चौंरी खेद्ने तुले दाइ !


चरिकोटले सधैं चियाइरहन्छ शैलुङलाई । म रेडियो शैलुुङको न्यूज डेक्समा बसेर हरेक समय शैलुुङलाई नियालिरहेको हुुन्छुु । ३१ सय ४८ मिटरको उँचाइमा रहेको शैलुुङका सय थुम्काको रमणीय दृश्यले नै जन्माएको थियो ‘शैलुुङको सूर्य’ साप्ताहिक पत्रिका र त्यही नामबाट ‘रेडियो शैलुुङ’ को नामकरण भयो ।

पत्रिका र रेडियोको नाम राख्ने श्रेय लेखक एवम् एमाले नेता प्रदीप नेपाललाई जान्छ । खरीढुुङ्गाको फेरो मार्दै चरिकोट आउने क्रममा प्रसिद्ध लेखक प्रदीप नेपाल (सञ्जय थापा) ले शैलुुङका थुुम्काहरूमा साँझको विश्रामी प्रकाशका किरण उज्यालिएको देखेर भावनाको भेलमा ‘शैलुुङ’ नाम छोडिदिएका थिए । हामीले त्यसलाई टपक्क टिपेर पत्रिका र रेडियोमा जोडिदियौं ।

यो एउटा संयोग मात्र हो । असार–साउनको वर्षाती मौसममा चौंरीले पुच्छर उचाल्दै जीउ पर्साउँदा शैलुुङका थुम्काहरूको दुुबोमा टल्किएको हरियाली प्रकाशका किरणसँगै रमाइरहेका हुुन्छन् पर्यटक । अझ चौंरीको पुुच्छर हेरेर याकले हुुँकार गर्दा आउने आवाजका तरङ्गले साँझमा गुँडतिर लम्किरहेका मुनाल, कालिजहरूलाई तर्साएको दृश्यले कम्ती लोभ्याउँदैन पर्यटकलाई ।

कालिञ्चोकको थुम्काबाट घरी शैलुङका थुम्काहरू त घरी कुरीमा टहलिएका चौंरीको लर्को नियालेर शिव-पार्वतीले कानेखुशी गरेको पौराणिक कथाको आडमा अहिले पनि त्यस भेगका चौंरीपालक किसानहरू हुुरी, झरी र हिउँका छिर्कासँग पौंठेजोरी खेल्दै रमाइरहेका छन् ।

चन्द्रमाको सम्मुख देखिने बादलुको मसिना धर्साले आकाशको सौन्दर्य बढाएको हुुन्छ । त्यसैगरी हिउँका तप्केनीमा चौंरीको लर्को गन्तव्यतिर लम्किएको दृश्यले पृथ्वीको सौन्दर्य बढाएको छ । त्यसैले त चौंरी प्रकृतिको सौन्दर्य हो । प्रकृति चौंरीको सहारा हो । प्रकृतिलाई उर्वर, हराभरा राख्न चौंरीको प्रत्येक पाइलाका डोबहरूको महत्व छ । चौंरीलाई जीवन दिन प्रकृतिका हरियाली उर्वरता आवश्यक छ । चौंरी र प्रकृति परिपूरक छन्, एक-अर्कोमा ।

पुराना कम्युनिस्ट नेता लालकुमार केसी दोलखाको उत्तरी दुुर्गम गाउँमा जन्मिएका हुुन् । चीनसँगको सिमाना लप्चीतिर चौंरीको बथान हेर्दै हुर्किएका उनले प्रकृतिसँगको चौंरीको नातालाई बडो नजिकबाट नियालेका छन् । समयले आधुनिकताको फेरो मार्दै गर्दा चौंरीको बथान जलवायु परिवर्तनको कोपभाजनमा परेको तीतो यथार्थसँग पीडा बोध गरिरहेका छन् उनी ।

चरिकोटको सातदोबाटो चोकमा एक साँझ भएको भेटमा लाल दाइ (लालकुमार केसी) ले चौंरीका बथान लप्चीबाट तिब्बतका चरन क्षेत्र उक्लिएका र साँझतिर उग्राउँदै गोठतिर झरेको रमिते संस्मरण सुनाउँदा मेरो मनमा गुजुल्टिएको शब्दका भावनाहरू चौंरी खेद्दै दैनिकी गुुजार्ने शेर्पा समुुदाय (चौंरी पालनमा अधिकांश शेर्पा समुुदायका किसानहरू आबद्ध रहेकोले यो जात विशेष उल्लेख गरिएको हो, दोलखा लगायतका क्षेत्रमा अन्य जात विशेषले पनि चौंरी पालन गरेको तथ्य भुुलिएको छैन) का किसानको मिहिनेतमा नतमस्तक बनेका थिए ।

लाल दाइले त्यही बालापनको संस्मरणका चौंरी-प्रकृति साइनोलाई आधुनिक विकासको रफ्तारमा ओझेल पर्न नदिन कालिञ्चोक याक एण्ड एग्रो-फरेस्ट्री-टुुरिजम रिसर्च सेन्टर लि. स्थापना गरेर चौंरी पालन, संरक्षण र सम्वर्धन अभियान चलाइरहेका छन् ।

लाल दाइको स्वभाव पनि अचम्मको छ । विकास संस्कृतिलाई आफ्नो पहिचान बनाउन चाहने उनले २०५४ सालतिर तत्कालीन जिल्ला विकास समिति दोलखाको सभापति हुुँदा जिल्लालाई रिङरोडले घेर्ने भनेर ग्रामीण सडक निर्माण अभियान अघि बढाए । उनकै पालामा अघि बढेको दोलखा–सिगटी सडकले अहिले चौंरी खेद्ने लामाबगर–लप्ची–फलाक हुँदै चीनको तिब्बतलाई छिचोल्दैछ ।

चौंरीको सम्बन्ध चीनसँग छ र चीनको सम्बन्ध दोलखासँग छ । चीनको क्वांग प्रान्तमा नियोलिथिक कालदेखि नै चौंरी पालन गरिंदै आएको इतिहास छ । विश्वमा झण्डै दुुई करोड याक, नाक र चौंरी रहेकोमा एक करोड तीस लाख जति त चीनमै रहेको तथ्याङ्कमा देखिन्छ ।

चीनको तिब्बततिरबाट चौंरी खेद्दै फलाक र लप्ची नाकाबाट दोलखाको लामाबगर भित्रिएका धेरै चिनियाँहरूले दोलखालीसँग प्रेमका, भावनाका र छिमेकीका नाता जोडेका छन् । अनि लप्ची, लामाबगर, ना, बेदिङ विगुुतिरबाट चीनको तिब्बतमा याक, नाक, चौंरी र चौंरीको दूधबाट उत्पादन हुुने घिउ, छुर्पी लगायतका वस्तुु निर्यात हुुने क्रम पनि जारी नै छ ।

याक, नाक र चौंरी पालनको लागि पानी–घाँसको संरक्षणले प्रकृतिको सुुन्दरता र पारिस्थितिकीय प्रणाली (इकोलोजी) दुरुस्त राख्न निकै टेवा पुुगेको थियो । समयक्रममा हिमपात, पानी, शीत सबै कुरा प्रकृतिले ग्रहण गरिरहेकी हुुन्थिन् । विस्तारै मानव अतिक्रमण बढ्दै गयो । जीविकोपार्जनका लागि मानिसले आधुनिक प्रविधि प्रयोग गर्न लागे र पारिस्थितिकीय प्रणालीसँग खेलबाड हुुन लाग्यो ।

यसको एउटा साक्षी म पनि छुु । मेरो बालापन चरिकोटको ढिस्का र बुट्यान छेउमा उभिएर गौरीशङ्करको सेताम्य हिउँ हेर्ने र पुुस–माघमा घरको बार्दलीबाट हिउँको तप्केनी हत्केलामा थापेर रमाउने क्रमसँग बितेका हुुन् । तर, अब त्यो समय छैन । बार्दलीबाट हिउँको तप्केनी हत्केलामा थाप्ने कुरा उबेलाको कहानी बनिसकेको छ । अनि गौरीशङ्कर हिमालमा सेताम्य हिउँ हैन, कालो बन्दै गएको पत्थर टल्कन लागेको छ । त्यति मात्र हैन प्रत्येक शनिवार चरिकोटको लामाचौरमा लाग्ने हाटमा चौंरीको सेरगेम र छुर्पी किन्न आमालाई गन्गन गर्दै सुका–मोहर फकाएर दौडन्थें भन्दा अहिलेको पुस्ताले आश्चर्य मान्ने अवस्था बनेको छ ।

अब त चरिकोटको लामाचौरमा चौंरीको सेरगेम, छुर्पी, घिउ जस्ता परिकार मात्र हैन शनिवारको हाट समेत लोप भइसकेको छ । चरिकोट सातदोबाटो आसपास शनिवारे हाटका केही अवशेष त देखिन्छ तर त्यहाँ अग्र्यानिक दुुग्ध परिकार र सागसब्जीहरू पाउन छोडिएको छ ।

लाल दाइको चौंरी मोह व्यवसायसँग मात्र जोडिएको छैन । उनी लप्चीबाट तिब्बतको चरन क्षेत्रमा उक्लने चौंरीको बथान खोजिरहेका छन् । कालो बन्दै गएको गौरीशङ्करको पत्थरमा सेता भुुवादार हिउँको थाक खोजिरहेका छन् । त्यसैले पारिस्थितिकीय प्रणालीको एउटा मियो, परम्परागत चौंरी पालन व्यवसायलाई दुरुस्त राख्ने जिजीविषाका अकाट्य पक्षलाई पछ्याइरहेका छन् ।

दोलखा दुुग्ध उद्योगको नेतृत्व गरिरहँदा उनले दोलखा जिल्लामा कति याक, नाक र चौंरी होलान् भनेर खोजी गरेका रहेछन् । झण्डै १५/२० वर्ष अघिसम्म पनि दोलखामा १५ हजार भन्दा बढी याक, नाक र चौंरी थिए रे ! तर अहिले यो संख्या पाँच देखि सात हजारको बीचमा खुम्चिएको छ । बागमती प्रदेश दुुग्ध विकास बोर्ड, हेटौंडाले चौंरी व्यवसायको विषयमा तयार गरेको एउटा प्रतिवेदनमा देशभरिको उच्च पहाडी तथा हिमाली भूू– भाग रहेका २२ जिल्लामा दुुई लाख याक, नाक र चौंरी रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यो तथ्याङ्कमा बागमती प्रदेशका जिल्लाहरूमा सबैभन्दा बढी चौंरी भएको जिल्ला दोलखा भनी उल्लेख छ ।

चौंरी खेद्ने तुले दाइ !

लाल दाइको अभियान भने देशभरिमै सबैभन्दा बढी चौंरी भएको जिल्ला दोलखालाई बनाउने रहेछ । उनको अभियानमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महाशाखा अन्तर्गतको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन (इविए) आयोजनाका कार्यक्रमहरूले साथ दिएको छ ।

पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इविए) का दोलखा जिल्ला संयोजक विनोद थापा भन्दैथिए- जलवायु परिवर्तनका कारण दोलखामा परापूूर्वकालदेखिको चौंरी पालन व्यवसाय सङ्कटमा परेको छ । चौंरी र प्रकृतिको सम्बन्धलाई जीवन्त राख्न पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इविए-दुुई) ले दोलखाको शैलुुङ, गौरीशङ्कर र कालिञ्चोक गाउँपालिका तथा जिरी नगरपालिकाको केही वडाहरूमा चरन क्षेत्रको पुनस्र्थापना, गोठ सुधार, संरक्षण पोखरी निर्माण लगायतको लागि सहयोग गरेको संयोजक थापाले सुनाए ।

असारे झरीको झटारो खान एक बिहान पर्यटन तथा होटल व्यवसायी हरि ओलीसँग हामी (पत्रकार जीवन लामा, गोकर्ण भण्डारी, दिलबहादुर केसी र म) प्रकृति र संस्कृतिको सङ्गम थलो कालिञ्चोकको ३८ सय ४२ मिटरको टापुुतिर उक्लिएका थियौं । कालिञ्चोकको कुरी र टुुटुुवानमा चौंरीको लागि नयाँ परम्परागत गोठहरू बनेको देखियो ।

टुटुुवानको एउटा गोठमा टुुसुुक्क बसेका ६६ वर्षे तुले थामी पारि चौरमा चर्दै गरेको चौंरीलाई खै गर्दै थिए । हाम्रो जमातले एकैछिन तुले थामीलाई विल्ला हान्यो । अनि गोठको प्रशंसा गरेर चौंरीपालनको विगत कोट्यायांै । झण्डै १५ वर्ष अघिबाट चौंरीपालन व्यवसाय सुरु गरेका तुुले दाइ (तुले थामी) लाई इविएले गोठ निर्माणमा एक लाख रुपैयाँ सहयोग गरेको रहेछ ।

डुुब्दै गएको चौंरी व्यवसायमा इविएको सहयोग यमको अमृत कुण्ड जस्तै बनेको भन्दै स्वस्थानी ब्रत कथाको सार सुनाएर मजैले हाँसे तुले दाइ । १५ वर्षदेखि चौंरी खेद्दै कुरी र टुुटुवान गर्दैछुु, इविएको सहयोगले चौंरीपालन निकै सहज हँुुदैछ– फेरि धक फुकाएरै हाँसे तुले दाइ ।

बेमौसमी वर्षा र हिमपातले पोखरीको अभाव, चरन क्षेत्रको अभाव, गोठको टन्टा जस्ता समस्या झेल्दै आएका तुले दाइ इविएको सहयोगले चौंरी व्यवसाय फस्टाउने र हिउँ–पानीमा समस्या नहुुने तर्क गर्छन् ।

तुले दाइको तर्क र खुशीले हामीलाई उत्साहित बनायो । अनि हामीले पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इविए) कार्यक्रमलाई धन्यवाद दियौं । इविएले दोलखाका दुुर्गम गाउँहरूमा बाली जोगाउन परम्परागत काँडे बार, खेत–बारी जोगाउन पर्खाल, चौंरीको लागि गोठ, संरक्षण पोखरी, चरन क्षेत्र लगायतमा सहयोग गरेको रहेछ ।

वातावरण जोगाउँदै जलवायुु परिवर्तनको क्रमलाई न्यून गर्न लाल दाइ, तुले दाइ, इविए कार्यक्रम जस्ता साना–साना अभियानका अभियन्ताहरू प्रमुुख हुुन्छन् । त्यसैले हामी सबै जलवायुु परिवर्तनको क्रमलाई न्यून गर्दै हिउँका भुवादार स्पर्शले रमाएर लप्चीबाट तिब्बतको गन्तव्य पहिल्याउँदै अघि बढ्ने चौंरीको बथान हेर्ने परिकल्पनामा यी अभियन्ताहरूसँग हातेमालो गर्ने हो कि !

चौंरी खेद्ने तुले दाइ !





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School