जनस्वास्थ्यमा हदैसम्मको लापरबाही ! : RajdhaniDaily.com



आधारभूत आवश्यकतामध्ये अग्रस्थानमा आउने जनस्वास्थ्य नागरिक स्वास्थ्यलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ । अशक्त वा बिरामी हुँदा उचित औषधि उपचार गर्न पाउने नागरिकको हक हो भने औषधि उपचार सहज व्यवस्था मिलाउने कर्तव्य राज्यको हो । स्वास्ज्य सेवासम्बन्धी यिनै नागरिक हक र सरकारको कर्तव्य’bout संविधानमा उल्लिखित व्यवस्था स्मरण गरौं । हाम्रो संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक’bout उल्लेख छ । सो धाराको उपधारा (१) मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने छ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भन्ने उल्लेख छ । सोही धारा ३५ कै उपधारा (२) मा ‘प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने’ उल्लेख छ । उपधारा (३) अनुसार प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक छ ।

साथै, संविधानकै धारा ५१ को (ज) नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिको नम्बर (५)मा ‘नागरिकलाई स्वास्थ बनाउन राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जाने’, (६) मा ‘गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने’, (७) मा नेपालको परम्परागत चिकित्सा पद्दतिका रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपेथिकलगायत स्वास्थ्य पद्दति संरक्षण र प्रवर्धन गर्ने, (८)मा ‘स्वास्थ्य क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै यस क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने’ र (९)मा ‘स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिँदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको संख्या वृद्धि गर्दै जाने,’ व्यवस्था गरेको छ । यी सबै जनस्वास्थ्यलाई उच्च महŒव दिइ गरिएका व्यवस्था नै हुन् । राज्यमा अहिले नागरिक उपचार व्यवस्था कस्तो छ ? भन्ने त सबैसामु छर्लंग नै छ । यदि राज्यले संविधानमा उल्लिखित व्यवस्थामात्रै गर्ने हो भने औषधि उपचार व्यवस्था सर्वसुलभ र सहज हुन्छ । तर, जनस्वास्थ्यउपरको यही आधारभूत कुरा राज्यले किन पूरा गरेन ? यो आमनागरिकबाटै उठिरहेको सवाल हो । जनस्वास्थ्यको आधारभूत पक्ष ध्यानमा राखी राज्यले विस्तारित गरेको स्वास्थ्य सेवा केन्द्र अझै पर्याप्त छैनन् । त्यहाँ कार्यरत रहनुपर्ने स्वास्थ्यकर्मी तथा अटुट रूपमा कायम राख्नुपर्ने औषधि व्यवस्थापन कार्य त झनै नाजुक अवस्थामा छ । कतिपय स्थानमा स्वास्थ्य केन्द्रको भवनमात्र छ, सञ्चालनमै ल्याइएको छैन । सञ्चालन गरिएका स्वास्थ्य केन्द्रमा प्राविधिक चिकित्सक अभाव पनि उत्तिकै छ । औषधि त केही नै छैन भन्दा हुन्छ । आवश्यक पर्ने बिरामीलाई सिटामोल र जीवनजलसम्म स्वास्थ्य सेवा केन्द्रले प्रदान गर्न सक्दैन । स्वास्थ्य सेवा केन्द्रको एकातिर हालत यस्तो छ भने अर्कोतिर च्याउझैं बर्सेनि उम्रँदै आएका प्राविधिक शिक्षालयबाट उत्पादित जनशक्ति बेरोजगार भइरहेको छ । यो सबै राज्य सञ्चालकको अनुदार मानसिकताकै उपजका कारण निम्तिएको राष्ट्रिय समस्या हो ।

यही पृष्ठभूमिमा राज्यले निम्न ९८ प्रकारका औषधि नागरिकलाई निःशुल्क वितरण गर्ने घोषणा गरेको छ । आवश्यक पर्ने बिरामीले निःशुल्क वितरण हुने भनिएका यी औषधि पाएका छन–छैनन् ? त्यो बिरामी स्वयंले अनुभूति गरेकै होलान् । तथापि के कस्तो रोग सम्मबद्ध, कुन कुन औषधि राज्यले निःशुल्क दिने व्यवस्था मिलाएको छ ? भन्ने’bout नागरिकलाई जानकारी हुनैपर्ने भएकाले यहाँ त्यसको पूर्ण विवरण उल्लेख गरिएको छ ।

निःशुल्क वितरण हुने औषधि
जेन्टामाइसिन–नवजात शिशुमा हुने संक्रमण र निमोनियाको (२) एनासिट ग्यास्टिक र पेटको ज्वलनको (३) फुरोसिमाइड, हृदयघाट र मिर्गौला समस्यामा (४) एम्लेडिपीन–उच्च रक्तचाप (५) निफोडिपिन–उच्च रक्तचाप (६) बिसीजी खोप–क्षयरोगविरुद्ध (७) एस्पिरिन–शरीर र टाउको दुखाई र माइग्रेन (८) निफेडिपीन–उच्च रक्तचाप (९) बेन्जामिन बेन्जाइल पेनिसिलिङ–वाथ तथा मुटु रोग (१०) सेफ्टियाकजोन– कडा इन्सफेक्सन, टाइफाइड र निमोनिया (११) आर्टिमिसिमीन– मलेरिया (१२) सेफिक्सिम– मिर्गौला, पिसाब, घाँटी र फोक्सोको संक्रमणमा (१३) सिप्राएसोस्सासिन–पिसाबको संक्रमण, हैजा, टाइफाइड र ज्वरोमा (१४) नाइट्रो फ्युरान्टिन–पिसाब तथा अन्य संक्रमण (१५) डेक्सामेवासोन–दम र एलर्जी तथा कमन मेडिसिन । (१६) आइरन टेबलेट–गर्भवती र रक्त अल्पता (१७) म्याग्नेसियम सल्फेट–गर्भवतीमा हुने उच्च रक्तचाप (१८) मेथाइनडोपा–गर्भावस्थामा हुने रक्तचाप (१९) ग्लिमि पिराइड–मधुमेह र (२०) मेटफर्मिन–मधुमेह ।

यसैगरी, (२१) हाइड्रोकटिसोन– दम, एलर्जी (२२) साम्बुटामोल– दम (२३) अक्सिजन–दम तथा अक्सिजन आवश्यक पर्ने बिरामीलाई (२४) प्रेडनिसोलोन–दम, एलर्जी र वाथ (२५) जापनिज इन्सेफ्लाइटिक्स– बच्चालाई दिने खोप (२६) ओआरएस–झाडापखाला (२७) नर्मल स्लाइन–रगत कमी, पखाला, पानीको मात्रा कमी हुँदा (२८) प्यारासिटामोल–ज्वरो कम पार्ने (२९) भिटामिन ए–भिटममिन कमी हुन नदिने पोषण (३०) भिटामिन बी क्प्लेक्स– भिटामिन कमी हुन नदिने पोषण (३१) भिटममिन के वान–नवजात शिशुलाई दिने भिटममिन (३२) सोडियम भाल्पोरेट–छारे रोगमा ।

नेपालमा ब्लडप्रेसरको १५ चक्कीको १२० रुपैयाँ पर्ने माइलोड १०, औषधि भारतमा १५ मै पाइन्छ । यस्तो लोकप्रिय दृष्टान्त त मोदीका अरू धेरै छन् । यसले मोदी आफैं सत्तामा टाँसिइरहेका होइनन्, जनप्रिय कार्य गरेकाले जनताले नै मोदीलाई सत्तासीन गराइरहेका हुन् भन्ने कुरा पुष्टि गर्दछ । के नेपालमा पनि त्यस्तै नेता जन्मिएका होलान् ?

त्यस्तै, (३३) उस्सिाइसलिन– स्क्रब टाइफस संक्रमण, श्वास–प्रश्वास समस्यामा (३४) रिस्पेरिडोन–मानसिक रोगी (३५) पीसीभी खोप–निमोनिया (३६) ¥यानिटिडीन– ग्यास्ट्राटिसमा (३७) प्यारिडोक्सिन–टीबीका बिरामीलाई दिने भिटामिन (३८) फ्लुनेटिन–मानसिक स्वास्थ्य र डिप्रेसन (३९) सिप्राफेलोस्सासिन– पिसाब संक्रमण, हैजा, टाइफाइट, ज्वरो (४) एड्रेनाइलिन–एलर्जी (४१) अन्देन्डाजोल– जुकापर्दा (४१) एमिट्रिप्टीलिन– एन्जाइटी, डिप्रेसन, न्यूरोप्याथिक पेन, माइग्रेन (३४) एमोक्सिसिलिन– घाँटीको संक्रमण (४४) एम्पिसिलिन– घाँटी, श्वास–प्रश्वास र बच्चामा हुने संक्रमण (४५) आर्टेसुनेट– कडामलेरियाले बेहोस बन्दा (४६) एट्रोपिन– अगर्नानो फस्फोरस प्वालजमिङमा (४७) एनिथ्रोमाइसिन– यौनजन्य एवं घाँटीको संक्रमण, छाला, पिनास, कानपाकेको (४८) कालामिन लोसन– चिलाउँदा र ठेउला आउँदा (४९) क्याल्सियम ग्लुकोनेट–अचेत भएको बेलाको आकस्मिक सेवामा (५०) कार्बामानेथिन–छारारोग, न्यूरोप्याथिकपेन, माइग्रेनमा ।

त्यस्तै, (५१) सेन्ट्रिजिन– एलर्जी र छालाको समस्या (५२) चारकोल एक्टिभेटेड– बिषादी खाएको बिरामीलाई (५३) क्लोरहेक्सिडिन–मुखको संक्रमणमा, शिशुको नाभिमा लाउने मलम (५४) क्लोक्विन– मलेरिया, वाथ (५५) क्लोट्रिमाजोल– छाला, योनीको संक्रमण र फँगल इन्सफेक्सनमा (५६) क्लोब वायल– दाँत दुख्दा (५७) क्लोस्सासिलिन–छालाको संक्रमणमा (५८) प्रिन्स– परिवार नियोजनको साधन (५९) कोट्रिमोस्साजोल– छाला, घाँटी पिसाबको संक्रमण (६०) एमडीटी कम्ब्रिप्याक–कुष्टरोग (६१) डेस्सट्रोज–ग्लुकोज (६२) डाइजेपाम–छारेरोग, ब्याकपेन, निद्रा नलाग्ने र एनजाइटीमा (६३) डाइक्लोफिन्याक, बाथरोग, अत्यधिक पेन, जोर्नी र ब्याक पेन (६४) एफआईपीभी खोप– पोलियो विरुद्ध (६५) फ्लुकोनाजोल– योनीको संक्रमण, छाला संक्रमण र तल्लो पेट दुखेमा (६६) फोलिक एसिड– गर्भावस्था (६७) जेन्सन भायोनेट–पोलेको, चोटपटक, टाउकाको संक्रमण (६८) एचपीसी खोप– प्वापिलोभ भाइरस (६९) एचप्राईजेडी–क्षयरोग (७०) हायोसिन ट्युटोब्रोमाइड–वाकवाकी, दुखाई (७१) आइवर प्रोफेन– जोर्नी र मांसपेशी दुखाइ (७२) सेमोनरपेडेट– गर्भनिरोधक चक्की, परिवार नियोजन ।

यसैगरी, (७३) लिग्नोकाइन–दुखाइ कम गर्ने (७४) निग्नोसाइन विथ एड्रेनानिन–दाँत निकाल्न (७५) मिजन्स रुवेलाखोप–मिजन्सरुबेला (७६) मेड्रडिलप्रोजेस्ट्रोन–परिवार नियोजन (७७) मेटोक्लोप्रोमाइड–वाकवाकी वान्ता (७८) मेड्रोमिडाजोल–आउँ तथा मासी (७९) भिजोप्रोस्टान– गर्भपतनमा (८०) भिजोप्रोस्टल–उच्च रक्तचाप (८१) नियमाइसिन–छालाको संक्रमण (८२) ओरल पोलियो खोप–पोलियोविरुद्ध (८३) अक्सिमेटाजोलिन–नाक बन्द हुँदा वा रगत बगेमा (८४) अक्सिटोसिन– रक्तस्राव रोक्न (८५) पेन्टाम्यानेन्ट खोप– टिटानस, डिप्थेरिया (८६) पर्मेथ्रिन– लुतो (८७) फेनिरमिन– एलर्जी (८८) फेनोवाबिटल– छारेरोग (८९) पोभिडिन आयोडिन– छाला (९०) प्रालिडोक्सिम सोडियम– प्वाइजनिङमा (९१) प्रिमाक्विन– मलेरिया (९२) रिगर स्याक्टेड– रक्तस्राव, झाडापखाला (९३) रोटाभाइरस खोप– रोटाभाइरसमा (९४) सिल्भर सल्फाडियानिन– पोलेको घाउको मलम (९५) टिटानस डिप्थेटिया र (९६) टिटानस टक्साइड– टिटानस विरुद्ध (९७) ट्रेटासाइक्लिन– आँखाको संक्रमण र (९८) टिनिडाजोल– आउँ तथा मासी पर्दा । यी हुन्, निःशुल्क पाइने भनिएका औषधि । यसअलावा आकर्षक नाराकै भरमा सर्वसाधारण धेरैलाई सरकारले स्वास्थ्य बीमामा समेटेको छ । विमितले सरकारी अस्पतालबाटै १ हजार २ सय ९८ प्रकारका औषधि निःशुल्क प्राप्त गर्ने कुरा बीमा बोर्डले प्रचार गर्दै ल्याएको छ । तर उपचारमा पुग्ने बिरामीले चाहिएको औषधि नै अस्पतालबाट पाउँदैनन् । बीमाको लिस्टमा उल्लिखित औषधि, विभागबाटै आइनपुगेको, हाल सकिएको, झिकाइएको भनी अस्पताल फर्मेसीले पन्छाउँछ । सस्तोखाले औषधि भने फाटफुट उपलब्ध हुन्छ । महँगो औषधि खरिद गर्न अस्पताल स्टाफले नाम लिएकै निजी फार्मेसीमा पुग्नैपर्दछ । त्यस्तो हुनुको कारण पनि पारस्परिक लाभ नै हो । यस’bout बीमा बोर्ड, अस्पताल र स्वास्थ्य मन्त्रालयकै पदाधिकारी एकअर्कालाई दोष दिएरै पन्छिन्छन् । बिमितलाई तोकिएकै औषधि सहज र सुलभ उपलब्ध गराउने दायिŒव स्वास्थ्य मन्त्रालयकै हो । तर मन्त्रालयकै पदाधिकारी लाभप्रति आशक्त बन्दा नै यो प्रवृत्ति अन्त्य भएको छैन । योभन्दा चरम लापरवाही र गैरजिम्मेवारीता अरू के हुन सक्ला ?
(लेखकको यो नीजि विचार हो ।)

The post जनस्वास्थ्यमा हदैसम्मको लापरबाही ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….



Source link

Leave a Comment