जनवरी ८ पछि अमेरिका लगायतका पासपोर्टमा बेलायत यात्रा गर्दा अनलाइनबाट अनुमति लिनुपर्ने



प्रकाशित मिति : पुस १६, २०८१ मंगलबार

a passport sitting on top of a table next to a cup of coffee

जनवरी ८ देखि बेलायतले अमेरिका लगायतका भिसा नचाहिने देशका नागरिकहरुलाई यात्रा गर्दा अनलाइनबाट अनुमति लिनुपर्ने नियम ल्याएको छ  । बेलायतले  विद्युतीय यात्रा अनुमति ईटीए नामको यो प्रणाली जनवरी ८ देखि लागु गर्ने भएको छ ।

अमेरिकाले लागु गरेको यात्रा अनुमतिका लागि विद्युतीय प्रणालीयुरोपले लागु गर्न लागेको युरोपियन यात्रा सुचना तथा अनुमति प्रणालीजस्तै गरी बेलायतले पनि यो प्रणाली लागु गर्ने भएको हो ।  यो प्रणाली अन्तरगत बेलायत जानका लागि भिसा नचाहिने देशका नागरिकहरुले यात्रा गर्नु अगाडि अनलाइनमा दर्ता गर्नुपर्नेछ ।

सफलताका साथ दर्ता गरिसकेका यात्रुहरुलाई बेलायत प्रवेश गर्ने बेलामा अनुहार चिन्ने प्रणालीबाट जाँच गरिनेछ । त्यसपछि उनीहरुले बोर्डर चेकविना नै वा विद्युतीय पासपोर्टको गेटबाट बेलायत प्रवेश गर्न सक्नेछन् । अनलाइनबाट दर्ता गर्दा १० पाउण्ड शुल्क लाग्नेछ ।

सीमा र अध्यागमन प्रणालीको रूपान्तरणको एक भागको रूपमा यो प्रणाली लागु गरिएको बेलायतको होम अफिसले जनाएको छ । बेलायतमा उनीहरु आउनु अगाडि नै जोखिम छ वा छैन भन्नेबारे मूल्याङ्कन गर्न यो प्रणाली गरिएको हो । युरोपियन इकोनोमिक एरियाबाट प्रवेश गर्नेहरुलाई समेत यो प्रणालीमा दर्ता गर्नुपर्नेछ ।

letter

इलेक्ट्रोनिक ट्राभल अथराइजेसन प्राप्त गरेपछि ६ महिनासम्मको यात्रा गर्न सकिनेछ । आवेदन अनलाइन वा आधिकारिक एप मार्फत गर्न सकिनेछ । त्यसका लागि व्यक्तिगत जानकारी, राहदानी विवरण र फोटो आवश्यक पर्नेछ ।

ईटीए दुई वर्ष वा आवेदनकर्ताको राहदानीको म्याद समाप्त नहुन्जेलसम्म मान्य हुनेछ । एउटै ईटीएमा २ बर्षभित्र वा राहदानीको म्याद समाप्त नहुन्जेलसम्म धेरै पटक बेलायत यात्रा गर्न सकिनेछ।

आवेदन गरेपछि आवेदकले ईटीए प्राप्त भएको पुष्टि गर्ने इमेल प्राप्त हुनेछ। यो आवेदन गरेको राहदानीसँग लिङ्क हुनेछ। ईटीए आवेदन प्रक्रिया गर्न तीन दिनसम्म लाग्न सक्नेछ र यदि आवेदन अस्वीकृत भएमा पुनः आवेदन दिनुपर्नेछ वा छुट्टै भिसा आवेदन गर्नुपर्नेछ। कहिलेकाहीँ निर्णय छिटो पनि आउन सक्छ।

जनवरी ८ पछि अमेरिका लगायतका पासपोर्टमा बेलायत यात्रा गर्दा अनलाइनबाट अनुमति लिनुपर्ने

प्रत्येक व्यक्तिले छुट्टै आवेदन गर्नुपर्नेछ । समूहमा एउटै समयमा आवेदन गर्दा पनि विभिन्न समयमा निर्णय प्राप्त हुन सक्ने जनाइएको छ । बेलायत यात्रा गर्नुअघि नै आवेदन दिन र निर्णय कुर्दै गर्दा पनि बेलायत यात्रा गर्न सक्ने बेलायती सरकारले जनाएको छ । बेलायतमा रहेको अमेरिकाका दूतावास र कन्सुलेटहरूले पनि जनवरी ८, २०२५ बाट बेलायत यात्रा गर्न लागेका अमेरिकी नागरिकहरूलाई जानकारी दिन सुचना प्रकाशित गरेका छन्।

युरोपका देशमा भिसा नचाहिने देशका नागरिकले यात्रा गर्न अनलाइनमार्फत दर्ता गर्नुपर्ने नियम ५ मार्चपछि लागु हुनेछ ।





Source link

Leave a Comment