जापानमा डिमेन्सियाका कारण वृद्धहरू घरबाटै हराउन थाले: खोज्न प्रविधिको प्रयोग



प्रकाशित मिति : मंसिर २१, २०८२ आईतबार

man and woman standing in front of pedestrian line

जापानमा डिमेन्सियाका कारण वृद्ध व्यक्तिहरू घरबाट हराउने क्रम बढेको छ। गत वर्ष डिमेन्सियासँग बाँचिरहेका १८,००० भन्दा बढी वृद्ध व्यक्तिहरू घरबाट बाहिर निस्केर हराएका थिए। तीमध्ये लगभग ५०० जना पछि मृत अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार २०१२ यता यस्ता घटना दोब्बरले बढेका छन्। डिमेन्सिया कुनै एक रोग नभई लक्षणहरूको एउटा समूह हो।

यसले मानिसको स्मरणशक्ति, बुझाइ, व्यवहार र दैनिक काम गर्ने क्षमतालाई बिस्तारै कमजोर बनाउँछ। यो प्रायः बुढेसकालसँग सम्बन्धित हुन्छ, तर कसै-कसैमा कम उमेरमै पनि यो देखिन सक्छ।

यसका मुख्य लक्षणहरू कुराहरू छिट्टै बिर्सिनु,बाटो भुल्नु वा घरबाट हराउनु,एउटै कुरा बारम्बार सोधिरहनु,व्यक्तिहरू वा स्थान चिन्न गाह्रो हुनु,निर्णय क्षमता कमजोर हुनु,व्यवहार र मनोदशामा परिवर्तन आउनु,दैनिक काम (जस्तै: खाना पकाउने, ढोका लक गर्ने, औषधि लिने) गर्न कठिनाइ हुनु हो।

जापानमा डिमेन्सियाका कारण वृद्धहरू घरबाटै हराउन थाले: खोज्न प्रविधिको प्रयोग

जापानमा ६५ वर्ष वा सोभन्दा माथिका मानिसहरूको जनसङ्ख्या झण्डै ३० प्रतिशत पुगिसकेको छ। विश्व बैंकका अनुसार मोनाकोपछि यो विश्वकै दोस्रो सबैभन्दा ठूलो वृद्ध जनसङ्ख्या अनुपात हो।

श्रमशक्ति कम हुँदै जानु र विदेशी कामदार प्रवेशमा कडा प्रतिबन्धका कारण यो सङ्कट झनै गम्भीर बन्दै गएको छ। सरकारले डिमेन्सियालाई सबैभन्दा गम्भीर नीतिगत चुनौतीहरू मध्ये एक मानेको छ।

स्वास्थ्य मन्त्रालयले डिमेन्सिया-सम्बन्धी स्वास्थ्य तथा सामाजिक हेरचाह खर्च २०२५ को ९ ट्रिलियन येन बाट बढाएर २०३० सम्ममा १४ ट्रिलियन येन (९० अर्ब डलर) पुग्ने अनुमान गरेको छ।

सरकारको पछिल्लो रणनीतिले दबाब कम गर्न प्रविधिमा अझ धेरै निर्भर हुने सङ्केत दिएको छ। देशभर हराएका व्यक्तिहरू पत्ता लगाउन जीपीएस मा आधारित प्रविधि अपनाइँदैछ। प्रविधिहरूको प्रयोग गरेर व्यक्तिको हिँडाइ, शरीरको मुद्रासहितको चाल-ढाल विश्लेषण गर्न थालिएको छ।

धेरै ढिलो मोडिनु, खुट्टा घिसार्नु, उठ्न गाह्रो हुनुजस्ता प्रारम्भिक लक्षणहरू पहिचान गरी चिकित्सकले जाँच गर्नेगरी डाटा तयार गरिन्छ।

वासेदा विश्वविद्यालयका अनुसन्धानकर्ताहरू १५० किलो तौलको मानवाकार रोबोट विकसित गर्दैछन्, जसलाई भविष्यमा ‘हेरचाहकर्ता’ को भूमिका दिन खोजिएको छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment