प्रकाशित मिति : मंसिर ४, २०८२ बिहीबार

जनवरी १, २०२६ देखि लागू हुनेगरी युएससीआईएसले वार्षिक एसाइलम, वर्क परमिट र टीपीएस लगायतका विभिन्न शुल्कहरू बढाउने भएको छ। फेडरल रजिस्टरमा शुक्रबार प्रकाशित हुने नियमअनुसार वार्षिक एसाइलम शुल्क १०० डलरबाट १०२ डलर, वर्क परमिट शुल्क ५५० डलरबाट ५६०डलर, र टीपीएस आवेदन शुल्क ५०० डलरबाट ५१० डलर हुनेछ। यस्ता शुल्कमा वृद्धि मुद्रास्फीति समायोजनस्वरूप गरिएको युएससीआईएसले जानकारी दिएको छ।
एसाइलम आवेदन शुल्क भने १०० डलर नै कायम रहनेछ। त्यस्तै, एसाइलमका आधारमा वर्क परमिट नविकरण शुल्क पनि २७५ डलर नै हुनेछ। सूचनामा उल्लेख भएअनुसार, घोषित शुल्कहरू जनवरी १, २०२६ मा वा त्यसपछि लागू हुने भएकाले प्रमाणित फाइलिङ शुल्कबिना सो मितिमा वा त्यसपछि पोस्टमार्क गरिएको कुनै पनि आवेदन अस्वीकार गरिनेछ।
युएससीआईएसले आर्थिक वर्ष २०२६ का लागि ‘वान बिग ब्युटिफुल बिल’ ऐन अन्तर्गत आप्रवासन सम्बन्धी शुल्कहरूमा मुद्रास्फीति समायोजनको घोषणा गरेको छ र उक्त ऐनले शुल्क समायोजन गर्न आदेश दिएको छ। राष्ट्रपति ट्रम्पले जुलाई ४, २०२५ मा यो बिलमा हस्ताक्षर गरेका थिए, जसले अध्यागमन र राष्ट्रियता ऐनसहित विभिन्न कानूनमा संशोधन गरेको थियो। बिलले आर्थिक वर्ष २०२५ का लागि न्यूनतम रकम तोकेको छ र नियम निर्माणमार्फत एजेन्सीलाई समायोजन गर्ने अधिकार दिएको छ।
त्यसपछि, जुलाई २२ मा युएससीआईएसले नयाँ शुल्कहरूको कार्यान्वयन घोषणा गर्दै फेडरल रजिस्टरमा सूचना प्रकाशित गरेको थियो। सो अनुसार, एसाइलम आवेदन शुल्क १०० डलर, विचाराधीन एसाइलम आवेदनको आधारमा वर्क परमिटको प्रारम्भिक दर्ता शुल्क ५५०डलर, एसाइलम आवेदकका लागि वर्क परमिट नविकरण शुल्क २७५ डलर, टीपीएसका आधारमा वर्क परमिटको आवेदन शुल्क ५५० डलर, टीपीएस प्रदान गरिएका विदेशीका लागि वर्क परमिट नविकरण शुल्क २७५ डलर, पहिलो पटक टीपीएस आवेदन शुल्क ५००डलर, र वार्षिक एसाइलम शुल्क १०० डलर तोकिएको थियो।
बिलअनुसार होमल्याण्ड सेक्युरिटीले आर्थिक वर्ष २०२६ बाट सुरु गरेर हरेक वर्ष मुद्रास्फीतिका आधारमा अध्यागमन सम्बन्धी शुल्क समायोजन गर्नुपर्छ। युएससीआईएसले जुलाई २०२४ देखि जुलाई २०२५ सम्मको उपभोक्ता मूल्य सूचकांकमा भएको प्रतिशत परिवर्तन आधार मानेर समायोजन गणना गरेको छ।
यसैबीच, सीबीपीले पनि जनवरी १ देखि लागू हुनेगरी शुल्क वृद्धि घोषणा गरेको छ। यो अनुसार, परोल शुल्क १,००० डलरबाट १,०२० डलर बनाइएको छ, भिसा-छुट भएका देशका नागरिकका लागि इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेशन शुल्क २७ सेन्टस बढाएर ४० डलर २७ सेन्टस बनाइएको छ। स्थलमार्गबाट आउनेका लागि आई-९४ शुल्क भने ३० डलर नै कायम रहने छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
