प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार
जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्जले देशको सेनालाई बलियो बनाउन थप खर्चलाई छिटो स्वीकृत गर्न आवश्यक रहेको बताएका छन ।
उनले यो कार्यमा असफल हुनु अन्तर्राष्ट्रिय अशान्त परिस्थितिलाई ध्यानमा राख्दै गैरजिम्मेवारीपूर्ण हुने बताए ।
यो खर्च स्वीकृत गर्न दुई तिहाइ बहुमत आवश्यक पर्दछ । उक्त योजना माथि छलफल गर्न सुरु भएको महत्वपूर्ण संसदीय बहसको सुरुमा बोल्दै मर्जले रक्षा खर्च उठाउन थप ढिलाइ गर्नु गैरजिम्मेवार हुने बताए ।
“हामीले अब हाम्रो प्रतिरक्षा क्षमतामा उल्लेखनीय वृद्धि गर्न कदम चाल्नुपर्छ र हामीले यति कुरा छिटो गर्नैपर्छ ” उनले भनेका छन ।
युक्रेन र उसका युरोपेली मित्रराष्ट्रहरूसँग अमेरिकाको बिग्रँदो सम्बन्धतर्फ इङ्गित गर्दै मर्जले यो धारणा ब्यक्त गरको बुझन सकिन्छ ।
योजनाहरूमा मतदान मङ्गलबारका लागि निर्धारित गरिएको छ । मर्जले नयाँ संसद बोलाउनु अघि तिनीहरूलाई चाँडै अनुमोदन गर्न चाहेका छन ।
नयाँ संसदमा अति दक्षिणपन्थी र अति वामपन्थी मिलेर योजनालाई रोक्न सक्ने संभावना रहेको छ ।