विकास निरन्तर प्रक्रिया हो । यसको विद्युत्सँग गहिरो सम्बन्ध हुन्छ । जुन देशमा बिजुली बढी खपत हुन्छ, त्यहाँ बढी आर्थिक विकास हुन्छ । र, जुन देशमा बिजुली खपत कम हुन्छ, त्यहाँ पछौटेपन बढी हुन्छ । नेपाल जलस्रोतमा धनी मानिन्छ । यो विश्वको एक विपुल जलभण्डार हो । जसको सही परिचालनबाट जलविद्युत्् मात्र नभई बढ्दो सि“चाइ एवं खानेपानी समस्यासमेत समाधान गर्न सकिन्छ । नेपालमा झन्डै ६ हजार नदीनाला छन् । जसको संरक्षण एवं सदुपयोग गर्नसके यहाँको सम्पूर्ण खेतीयोग्य जग्गामा सि“चाइ गरी कृषि उत्पादन बढाउन सकिन्छ । तर, हालसम्म पनि यहाँका अधिकांश खेतीयोग्य जग्गामा सि“चाइ सुविधा पु¥याउन नसकिएकाले प्रत्येक वर्ष अकासे पानीमा भर पर्नुपर्ने बाध्यता छ । फलतः यहाँको कृषि उत्पादन बढाउन नसकी आयातमुखी हुनुपरेको छ ।
नेपालमा कुल ३९ लाख ३१ हजार हेक्टर खेतीयोग्य जमिन छ । यहाँ ७५ देखि ८ हजार ८ सय ४८ मिटर उचाइमा विद्यमान हावापानीमा सबै किसिमका खाद्यान्न, फलफूल र सागपात खेती गर्न सकिन्छ । तर, राजनीतिक अस्थिरता र सम्बन्धित पक्षको ध्यान आकृष्ट हुन नसक्नाले यहाँ हालसम्म पनि ठोस कृषि विकास हुन सकेको देखि“दैन । नेपाल कृषिप्रधान देश पनि भएकाले कृषि विकासबिना सर्वांगीण विकास सम्भव छैन । कृषि विकासका लागि २०५२ सालमा दीर्घकालीन कृषि नीति निर्माण गरियो । पछिल्लो समय २०७२–९२ अर्थात् २० वर्ष कृषि रणनीति अवलम्बन गरिएको छ । जसको मुख्य उद्देश्य खाद्यान्नमा आत्मनिर्भर हुने, रोजगारी सिर्जना र खाद्य तथा पोषण सुरक्षा गर्ने हो । यो उद्देश्य परिपूर्तिका लागि ठूला सि“चाइ आयोजना आवश्यक पर्छ । यसै सन्दर्भमा सिँक्टा, कुलरिया जमुनिया, भेरी–बबई डाइभर्सनजस्ता ठूला सि“चाइ आयोजना अगाडि सारिएका छन् । तथापि, यिनीहरूको निर्माण कार्य सुरु गरिएको शताब्दी बितिसक्दा पनि सम्पन्न गर्न सकिएको छैन ।
वस्तुतः ठूला सि“चाइ आयोजना सरकारले मात्र निर्माण गर्नसक्ने पुरानो सोच हालसम्म पनि विद्यमान छ । परिणामतः ती आयोजना यथोचित समय सम्पन्न गर्न सकिएको छैन । भविष्यमा यी आयोजनामा निजी क्षेत्रको सक्रियता बढाउने हो भने चा“डै नै सम्पन्न गर्न सकिने सम्भावना देखिन्छ । हाल, सि“चाइ सुविधा पु¥याउन नसकिएका नेपालका खेतीयोग्य जमिनमा लघु सि“चाइ, स्यालो ट्युबवेल, लिफ्ट सि“चाइ र थोपा सि“चाइ व्यापक बनाउन जरुरी छ । यसो गर्नसकेमा स्वदेशी कृषि उत्पादन बढेर आयात घट्नेछ भने यहाँको कुल गार्हस्थ्य उत्पादनमा केही योगदान बढ्नेछ ।
जनसंख्या वृद्धिका कारण विश्वभर खानेपानी समस्या दिन प्रतिदिन तीव्र बढिरहेको छ । यसमा नेपाल पनि अछुतो रहन सकेको छैन । यो समस्या न्यूनीकरणका लागि विद्यमान जलसम्पदा अधिकतम परिचालन गर्न आवश्यक छ । नेपाल जलसम्पदाका लागि सम्पन्न राष्ट्र भए पनि केही राजनीतिक दलका केही नेताको ‘यथास्थितिवादी सोच’ र संकीर्ण राष्ट्रवाद’का कारण जलसम्पदा सोचेअनुरूप सदुपयोग गर्न सकिएको छैन । तसर्थ, बेलाबेला भारतबाट विद्युत्् आयात गर्नुपर्ने अवस्था हुन्छ ।
केही वर्षयता नेपालमा बिजुली उत्पादन बढ्नुका साथै खपत पनि दिनहुँ बढिरहेको छ । वास्तवमा विकासका लागि यो शुभ संकेत हो । नेपालमा विद्युत् उत्पादन वृद्धि भएको छ । विद्युत् प्राधिकरणबाट ५ सय ७३ दशमलव ६ मेगावाट र थर्मल प्लान्टबाट ५८ मेगावाटसहित कुल ६ सय ३१ मेगावाट विद्युत् उत्पादन भएको छ । निजी क्षेत्रबाट २ हजार ४ सय ३६ मेगावाट विद्युत् उत्पादन गरिएको छ ।
स्वच्छ ऊर्जा उत्पादनका लागि निजी क्षेत्रले निकै लगानी गरेकाले ऊर्जाको विश्व बजारमा नेपालको प्रवेश भएको छ । हाल, यो विद्युत्् खपत गर्ने देशमध्ये ११५औं स्थानमा रहेको छ । सन् २०३५ सम्ममा नेपालमा २८ हजार ५ सय मेगावाट विद्युत्् उत्पादन गर्ने लक्ष्य छ । यो लक्ष्य पूरा गर्न सकिएमा भविष्यमा सर्वांगिण विकासमा धेरै योगदान
पुग्नेछ । नेपाल सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाएको छ । यसलाई व्यवहारमा उतार्नसके भविष्यमा विद्युत्् व्यापार अभिवृद्धि भई अर्थतन्त्रमा समेत केही योगदान पुग्नेछ ।
बढ्दो वायु प्रदूषणको दुष्प्रभाव न्यूनीकरणका लागि केही वर्षयता विद्युतीय सवारीसाधन प्रयोगमा ध्यानाकृष्ट भएको छ । यद्यपि, हाल बढ्दो तापक्रम घटाउन खनिज ऊर्जाको विकल्पमा हरित ऊर्जा खोजी भइरहेको छ । वास्तवमा जलविद्युत्् पनि हरित ऊर्जा हो । जसको प्रयोग गरेर हाइड्रोजन ऊर्जा आवश्यकतानुसार उत्पादन गर्न सकिन्छ । स्वच्छ पानी उपलब्धता एवं धेरै जलविद्युत्् उत्पादन सम्भावनाका कारण हाइड्रोजन ऊर्जा उत्पादन नेपालका लागि उपयुक्त मानिन्छ । यथार्थतः इलेक्ट्रोलिसिस प्रविधि प्रयोग गरी पानीबाट हाइड्रोजन ऊर्जा उत्पादन गरिन्छ । यसका लागि धेरै ऊर्जा आवश्यक पर्छ, जुन नेपालमा उपलब्ध छ ।
नेपालमा झन्डै ६ हजार नदीनाला छन् । जसको संरक्षण एवं सदुपयोग गर्नसके यहाँको सम्पूर्ण खेतीयोग्य जमिनमा सिँचाइ गरी कृषि उत्पादन बढाउन सकिन्छ । तर, हालसम्म पनि यहाँका अधिकांश खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुर्याउन नसकिएकाले प्रत्येक वर्ष अकासे पानीमा भर पर्नुपर्ने बाध्यता छ
नेपाल आयल निगमको आर्थिक सहयोगमा काठमाडौं विश्वविद्यालयले परीक्षणका रूपमा हाइड्रोजन ऊर्जा उत्पादन गरेपछि नेपालमा हाइड्रोजन ऊर्जा उत्पादनको नयाँ सम्भावना देखिएको हो । हाल केही जलविद्युत्् आयोजनाले वर्षायाममा पानी सदुपयोग गरी हाइड्रोजन ऊर्जा उत्पादन गर्ने चासो देखाएका छन् । यसरी हाइड्रोजन उत्पादन निरन्तर बढाउनसके वातावरण प्रदूषण न्यून मात्र नभई आयआर्जन पनि हुनेछ । साधारणतया १ केजी हाइड्रोजन ऊर्जा उत्पादन गर्न १० लिटर स्वच्छ पानी र इलेक्ट्रोलाइसिसका लागि ४० देखि ४५ युनिट खपट हुन्छ । यो ऊर्जा भण्डारण एवं सवारीसाधनमा रिफिलिङ र ट्यांकरमा ढुवानी गर्न सजिलो भएकाले सबैका लागि उपयोगी हुनेछ ।
आज विश्वमा पेट्रोलियम पदार्थ खपत निरन्तर बढिरहेको छ । प्रत्येक वर्ष यसको मूल्यको उतारचढावले विश्व अर्थतन्त्र नै प्रभावित भएको छ । प्रत्येक वर्ष नेपालले सञ्चित गरेको विदेशी मुद्राको ठूलो अंश पेट्रोलियम पदार्थ खरिदमा बाहिरिन्छ । यहाँ आयात गरिने वस्तुमा यो पदार्थ सबैभन्दा बढी भएकाले यसको आयात विस्थापन गर्न हाइड्रोजन ऊर्जा उत्पादनले ठूलो सघाउ पु¥याउँछ । वस्तुतः पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर रहन्छ । प्रत्येक वर्ष त्यसको मूल्य चुकाउन नेपाललाई हम्मेहम्मे पर्छ । यदि, भविष्यमा पर्याप्त मात्रामा हाइड्रोजन ऊर्जा उत्पादन गर्नसके यो पदार्थको मूल्यका उतारचढावले खासै फरक पर्दैन । स्वच्छ पानी पर्याप्त उपलब्धता एवं जलविद्युत्को धेरै सम्भावना भएको नेपालमा हाइड्रोजन ऊर्जा उत्पादन उपयुक्त मानिन्छ । विद्युत् निर्यात गर्न पहल गर्नुपर्ने देशले आफैं बिजुली खपत गरेर आवश्यक हाइड्रोजन ऊर्जा उत्पादन गर्नसक्छ । यसका लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुन आवश्यक छ ।
केही वर्षयता नेपालमा ब्याट्रीबाट चल्ने सवारीसाधन धेरै प्रचलनमा छन् । यद्यपि, भविष्यमा यी साधनलाई हाइड्रोजन ऊर्जाका माध्यमबाट चलाउनसके देशलाई आर्थिक दृष्टिबाट धेरै नै फाइदा पुग्नेछ । हाइड्रोजन ऊर्जा उत्पादन गर्दा रासायनिक मल पनि उत्पादन गर्न सकिन्छ । जुन नेपालजस्तो कृषिप्रधान देशका लागि नितान्त आवश्यक छ । नेपालमा बर्सेनि झन्डै २१ अर्बबराबरको रासायनिक मल आयात गरिन्छ । यदि, भविष्यमा हाइड्रोजन ऊर्जा उत्पादन गर्नसके रासायनिक मल पनि उत्पादन गर्न सकिने भएकाले एकातर्फ विदेशी मुद्रा जोगिनेछ भने अर्कोतर्फ परनिर्भरता घट्नेछ । पानीलाई बिजुलीद्वारा टुक्र्याएर हाइड्रोजन ग्यास उत्पादन गरिन्छ । जसबाट बिजुली उत्पादन गर्नाले सामान्य बिजुलीभन्दा सस्तो एवं भरपर्दो हुन्छ ।
विगतमा गरिएको अध्ययनअनुसार विश्वमा खपत गरिने ऊर्जामध्ये झन्डै २५ प्रतिशत हाइड्रोजन ग्यासले ओगट्न सक्छ । यसको प्रयोगबाट हवाईजहाज, पानी जहाज, ट्रक, बसलगायत यातायात सञ्चालन गर्न सकिन्छ, जसबाट आर्थिक तथा वातावरणीय लाभ लिन सकिन्छ । विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले हाइड्रोजन ग्यासबाट चल्ने हवाइजहाज निर्माण गरेको छ । यसको प्रयोगबाट वातावरण प्रदूषण न्यूनीकरणमा केही योगदान प्राप्त भएको छ ।
विश्वमा जलवायु परिवर्तनका कारण हाइड्रोजन ऊर्जाको महत्व दिनदिनै बढिरहेको छ । काठमाडौं विश्वविद्यालयमा नेपाल आयल निगमको आर्थिक सहयोगमा सम्पन्न हाइड्रोजन ग्यास उत्पादनले ऊर्जा क्षेत्रमा यहाँ नयाँ उत्साह एवं चासो जागृत गरेको छ । नेपाल सरकारले पनि भविष्यमा हाइड्रोजन उत्पादन तथा सहउत्पादन गर्ने उद्योगलाई केही सुविधा प्रदान गर्ने निर्णय गरी प्रोत्साहित गरेको छ । यसलाई व्यवहारमा उतार्न एकातर्फ हाइड्रोजन उत्पादन नीति कार्यान्वयन गर्ने विद्युत्् विधेयक संशोधन गर्न सकिन्छ भने अर्कोतर्फ छुट्टै हाइड्रोजन ग्याससम्बन्धी विधेयक व्यवस्था गर्न सकिन्छ ।
केही वर्षयता नेपालमा विद्युत्् उत्पादनको काममा निकै नै वृद्धि भएको छ । नेपाल विद्युत्् प्राधिकरणबाट ५ सय ७३ दशमलव ६ मेगाबाट र थर्मल प्लान्टबाट ५८ मेगावाटसहित कुल ६ सय ३१ मेगावाट विद्युत्् उत्पादन गरिएको छ । निजी क्षेत्रबाट २ हजार ४ सय ३६ मेगावाट विद्युत्् उत्पादन गरिएको छ । निजी क्षेत्रबाट २ हजार ४ सय ३६ मेगावाट विद्युत्् उत्पादन गरिएको छ । जुन प्रशंसनीय छ । विगतमा स्वच्छ ऊर्जा उत्पादनमा लागि धेरै लगानी गरिएकाले ऊर्जाको विश्वबजारमा नेपालले प्रवेश पाएको छ ।
एक अध्ययनअनुसार अन्दाजी ५ हजार मेगावाट क्षमताको विद्युत्् देशभित्र खपत हुने अवस्था सिर्जना भएपछि मात्र हामी औद्योगीकरणको पथमा अग्रसर हुनेछौं । तर, नेपालमा अन्य देशको तुलनामा विद्युत्् खपत न्यून भएकाले अपेक्षाअनुरूप औद्योगिक विकास हुन सकेको छैन । विद्युत्् खपत बढाई औद्योगिक पथमा अग्रसर हुन जलविद्युत्् उत्पादनले उल्लेखनीय भूमिका खेल्छ । हालसालै सरकारले ‘ऊर्जा विकास मार्गचित्र, २०८१’ स्वीकृत गरेको छ । यसले नेपाललाई ‘क्षेत्रीय ऊर्जा केन्द्र’का रूपमा रूपान्तरण गर्न, राष्ट्रिय र सीमापार पूर्वाधार सबल बनाई आर्थिक वृद्धि गर्न सघाउ पुग्नेछ । ’cause, यो मार्गचित्र कार्यान्वयनबाट एकातर्फ ऊर्जा उत्पादनसँगै अन्तरदेशीय प्रसारण लाइन विकासमा टेवा पुग्नेछ भने अर्कोतर्फ ऊर्जा क्षेत्रमा थप लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ । नेपालमा जलविद्युत्् उत्पादन, प्रसारण र वितरणका लागि धेरै चुनौती छन् । यिनीहरूको डटेर सामना गर्न सराकोरवाला एकजुट भई काम गर्न आवश्यक छ । नेपालको जलविद्युत्् उत्पादन अभिवृद्धि गर्न सो मार्गचित्र दस्तावेजका रूपमा प्रमाणित हुने आशा गरिएको छ । यसका लागि एकातर्फ दातृ राष्ट्र तथा संघसंस्था र अर्कोतर्फ निजी क्षेत्रको सहयोगको पनि उत्तिकै जरुरी छ ।
नेपालमा रहेका झन्डै ६ हजार नदीनालामध्ये दुई हजारभन्दा बढी उत्तरी हिमशृंखला र खाेच हुँदै दक्षिणतर्फ बगिरहेका छन् । यी नदीनालाबाट प्रतिवर्ष अन्दाजी १ सय ७० क्युसेक पानी बग्छ । यहाँको कुल अनुमानित जलशक्ति करिब ८३ हजार मेगावाट छ भने यसको झन्डै ५० प्रतिशत आर्थिक रूपले उत्पादनशील मानिन्छ । यसको सदुपयोगका लागि भविष्यमा वैदेशिक सहयोग, सहकारी र निजी क्षेत्रको सक्रिय सहयोगको नितान्त आवश्यकता छ । नेपालमा २००७ सालयता जतिपटक राजनीतिक परिवर्तन भए पनि अर्थतन्त्र परम्परागत आर्थिक संरचनामा रुमलिरहेको छ । फलतः आजसम्म पनि अपेक्षित आर्थिक विकास गर्न सकिएको छैन ।
(Visited 9 times, 1 visits today)
