जापानमा रोजगारी गिरावट सन् १९५३ यताकै उच्च



प्रकाशित मिति : बैशाख १९, २०८२ शुक्रबार

जापानको औसत बेरोजगारी दर अघिल्लो वर्षको तुलनामा ० दशमलव १ प्रतिशत बिन्दुले घटेर २ दशमलव ५ प्रतिशतमा झरेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२५ को मार्चसम्ममा रोजगारीमा जोडिने व्यक्तिको सङ्ख्या तीन लाख ७० हजारले बढेर छ करोड ७९ लाख ३० हजार पुगेको छ ।

रोजगारीको गिरावट सन् १९५३ देखि तुलनात्मक तथ्याङ्क उपलब्ध हुन थाले यताकै उच्च हो भने बेरोजगारको सङ्ख्या ३० हजारले घटेर १७ लाख ५० हजारमा झरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

जापानमा रोजगारी गिरावट सन् १९५३ यताकै उच्च

जापानमा रोजगारी गिरावट सन् १९५३ यताकै उच्च

मन्त्रालयका एक अधिकारीका अनुसार कामदारको अभाव कायमै रहेकाले वेरोजगार व्यक्तिले कामबाट निकालिएपछि तत्कमालै नयाँ दरबन्दी पाउन सम्भव भएको छ ।

मन्त्रालयका अनुसार मार्चमा मात्रै बेरोजगारी दर अघिल्लो महिनाको २ दशमलव ४ प्रतिशतबाट बढेर २ दशमलव ५ प्रतिशत पुगेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको छुट्टाछुट्टै तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२४ मा जापानको औसत रोजगारी उपलब्धता अनुपात एक वर्ष अघिको तुलनामा ० दशमलव ०४ बिन्दुले घटेर १ दशमलव २५ मा झरेको छ, जसको अर्थ प्रत्येक १०० रोजगारी खोज्नेहरूका लागि १२५ रोजगारीका अवसर उपलब्ध थिए ।

मार्चमा रोजगार र आवेदकको अनुपात फेब्रुअरीको तुलनामा ० दशमलव ०२ अङ्कले बढेर १ दशमलव २६ पुगेको श्रम मन्त्रालयले जनाएको छ ।





Source link

Leave a Comment