जनवरी ६ को क्यापिटल हिल दंगाका लगभग सबै १६०० अभियुक्तलाई क्षमादान



प्रकाशित मिति : माघ ७, २०८१ सोमबार

जनवरी ६ को क्यापिटल हिल दंगाका लगभग सबै १६०० अभियुक्तलाई क्षमादान

राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ६ को क्यापिटल हिल दंगाका लगभग सबै १,६०० जना अभियुक्तलाई क्षमादान दिएका छन् । ट्रम्पले आफ्नो पहिलो आधिकारिक क्रियाकलापको रूपमा २०२१ जनवरी ६ मा भएको आक्रमणसँग सम्बन्धित प्राय सबैलाई माफी दिएका हुन् ।

ट्रम्पको कदमले अधिकांश अभियुक्तले माफी पाएका छन् भन् प्राउड ब्वाइज र ओथ कीपर्स मिलिसियाका १४ सदस्यहरूको सजाय कम भएको छ । जसमा अधिकांश विद्रोहको षड्यन्त्रको आरोपमा दोषी ठहरिएका थिए।

योसँगै २०२० को चुनावमा ट्रम्पको हार पछि राष्ट्रपतिको शक्तिको शान्तिपूर्ण स्थानान्तरणमा भीडको आक्रमणको जवाफदेहिता खोज्न संघीय अनुसन्धानकर्ताहरुले वर्षौंदेखि गरेको प्रयासलाई प्रभावकारी रूपमा मेटाइएको छ । ट्रम्पले जनवरी ६ को सन्दर्भमा आरोपहरूको सामना गरिरहेका व्यक्तिहरू विरुद्ध बाँकी रहेका सबै पेन्डिङ अभियोगहरू खारेज गर्न कानुन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

ट्रम्पले धेरैजसो अभियुक्तहरूलाई आज राति जेलबाट रिहा गरिने आशा व्यक्त गरे । उनीहरू लामो समयदेखि जेलमा रहेको र उनीहरुलाई ध्वस्त पारिएको ट्रम्पले बताए । ट्रम्पले पूर्ण, र शर्तविहीन माफी दिएका छन् । यी धेरै दंगाकारीहरूले दिन, हप्ता वा महिनासम्म जेलमा विताएका छन् ।

ट्रम्पले प्राउड ब्वाइजका पूर्व नेता इन्क्वेरिज टार्रियोलाई पनि माफी दिएका छन् , जसले विद्रोहको षड्यन्त्रको आरोपमा २२ वर्षको जेल सजाय पाएका थिए । ट्रम्पको यो कदम तीव्र आलोचनासँगै आएको हो । जनवरी ६ का मुद्दाहरूमा काम गरेका केही अनुसन्धानकर्ताहरूबाट ट्रम्पको कदमको आलोचना भएको छ ।

हिंसात्मक कार्यहरू गरेपनि राजनीतिक शक्तिशाली व्यक्तिको पक्षमा रहेमा परिणामहरूबाट बच्न सक्ने सन्देश यो माफीबाट जाने एक पूर्व संघीय अभियोजक एलेक्सिस लोएबले बताएका छन् । यी माफीहरूले जनवरी ६ का सबै अधिकारीहरूको बलिदानलाई कमजोर बनाउने उनले बताए ।

अलि भिन्न कदमको रूपमा ट्रम्पले प्राउड ब्वाइजका अन्य पाँच सदस्यहरूको जेल सजाय कम गरेका छन् । साथै ओथ कीपर्स मिलिसियाका नेता स्टुअर्ट रोड्स र उनका आठ सहकर्मीहरूको सजाय पनि कम गरेका छन् । यसो गर्दा ट्रम्पले १४ अभियुक्तका लागि १०० वर्षभन्दा बढी जेल समय घटाएका छन् ।





Source link

Leave a Comment