‘चोकर्स’ को पहिलो फाइनल भिडन्त, अनुभवी भारतलाई छिचोल्न सक्ला ?

‘चोकर्स’ को पहिलो फाइनल भिडन्त, अनुभवी भारतलाई छिचोल्न सक्ला ?


जारी आइसिसी टी–२० क्रिकेट विश्वकप सुरु हुनुअघि सायद कमैले सोचेका थिए, दक्षिण अफ्रिका फाइनलमा पुग्छ। प्रारम्भिक लिग चरणमा नेपालसँग हारिसकेको खेल नेपाली ब्याटरको कमजोरीले एक रनले बल्ल जित्दा दक्षिण अफ्रिका साह्रै कमजोर देखिएको थियो। विश्वभरका क्रिकेट पण्डितहरूले सायदै त्यो पलसम्म पनि दक्षिण अफ्रिका फाइनल पुग्ने कल्पना गरेका थिए।

पछिल्ला केहीवर्षयता दक्षिण अफ्रिकाको क्रिकेट खस्किदैँआएको थियो। हर्षल गिब्स, ग्रेम स्मिथ, सन पोलक, ज्याक कालिस, एबि डे भिल्लर्स, जेपी डुमिनी, डेल स्टेनजस्ता खेलाडी एकपछि अर्को गर्दै सन्यास लिँदै गएपछि खस्किएको प्रदर्शनले यसपटक उसलाई फाइनलमा पुग्ने धेरैको अपेक्षा थिएन। 

दक्षिण अफ्रिकालाई सदाबहार लाग्ने खराब ‘ट्याग’ पनि त छँदै थियो। विश्व क्रिकेटको ‘चोकर्स’ टिम भनेर उसलाई लाग्ने ट्यागको जवाफ उसले ३२ वर्षको विश्वकप यात्रामा दिनै सकेको थिएन। सेमीफाइनलसम्म पुग्ने र हार्ने उसको नियति बन्दा उसलाई क्रिकेट पण्डितहरूले चोकर्सको उपमा भिराइदिए।

यस्तोमा टिम बलियो भएका बेला जवाफ दिन नसकेको उसले अपेक्षा नै नगरेका बेला फाइनल पुग्छ भन्ने स्वाभाविक कमैले सोचे। तर भयो उल्टो, अपेक्षा नै नगरेका बेला उसले जवाफ दिएको छ।

३२ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को विश्वकप यात्रापछि उसले फाइनलको यात्रा तय गरेको छ। अफगानिस्तानसँग रवाफिलो ढंगले एकतर्फी जीत निकाल्दै फाइनल पुगेको दक्षिण अफ्रिका शनिबार राति वेष्ट इन्डिजको ब्रिजटनमा बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ।

३२ वर्षे ‘चोकर्स’ यात्रा

बेलायती उपनिवेशकालीन समयदेखि नै दक्षिण अफ्रिकामा ‘क्रिकेट कल्चर’ समृद्ध थियो। आइसिसीले सन् १९७५ मा पहिलो एकदिवसीय विश्वकप आयोजना गर्दा त्यहाँ राम्रै क्रिकेट खेलिने बताइन्छ।

तर, दक्षिण अफ्रिका राजनीतिक द्वन्द्वको चपेटामा थियो। सोही कारण उसलाई विश्वकपमा सहभागि हुन सन् १९९२ सम्म कुर्नुपर्‍यो। पहिलो विश्वकप यात्रामै उसले सेमीफाइनलको यात्रा तय गरेको थियो।

न्युजील्यान्ड र अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको उक्त विश्वकपमा दक्षिण अफ्रिकाको सेमीफाइनल इग्ल्यान्डसँग भएको थियो। सिड्नीमा वर्षाले प्रभावित खेलमा डकवर्थ लेविस नियमअनुसार १९ रनले पराजित भएको थियो।

त्यही हारपछि विश्वकपमा दक्षिण अफ्रिकाको ‘चोकर्स’ यात्रा सुरु भएको मान्ने क्रिकेट पण्डितहरू टिप्पणी गर्छन्। त्यसको चारवर्षपछि १९९६ को विश्वकपमा गेरी कर्ट्सन, सन पोलक, जोन्टी रोड्स, एन्ड्रयु हट्सनप्रेरित दक्षिण अफ्रिका विश्वकपको बलियो दाबेदार मानिएको थियो।

जसअनुसार समूह चरणमा दक्षिण अफ्रिकाको यात्रा अपराजित रह्यो। पाकिस्तान, इग्ल्यान्ड र न्युजिल्यान्डजस्ता टिमविरुद्ध शतप्रतिशत जित निकालेर त्यसलाई पुष्टि पनि गरेको थियो। तर, क्वार्टरफाइनलमा वेस्ट इन्डिजका ब्रायन लारा बाधक बने। क्वार्टर फाइनलमै यात्रा टुंगिन पुग्यो।

सन् १९९९ को विश्वकपमा पनि दाबेदारकै रुपमा दक्षिण अफ्रिका पुगेको थियो। सन्तुलित प्रदर्शन गर्दै सेमीफाइनलमा पुगेको उसका लागि अस्ट्रेलिया बाधक बन्यो। म्याच बराबरीमा टुंगिएपनि अस्ट्रेलिया प्रतियोगिताभरको नेट रनरेटका आधारमा फाइनलमा पुग्यो।

सन् २००३ को विश्वकपमा दक्षिण अफ्रिकाका लागि वर्षा बाधक बन्यो। समूह चरणमा दुई खेल वर्षाले प्रभावित पारिदिएपछि डकवर्थ लेविस नियमअनुसार एक हार र एक बराबरी भइदिएपछि दक्षिण अफ्रिका प्रतियोगिताबाटै बाहिरिन पुग्यो।

त्यसपछि २००७ को एकदिवसीय विश्वकपमा पनि दक्षिण अफ्रिका बलियो दाबेदार नै मानिएको थियो। प्रतियोगिता अघिसम्म उ वरियतामा शीर्ष स्थानमा पनि थियो। फेरी यात्रा सेमीफाइनलमै पुगेर अट्कियो। सेमीफाइनलमा अस्ट्रेलियाले नराम्ररी हरायो।

२००७ मै भएको पहिलो टी–२० विश्वकपमा त दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिनपुग्यो। त्यसको दुईवर्षपछि भएको दोस्रो टी–२० विश्वकपमा सेमीफाइनलमा पुगेर पाकिस्तानसँग पराजित भयो। त्यसको अर्को वर्ष २०१० को टी–२० विश्वकपमा उसको यात्रा सुपर–८ मा पुगेर रोकियो।

२०११ को एकदिवसीय विश्वकपमा समूह चरणमा राम्रो प्रदर्शन गरेपनि क्वार्टरफाइनमाल न्युजिल्यान्डसँग हार ब्यहोर्दै बाहिरियो। त्यसको अर्को वर्ष २०१२ मा भएको टी–२० विश्वकपमा दक्षिण अफ्रिका सुपर–८ बाट अघि बढ्न सकेन्।

२०१४ को टी–२० विश्वकपमा फेरी सेमीफाइनलमै रोकियो। जहाँ भारतसँग पराजित हुन पुगेको थियो।

२०१५ को एकदिवसीय विश्वकपमा फेरी उस्तै कथा दोहोरियो। प्रतियोगितामा राम्रै प्रदर्शन गरेको गएको उसका लागि सेमीफाइनलमा न्युजिल्यान्ड बाधक बन्यो।

सन् २०१६ मा भएको टी–२० विश्वकपमा दक्षिण अफ्रिका समूह चरणबाटै अघि बढ्न सकेन्, सन् २०१९ को एकदिवसीय विश्वकपमा त्यही सिलसिला जारी रहँदा २०२१ र ०२२ मा भएका क्रमशः दुईवटा टी–२० विश्वकपमा पनि समूह चरणबाटै घर फर्किनुपर्‍यो।

सन् २०२३ को एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिका बौरिएर आयो। १० टिम सम्मिलित समूह चरणमा राम्रो प्रदर्शन गर्दै दोस्रो स्थानमा टुंग्याएर सेमीफाइनल पुग्दा फेरी अस्ट्रेलिया बाटोमा आयो। फेरी अस्ट्रेलियाले सहजै हराइदियो।

यस दौरानका ३२ वर्षमा दक्षिण अफ्रिकाले एकदिवसीयका र टी–२० का नौ/नौ वटा विश्वकप खेलेको छ। यी १८ विश्वकपमा लगभग अधिकांश विश्वकपमा दक्षिण अफ्रिका विश्वविजेताको प्रबल दाबेदार मानिन्थ्यो।

तर, अन्तमा ‘चोकर्स’ को आरोप दोहोरिँदै बाहिरिने सिलसिला चलिरह्यो। यी १८ विश्वकपमा यसपाली गरेर नौं पटक सेमीफाइनल नै खेलेको छ। ती नौ सेमीफाइनलमा जितेको यसपाली मात्रै हो। यसर्थ फाइनल पुगेको पनि यसैपाली पहिलो पटक हो।

पहिलो फाइनल कति सहज ?

पहिलो विश्वकप फाइनलमा शनिबार साँझ मैदान छिर्दा जित निकाल्ने उसको उद्देश्य हुनेछ।

प्रतियोगिता सुरु हुनुअघि चोकर्स ईतिहास भएकै कारण विश्वस्तरीय खेलाडी भरिभराउ टिम हुँदाहुँदै दक्षिण अफ्रिका सम्भावित विजेता आँकिएको थिएन्।

तर, अहिले फाइनलमा पुग्दा भने एकाएक सबैको ध्यान तानिएको छ। ध्यान तानिनुमा उसका खेलाडीहरूको विशेषता सबैभन्दा महत्वपूर्ण छ।

उसको टिममा क्विन्टन डी–कक, रीजा हेनरिक्स, कप्तान एइडेन मारकरम, डेभिल मिलर, हेनरिक क्लासन, टिस्टन स्टब्सजस्ता घातक ब्याटर छन्। कगिसो रबाडा, एनरिक नर्खिया, मार्को जेनसनजस्ता घातक तिब्र गतिका बलर छन्। उसको कमजोर पाटो स्पिन बलिङको छ। जसको पूर्ति गर्न केशव महाराज र तबरेज शम्सीको प्रयोग गरिरहेको छ।

यो टिमलाई हराउन भारतका लागि हम्मेहम्मे नै पर्ने देखिन्छ। यद्यपि भारत आफ्नो अनुभवको प्रयोग गरेर उसलाई पहिलो विश्वकप ट्रफी जित्न भगिरथ प्रयत्न गर्नेमा दुईमत छैन। भारतले हालसम्म दुई एकदिवसीय र एक टी–२० विश्वकप जितेको छ। यस्तै ती जितसहितका चार एकदिवसीय र यस्तै टी–२० मा उसको यो तेस्रो फाइनल हो।

दक्षिण अफ्रिकाका लागि रोहित शर्मा, विराट कोहली, हार्दिक पाण्ड्या, सुर्यकुमार यादवजस्ता अनुभवी ब्याटर र जसप्रित बुमराह, अर्शदीप सिँह जस्ता तेज बलर चुनौती बन्नेछन्।

जहाँ दक्षिण अफ्रिका स्पिन बलिङ अट्याकमा कमजोर छ, त्यही भारतका लागि कुलदीप यादव, रवीन्द्र जडेजाजस्ता स्पिन बलर उसका लागि निकै चुनौती पेस गर्नेछन्।

प्रकाशित: १५ असार २०८१ १८:३६ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School