जब विधेयकमाथिको छलफलमा सांसदले बुझ्दै नबुझी बोले

जब विधेयकमाथिको छलफलमा सांसदले बुझ्दै नबुझी बोले


२० चैत, काठमाडौं । सोमबार प्रतिनिधिसभा बैठकमा विद्युतीय व्यापारसम्बन्धी विधेयकमा छलफल हुँदा एमाले सांसद किरणकुमार साहले विधेयकको विषय नै नबुझी धारणा राखेका छन् । विद्युतीय माध्यम अर्थात अनलाइन माध्यमबाट हुने व्यापारलाई व्यवस्थित र नियमन गर्न सरकारले ल्याएको विधेयकमाथि प्रतिनिधिसभामा छलफल भएको थियो । तर छलफलका क्रममा उनले बिजुली व्यापारसँग जोडेर आफ्नो धारणा राखे ।

सोमबार प्रतिनिधिसभामा छलफल हुँदा ३४ सांसदले सैद्धान्तिक छलफलमा भाग लिँदा २२ औँ नम्बरमा एमालेका किरणकुमार साहले तीन मिनेट विद्युत् व्यापारबारे धारणा राखे ।

२ असारमा राष्ट्रिय सभामा दर्ता गराएको विद्युतीय व्यापार विधेयकमा २८ असारमा राष्ट्रिय सभाले सैद्धान्तिक छलफल गर्दा छलफलमा भाग लिएका सबै सदस्यले विद्युत् व्यापारबारे चर्चा गरेका थिए । उक्त विधेयक राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा आएपछि सोमबार छलफल भएको हो ।

पढ्नुहोस् सांसद साहले व्यक्त गरेको विचार

यो विधेयकलाई देशको ऊर्जा क्षेत्रको लागि महत्त्वपूर्ण कदमको रूपमा लिएको छु। नेपालमा जलविद्युतको अपार सम्भावना रहेको सबैको जानकारीमा छ। तर, त्यो क्षमताको पूर्ण उपयोग गर्न सकिरहेका छैनौँ।

तर, विधेयकले निजी कम्पनीलाई विद्युत् व्यापारमा भाग लिन अनुमति दिन्छ, जसले गर्दा प्रतिस्पर्धालाई बढावा दिएर हाम्रो विद्युत् उत्पादनलाई बढाउनेछ । एक प्रतिस्पर्धी र जीवन्त बजारले लगानी आकर्षित गर्दछ। जसले गर्दा राम्रो पूर्वाधारहरूको निर्माण मात्र नभई नेपाली उपभोक्ताहरूले न्यून लागतमा बिजुली उपभोग गर्न पाउने सम्भावना बढ्दै जानेछ ।

विधेयकले सीमापार विद्युत् व्यापारमा संलग्न हुन चाहने निजी संस्थाहरूको लागि पनि नवीन सम्भावनाको ढोका खोलेको छ। हामीले मनसुन सिजनमा जुन अतिरिक्त ऊर्जा निर्यात गर्न सक्छौँ, त्यसबाट यस विधेयकले थप राजस्व आर्जन गर्न मद्दत पुग्नेछ भने हाम्रो क्षेत्रीय सम्बन्ध पनि सुदृढ हुनेछ। भारत र बंगलादेशसँग भएका विद्युत् व्यापार सम्झौताहरूको कार्यान्वयन र त्यसको पूर्ण लाभ लिनको लागिसमेत यो विधेयक आवश्यक छ।

विधेयकले परिकल्पना गरेको आधुनिकीकरण प्रणालीले नेपाल विद्युत् प्राधिकरणमा मात्र निर्भर रहेको वर्तमान ढाँचालाई थप विस्तार गर्न मद्दत पुग्नेछ। विधेयकले निजी कम्पनीहरूलाई उनीहरूको विशेषज्ञता र स्रोतहरू अनुदान गर्न अनुमति दिएर विद्युत् उत्पादन र व्यापारको क्षेत्रमा गतिशीलता प्रदान गर्ने निश्चित छ। यसले उपभोक्ता र उत्पादन दुवैलाई लाभान्वित गर्दै प्रभावकारी र उत्तरदायी विद्युत् बजारको विकास गर्न मद्दत पुग्ने देखिन्छ।

विधेयकले एकाधिकार रोक्न, उपभोक्ताको अधिकार रक्षा गर्न निष्पक्ष र पारदर्शी इजाजतपत्र सुनिश्चित गर्नुपर्दछ। बढ्दो जलविद्युत् विकाससँग सम्बन्धित सम्भावित वातावरणीय सरोकारहरूलाई सम्बोधन गर्न र उपयुक्त प्रावधान समेट्न आवश्यक छ। समग्रमा विद्युत् व्यापार विधेयकले नेपालको ऊर्जा व्यापार परिदृश्यलाई परिवर्तन गर्ने सुनौलो अवसर प्रस्तुत गरेको छ। देशलाई आत्मनिर्भर ऊर्जा हब र यस क्षेत्रमा स्वच्छ ऊर्जाको भरपर्दो आपूर्तिकर्ता बन्ने निश्चित गर्न यस विधेयकले अवसर प्रदान गरेको छ, धन्यवाद।

 



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School