक्तिलाई भने प्रहरीले तारेखमा राखेको छ । शंकास्पद गतिविधि देखिएकाहरुलाई तारेखमा राखिएको प्रहरीको भनाइ छ ।

यसअघि दुई जनालाई प्रहरीले नियन्त्रणमै लिएर सोधपुछ गरेको थियो । उनीहरुको संलग्नता नदेखिएपछि छाडिएको थियो । उनीहरुसहित १० भन्दा बढी व्यक्तिलाई तारेखमा राखिएको सीआईबी स्रोतले बतायो ।

केही नयाँ सूचना भेटिन सक्ने आशंकामा केही व्यक्तिलाई तारेखमा राखेर सोधपुछ गरिएको र उनीहरुबाट अनुसन्धानले नयाँ मोड लिन सक्ने अवस्था समेत देखिएको सीआईबीका एक अधिकारीले बताए ।

प्राविधिक पक्षको अनुसन्धान जारी

सुरुवाती क्रममा म्यानुअल पाटोलाई केन्द्रमा राखेर अनुसन्धान गरेको प्रहरीले अहिले प्राविधिक (टेक्निकल) पक्षलाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाएको छ ।

सो क्रममा घटनास्थल नजिकको एनसेल र नेपाल टेलिकमका टावरहरुसँग कनेक्ट भएका मोबाइलहरुको विवरण मगाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लुटपाटको आशंका गरिए पनि जिसी दम्पतीको मोबाइल भने घटनास्थलमै रहेकाले प्राविधिक रुपमा ज्ञान भएका व्यक्तिबाट हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ ।

जिसी दम्पतीको के–कस्ता व्यक्तिसँग सम्पर्क भएको थियो वा उनीहरुलाई कतैबाट फोनमार्फत धम्की आएको/नआएको बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विशेषगरी अहिले सीआईबीको टोलीले प्राविधिक पक्षलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ । सीआईबीका निर्देशक एआईजी श्यामलाल ज्ञवालीले भने, ‘हाम्रो टोलीले प्राविधिक पक्षबाट अनुसन्धान गरेर जिल्लाको टोलीलाई सहयोग गर्ने हो । सोही अनुसार काम भइरहेको छ । टेक्निकल पाटोका डेटाहरु केलाइरहेको छ ।’

जिसी दम्पती दुबै जनाले मोबाइल बोक्दै आएका थिए । प्रहरीले उनीहरुको मोबाइल समेत डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो ।फरेन्सिक ल्याबबाट रिपोर्ट समेत आइसकेको र तर कुनै शंकास्पद विववरण नभेटिएको प्रहरी स्रोतको भनाइ छ ।

लुटपाट गर्न हत्या भएको आशंका

प्रहरीले जिसी दम्पतीको हत्या हुनुको मुख्य कारण लुटपाट हुनसक्ने आशंका गरेको छ । यो घटना अनुसन्धानको नेतृत्व गरिरहेका पवर्तका डीएसपी भुसाल भन्छन्, ‘हत्यारा अहिलेसम्म पत्ता नलागी यही कारण हत्या भयो भन्न न मिल्दैन । तर अहिलेसम्मको हाम्रो अनुसन्धानले लुटपाटका लागि हत्या भएको जस्तो देखाउँछ ।’

प्रहरीका अनुसार सूर्यबहादुरले लगाएको सुनको औंठी र कमलाले लगाएको सिक्री र कानको रिङ गायब छ । उनीहरुको जिउमा सुनका गरगहना नदेखिएका कारण लुटपाटका क्रममा हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिसी दम्पती पोखरामा जग्गा किन्ने तयारी गरेको थाहा पाएर रकम लुट्ने योजना बनाएर हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ ।

यद्यपि लुटपाटका लागि मात्रै नभएर अन्य कुनै कारण हत्या गरिएको हुनसक्ने सम्भावनालाई पनि मध्यनजर गर्दै अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । यही कारण हत्या भएको हो भन्ने निष्कर्षसमेत निकाल्न नसकेको डीएसपी भुसालले बताए ।

लुटपाटको आशंका गरिए पनि जिसी दम्पतीको मोबाइल भने घटनास्थलमै रहेकाले प्राविधिक रुपमा ज्ञान भएका व्यक्तिबाट हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ ।

‘सुनका गहना लैजाने तर मोबाइल घटनास्थलमै छोडिनुले हत्यामा संलग्नहरु प्राविधिक पक्षबारे जानकार रहेको देखिन्छ’, एक अनुसन्धन अधिकृतल भने, ‘हत्यारा प्राविधिक रुपमा बलियो भएकाले अनुसन्धान जटिल बनेको छ ।’





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School